नेकपा एमालेको चुनाव

सम्पादक
असार २४, २०७१

१. नेकपा एमालेको नवौँ महाधिवेशन काठमाण्डौंमा सञ्चालन भइरहेको छ। सत्ता साझेदार पार्टीको महाधिवेशनमा सबैको ध्यान जानु स्वभाविकै हो। राजनीतिमा किञ्चित मात्र रुचि राख्नेहरूको ध्यान अहिले काठमाण्डौंमा केन्द्रित भएको छ। त्यसरी नियाल्नेहरूले सहभागीहरूको ध्यान महाधिवेशनको प्रतिवेदनमा भन्दा चुनावमा बढी केन्द्रित भई ध्रुवीकरण भएको टिप्पणी गरेका छन्।

२. पार्टीका अध्यक्ष पदका लागि वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता के.पी. ओलीले उम्मेदवारी घाषणा गरेका छन्। पार्टीका नेताहरू र जिल्ला स्तरका नेता प्रायः सम्पूण्ा कार्यकर्ताहरू त्यही दुर्इ पक्षमा विभाजित भएका छन्। तटस्थ बसेका भनिएका अध्यक्ष झलनाथ खनाल पनि एक पक्षमा खुलेरै लाग्ने सङ्केत देखिएको छ।

३. ध्रुवीकरण यत्ति चर्को भएको छ कि महाधिवेशनमा पेश भएका प्रतिवेदनहरू माथिको वैचारिक छलफलका लागि टोली बनाउँदा नै दुर्इ पक्षका बीच मतदान भएको छ। त्यत्ति मात्र होइन, बढी गुटबन्दीका कारण केन्द्रीय समितिले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि छान्ने काम पनि छान्न सकेन। जसले गर्दा महाधिवेशनमा मतदाताको संख्या घटेको छ।

४. पार्टीको चुनाव त यस अघि पनि भएको थियो। तर यत्ति चर्को गुटबन्दी भएको थिएन। पार्टीका निष्ठावान कार्यकर्ताहरू यो ध्रुवीकरणले भोलि संगठनको अवस्था कस्तो पार्ला भनेर चिन्ता गर्न थालेका छन्। तर कतिपयले भने यसलाई लोकतान्त्रिक पद्धति हो भनेर स्वाभाविक रुपमा पनि लिएका छन्।

५. चुनावलाई लोकतन्त्रको प्राण पनि भनिन्छ। लोकतन्त्रमा आवधिक चुनाव हुन्छ। जुन देशमा लोकतन्त्र छ, त्यहाँ आवधिक चुनाव हुने गरेको सर्व विदित छ। लोकतान्त्रिक पार्टीर संगठनमा चुनाव हुन अनिवार्य हुन्छ। चुनाव भएन भने त्यहाँ तानाशाही, अधिनायकवादीको जन्म हुन्छ।

६. कतिपय पार्टीर सङ्गठनले आफूलाई लोकतान्त्रिक भन्न त रुचाउँछन्। लोकतान्त्रिकको नाममा फाइदा पनि उठाउँछन्। तर तिनीहरूले आÇनो संरचना लोकतान्त्रिक पद्धति अनुसार निर्माण गर्दैन र तिनीहरुले आवधिक चुनाव पनि गराउँदैन। चुनाव गराउन ठूलै संर्घष्ा गर्नु परेको इतिहास पनि छ।

७. एमाले लोकतान्त्रिक पार्टीका परिणत भएको छ। त्यहाँ आवधिक चुनाव हुने गरेको छ। अरु लोकतान्त्रिक आचरण र व्यवहारको अभ्यास पनि त्यहाँ हुने गरेको छ। त्यसरी हेर्दा ती विगतका विभिन्न चुनाव मध्ये एउटा यो चुनाव हो। विगतमा पनि चुनाव ताका गुटबन्दी भएको थियो। गुटबन्दी भयो भन्दैमा डराउनु पर्ने स्थिति हुँदैन। लोकतान्त्रिक अभ्यासको क्रममा त्यस्तो देखिन्छ। तर त्यसलाई स्थायी राख्नु हुँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width