पुष्पलालप्रति श्रद्धाञ्जली

सम्पादक
श्रावण ७, २०७१

१. हिजो हामीले जननायक बीपी कोइरालाको स्मृति दिवस मनायौँ भने आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस मनाउँदैछौँ। यी दुवै नेता नेपाली राजनीतिक आकाशमा सधैँ चम्किरहने तारा हुन्। बीपी चुनावबाट सत्तामा पुगे भने पुष्पलाल सधैँ सत्ता बाहिर रहे।

२. पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरी एक दूरदर्शी काम गरे। उनले कम्युनिष्ट पार्टीको गठन मात्र गरेनन् कि आजीवन खाटी कम्युनिष्ट भएर रहे र सादा जीवन उच्च विचार राखी जीवनयापन गरे। उनले पञ्चायतको विरुद्धमा नेपाली काङ्ग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गर्नुपर्दछ भनेपछि उनी ठूलो विवादमा परे।

३. त्यसबेला कतिपय कम्युनिष्टले उनलाई काङ्ग्रेसको पुच्छर पनि भने। गद्दार पनि भने। तर जब गणेशमान सिंहको नेतृत्वमा काङ्ग्रेस सात बामघटको संयुक्त आन्दोलन भयो तब सबैले उनलाई सम्झे र उनलाई दूरदृष्टि राख्ने नेता माने।

४. त्यसपछि नेपाली कम्युनिष्टहरूले विस्तारै उनको वर्णय गर्न थाले र हिजो गद्दार भनेर फुटेकाहरूले उनको तस्विवर खोज्न थाले र उनको फोटोमा माल्यार्पण गर्न थाले। तैपनि उनी सर्वस्वीकृत भइसकेका छैनन्। अझ कतिपयले उनलाई मान्न हिचकिचाइरहेका छन्।

५. पुष्पलाल नेपाली इतिहासको ज्ञाता थिए। उनी इतिहासको राम्रो विश्लेषण गर्दथे र तदानुसार रणनीति बनाउँथे। उनको रणनीतिबाट धेरै प्रभावित हुन्थे। त्यसबेला जल्दाबल्दो युवाहरू कम्युनिष्ट हुन्थे। कम्युनिष्ट हुन एउटा फेशनजस्तै भएको थियो। उनको नेतृत्वमा पार्टीफस्टाउँदै गएको थियो।

६. पञ्चायतकाल सुरु भएपछि उनी स्वनिर्वासनमा भारत गए। भारतमा नै बसे। तर भारतमा उनले ज्यादै कष्टकर जीवन बिताउनुपर्‍यो। विरामी हुँदा पनि उनको उचित औषधोपचार भएन। भारतमा नै उनको निधन भयो। पञ्चायती सरकारले उनको लाश पनि नेपाल ल्याउन दिएन।

७. पुष्पलाल आदर्शवादी थिए। जीवन पर्यन्त उनले आफ्नो आदर्श कायम राखे। उनी निस्कलड्ढ रहे। त्यसैले पनि हो कि जति पछि भयो, उति उनको महत्त्व बढ्दै गएको छ। हिजो आलोचना गरी उनलाई परित्याग गर्नेहरूले आज उनको पूजा गर्न थालेका छन्। यो उनको ठूलो विजय हो। हामी उनको योगदानको उच्च मूल्याड्ढन गरी उनीप्रति श्रद्धा सुमन अर्पण गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width