पार्टीहरू एकीकरणतिर अग्रसर

सम्पादक
वैशाख १०, २०७४

१. राष्ट्रिय प्रजातन्त्र पार्टीरु एकीकरण भएपश्चात् साना राजनीतिक पार्टीरु एकीकृत हुने हावा चलेको छ। हिजो पार्टीफुट्दै जाने हावा चलेको थियो भने अहिले त्यसविपरीत साना पार्टीरु एक हुँदै गएका छन्। समान विचार र प्रकृति भएका पार्टीरु त्यसरी एक हुनु राम्रो हो । त्यस दृष्टिले राजनीतिक पार्टीरु सकारात्मक दिशातिर गएको देखिएको छ।

२. मधेसवादी पार्टीरुले लामो समय मोर्चा बनाएर संघर्ष गरे। त्यसरी लामो समय संघर्ष गर्दा पनि तिनीहरुले वाञ्छित फल प्राप्त गर्न सकेनन्। त्यसरी फल प्राप्त गर्न नसकेपछि एक त तिनीहरुलाई मोर्चामात्र गरेर पनि नहुने रहेछ, एक नै हुनुपर्ने रहेछ भन्ने पर्‍यो भने अकोर्तिर लामो समय नजिकमा रहेर काम गर्दा सबै कुरा थाहा पाएपछि अब एक भएरै काम गर्न सकिन्छ भन्ने पर्‍यो।

३. यो संसदले चुनावमा राष्ट्रिय राजनीतिक पार्टीरुका लागि थ्रेसहोल्डको व्यवस्था गरेकाले पनि साना पार्टीरुलाई एक हुन घच्घच्याएको छ। राष्ट्रिय पार्टीहुनका लागि प्रत्यक्षमा एक सिट जित्नै पर्ने, समानुपातिकमा तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानले तिनीहरु कोसँग कसरी मर्ज हुने भनेर सोच्नु पर्ने अवस्था आएको छ।

४. मधेसी मोर्चामा आवद्ध सातमध्ये छ दलले आफूहरु एकतावद्ध हुने निर्णय गरेका छन्। तराई मधेस लोकतान्त्रिक पार्टी सद्भावना पार्टी तराई-मधेस सद्भावना पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टी मधेश जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीमिलेर राष्ट्रिय जनता पार्टीगठन गर्ने निर्णय गरेका छन्।

५. मधेसवादी पार्टीरुको यो विशेषता रहेको छ कि हिजो तिनीहरु सबै मधेसको नामबाट चिनिन्थ्यो भने अब तिनीहरुले मधेसको नाम हटाउँदै गएका छन्। शुरुमा उपेन्द्र यादव र विजय गच्छदारले यो नाम हटाइसकेका छन् भने अहिले छ पार्टीरु मिलेर गठन गरिएको पार्टीको नाम पनि राष्ट्रिय जनता पार्टीराख्ने प्रयास भएको छ।

६. यो नाम परिवर्तनले ठूलो अर्थ राख्दछ। हिजो यी पार्टीरु मधेसमा आधारित र मधेसमा सीमित पार्टीभनेर भनिन्थ्यो भने अहिले उनीहरुको क्षेत्र र स्थान मधेस अलावा पहाड र हिमाल पनि भएको छ। हिजो तिनीहरुले मुखैमा मधेस राखेर बोल्दथे भने अहिले मुटुमा मधेस राखेर बढ्न थालेको छ।

७. ती पार्टीकात्र होइन, नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई र उपेन्द्र यादवको  फोरम पनि एक हुने अवस्थामा पुगेका छन्। अरु साना पार्टीरु एकीकरण अभियानमा लागेका छन् । विजय गच्छेदारको पार्टी’ग थारुहरुको साना पार्टीरु एक हुन अघि सरेका छन्। देशमा आएको यो एक राम्रो शुरुआत हो। यसलाई अरुले पनि अघि बढाउनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै