नेपालको छिमेकीसँगको सम्बन्ध

सम्पादक
कार्तिक १४, २०७१

१. नेताहरू जति माथि पुग्छन्, उति गम्भीर हुनुपर्दछ। सरकारमा बस्नेहरू परिपक्व हुनुपर्दछ। उनीहरू त्यस्तो नहुँदा अनावश्यक विवाद खडा हुने गरेको छ र छिमेकीसँगको व्यवहारमा कहिलेकाहीँ अप्ठेरो स्थिति आउने गरेको छ। त्यस्तो स्थिति आउनु हाम्रो गृह र परराष्ट्र नीतिमा प्रष्ट र गम्भीर्यता नहुनु हो।

२. चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साउ जियान सुनले हालै गरेको नेपाल भ्रमणको बेला नेपालमा चीनविरोधी गतिविधि भएको र त्यस्तो गतिविधि एक वर्षभित्र पूर्णरूपमा रोक्न सरकारलाई आग्रह गरेका छन्। उनले नेपालमा रहेबसेका तिब्बतीहरूलाई ‘चीनविरोधी तत्व’ भन्दै उनीहरूलाई नियन्त्रण गर्नुपर्ने जनाएका छन्।

३. एकातिर चीनको तर्फबाट त्यस्तो कुरा आएको छ भने अकोर्तिर छिमेकी भारतले पनि असामाजिक तत्वहरू नेपालबाट भारत प्रवेश गर्न सक्ने कुरा जनाएको छ। नेपालबाट ती दुवै छिमेकीहरूले आशड्ढा गर्नु र त्यस्तो स्थिति हुन दिनु उचित होइन तर त्यो कुरा उचित होइन भनी त्यसलाई सुधार्ने कसले, यो प्रश्न व्यापकरूपमा उठेको छ।

४. ती दुवै देशले नेपालसँग सुपुर्दगी सन्धि गर्न दबाब दिइरहेका छन्। भारतले धेरै पहिले नै त्यो प्रस्ताव राख्दै आएको छ भने चीनको तर्फबाट त्यस्तो प्रस्ताव आएको छ। नेपाली जनता त्यस्तो सन्धि होस् भन्ने चाहँदैनन्। त्यसैले सरकार जति पछि भयो, उति अप्ठेरो स्थितिमा पुग्दैछ।

५. नेपालमा ५० वर्षदेखि तिब्बती शरणार्थीहरू छन्। ती शरणार्थीले कहिलेकाहीँ प्रिm तिब्बतको माग गरी प्रदर्शन गर्दछन्। तिब्बतीबाट आत्मदाहको घटना पनि भएको थियो। त्यसको अतिरिक्त, तिब्बतीहरू लुकिछिपी नेपाल आउने गर्दछन्। यी कुरा चीनको लागि सह्य भएको छैन। चीन ती सबै कुरा नियन्त्रित होस् भन्ने चाहन्छ।

६. अकोर्तिर आतड्ढकारीहरू नेपालमा आएर नेपालबाट भारत पस्दछन् भन्ने भारतको बुझाई छ। नेपालमा नक्कली भारु बराबर देखिने गरेको छ। त्यो पनि भारतको शिरर्दर्द भएको छ। सिमानामा हुने तस्करीको समस्या पनि त्यसले देखाउने गरेको छ। नेपालबाट आतड्ढकारीले भारतीय जहाज फेरि अपहरण गर्ने शड्ढा पनि उसको छ।

७. तर नेपालले ती दुवै देशलाई समुचित उत्तर दिएर सन्तोष पार्न सकेको छैन। छिमेकीको सधैँ शड्ढास्पद भएर रहनु उचित होइन। एउटा दृढ नीति अबलम्बन गरी त्यो शड्ढा निवारण गर्नेतिर लाग्नुपर्दछ। जहाँसम्म तिब्बती शरणार्थीको कुरा छ, अनुकूल वातावरण बनाई उनीहरूलाई ससम्मान तिब्बत फर्काउने वातावरण बनाउनुपर्दछ। त्यस्तो वातावरण बनाउन नेपालले मध्यस्थताको भूमिका खेल्न सक्नुपर्दछ। यो ठूलो कुरा हो। यो समाधान भएपछि नेपाली-चीन सबन्ध सधैँ सुमधुर रहनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width