नेताहरूको चुनौती

सम्पादक
जेठ ४, २०७४

१. यसपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन भएर हो कि यो निर्वाचनमा धेरैको कमी कमजोरी देखिएको छ। धेरैलाई धेरै शिक्षा दिएको छ। निर्वाचन आयोगलाई निर्वाचनमा प्रयोग भएको मतपत्र ज्यादै भद्दा भएको र निर्वाचन शिक्षा अपुग भएको कुरा बताएको छ। माथिका नेताहरूलाई आफूले जे गरे पनि हुन्छ भन्ने भावना त्याग्न चुनौती दिएको छ।

२. मतपत्र र निर्वाचन शिक्षाको अभावबारे धेरै लेखिएको थियो। तर त्यसलाई निर्वाचन आयोग र राजनीतिक पार्टीरू तथा त्यसका उम्मेदवारहरूले गम्भीरतापूर्वक लिएनन्, उनीहरूले निर्वाचन शिक्षालाई महत्व नै दिएनन्। जसको कारण उम्मेदवारहरूको धेरै मत बदर भएका छन् भने त्यसको कारणले मत परिणाम आउन ढिलाई हुने भएको छ।

३. ठूला राजनीतिक दलका शीर्ष नेताहरूले कार्यकर्ताको मनोभावना नबुझीकन केही सीटमा निर्वाचन तालमेल मिलाउन खोजे। उनीहरूले आफूले गरे जे पनि हुन्छ, कार्यकर्ताले मानि हाल्छन् भनी सोचेका थिए। तर त्यसको उग्र प्रतिक्रिया निस्िकयो। व्यवहारमा त्यो तालमेलको खास अर्थ रहेको देखिएन। यसले नेताहरूले सोच्नुपर्ने अवस्था ल्याएको छ।

४. यसपटकको चुनावले पार्टीको कार्यालयले कार्यकर्ताको उचित मूल्यांकन गर्नुपर्ने र त्यो मूल्यांकन निष्पक्ष हुनुपर्ने कुरा सजग रहन भनेको छ। मूल्यांकनको अभावमा को कार्यकर्ता कुन पदका लागि उचित हो भन्ने नै भएन। जसले पनि ठूल्ठूलो पदको आकांक्षा राख्ने र त्यो पद दिएन भनेर घुर्की लगाएर बस्ने गर्दा त्यसले पार्टीकाई नोक्सान हुने गरेको छ।

५. नेताहरूले यस्तो बेलामा पनि गुट उपगुट हेर्ने र हार्ने भए पनि आफ्नै मान्छे उठाउने प्रवृत्तिले पनि पार्टीकाई नोक्सान पुगेको गुनासो धेरै सुनिएको छ। गुट र उपगुट हेर्ने र काखा र पाखा गर्ने नेताहरूको प्रवृत्तिले धेरै कार्यकर्तालाई निराशा प्रायः पारेको छ, कतिपय जेन्युन कार्यकर्ता ओझेलमा पुगेका छन्।

६. यसपटक २० वर्षपछि यो स्थानीय निर्वाचन भएकोले पनि यस्तो अवस्था आएको हुन सक्दछ। कार्यकर्ताहरूले आफ्नो भाग्यको फैसला गर्ने अवसर नै पाएका थिएनन्। एउटा सिँगो नयाँ पुस्ता त्यो अवसरबाट वञ्चित भएको अवस्था थियो। उनीहरूले काम गरे तर त्यसको मूल्यांकन भएको थिएन र त्यसको प्रतिफल पाएका थिएनन्।

७. यो चुनावले धेरैको परीक्षा भएको छ। जसले चुनाव जितेका छन्, उनीहरूको पनि वास्तविक परीक्षाको घडी आएको छ। उनीहरूले आफ्नो पार्टीको घोषणापत्र हेरेर काम गर्नुपर्ने अवस्था छ। उनीहरूले काम गर्न सकेनन् भने जनताले छोड्ने छैनन्। सचेत जनताले उनीहरूको काम हेरिरहने छन्, त्यसको मूल्यांकन गरिरहने छन्। निकट भविष्यमा अको चुनाव आउँदैछन् भनेर काम गर्नु आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width