पोखरालाई सूचना र प्रविधिको केन्द्र बनाउने प्रयास

सम्पादक
कार्तिक २७, २०७१

१. पोखराको गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सले पोखरालाई सूचना प्रविधिको केन्द्र बनाउने प्रयास गर्ने जनाएको छ। उक्त कलेजका प्राचार्य रव्रि्रसाद बरालले आइटी महोत्सवको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी सो कुरा जनाएका छन्।उनले पोखरालाई सफ्टवेयर सिटी बनाउने सपना देखेको कुरा बताएका छन्।

२. कलेजको आयोजनामा पोखरामा कात्तिक २८ र २९ गते राष्ट्रव्यापी सफ्टवेयर प्रतियोगिता र आइटी प्रदर्शनी हुने भएको छ। सफ्टवेयर प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमशः २५ र १५ हजार रुपैयाँ तथा उत्कृष्ट सिर्जना भएकालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

३. प्रदर्शनीले सूचना प्रविधिको क्षेत्रलाई विकसित गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र उनीहरूको परिचालन गर्ने तथा व्यवस्थापनमा स्थानीय, शैक्षिक संस्था, व्यवसायी एवं नीति निर्माणकर्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। त्यस कलेजले विगत १० वर्षभन्दा पहिलेदेखि सफ्टवेयर विषयको कक्षा सञ्चालन गर्दै आएको छ।

४. हामीले देशलाई द्रूततर गतिले विकास गर्ने हो भने विज्ञान र प्रविधिको विकास गर्नु नितान्त आवश्यक छ। हामीले जति विकसित देश देख्दछौं। तिनीहरूले विज्ञान र प्रविधिको सहयोगले विकास गरेको देख्दछौं तर हामीकहाँ विज्ञान र प्रविधिको क्षेत्र धेरै पछि परेको छ। यस क्षेत्रतिर सरकारको आवश्यकीय ध्यान पुगेको छैन।

५. सरकारमा रहेका मन्त्रीहरू धेरैजसोले विज्ञान र प्रविधि मन्त्रालय लिनै चाहँदैनन्। सरकारले त्यसमा बजेट पनि थोरै विनियोजन गरेको हुन्छ। त्यसबाट पनि यस क्षेत्रमा हामी कति पछि छौं भन्ने प्रष्ट हुन्छ। विज्ञान र प्रविधिको विकास गर्नु जति आवश्यक छ, उति यो हाम्रो लागि चुनौती पनि भएको छ।

६. आजभन्दा ५० वर्ष पहिले माकलुहनले विश्व ग्रामको अवधारणा ल्याएका थिए। त्यसबेला मानिसहरूले यस्तो कहाँ हुन सक्ला भनी उनको आलोचना गरेका थिए। तर कम्प्युटर र कम्प्युटरको इन्टरनेट र इमेलको विकासले उनको त्यो अवधारणालाई साँचो प्रमाणित गरिदियो। आज हामीले पनि विश्व ग्राम भन्न थालेका छौं।

७. ती सबै हेर्दा पोखरालाई सूचना प्रविधिको केन्द्र बनाउन सकिँदैन भन्ने कुरा आउँदैन। बनाउन सकिन्छ। तर त्यसको लागि निरन्तर प्रयासको आवश्यकता पर्दछ। यसअघि पोखरालाई कसैले केको राजधानी बनाउने भने कसैले केको, तर त्यसमा निरन्तरता भएन। त्यो त्यसै हराएर गयो। अब पोखरालाई सूचना प्रविधिको केन्द्र बनाउने कुरा आएको छ। यो ज्यादै सामयिक र महत्त्वको छ। यसलाई निश्चित कार्यक्रम राखी अघि बढ्न सके भोलि पोखरा सूचना र प्रविधिको केन्द्र बन्न सक्दछ। यसमा शड्ढा छैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width