१. नेपाल वायुसेवा निगमलाई निजी साझेदारीमा चलाउने भन्ने कुरा बाहिर आएपछि त्यसको व्यापक विरोध भएको छ। पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित कार्यदलले हालै त्यो सुझाव दिएको थियो। निगम किन र के कारणले घाटा हुँदै गयो, त्यसको राम्ररी समीक्षा नगरिकन नै यसरी चलाऊ भन्नु राम्रो होइन।
२. नेपाल वायुसेवा निगमले राष्ट्रिय ध्वजाबाहक जहाज उडाउने भएकोले त्यसप्रति सर्वसाधारणको पनि जिज्ञासा छ। चासो र चिन्ता छ। सबैको चासो र चिन्ता भएको निगमलाई सरकारले किन अर्काको हातमा दिन खोज्दैछ, यो बुझ्न नसकिने भएको छ। निगम घाटामा किन गयो। त्यसको कारण खोज्नु पो आवश्यक छ।
३. निगम घाटामा जानुमा केही त्यहाँको व्यवस्थापन, लापरवाही आदि होलान्, तर ती सबैभन्दा ठूलो कारण निगम भित्रको भ्रष्टाचार हो। वाइड वडी जहाज खरिद प्रकरणले त्यो प्रष्ट देखायो। त्यस्तो ठूलो भ्रष्टाचार काण्डलाई पनि भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएको सरकारले नै गुपचुपमै पन्छाउन खोज्दैछ।
४. भ्रष्टाचार पनि सानातिना कर्मचारीले गरेको छ भने त्यसलाई हाकिमले ठीक गर्न सक्छ। हाकिमले गरेन भने निगम बाहिरका भ्रष्टाचार भएको हेर्ने र कार्बाही गर्ने संस्थाले छापा मारेर भए पनि ठीक गर्न सक्छ। तर ठूलाबडाले गरेको र त्यसमा पनि राजनीतिक नेताहरु समेत संलग्न छन् भने त्यो त्यसै सेलाएर जान्छ।
५. भावनामा बगेर गरेको खरिद निर्णयले पनि निगमलाई नोक्सान गरेको छ। २/४ वर्ष पहिले मात्र चीनसँग किनेको जहाज चलाउन नसकेर त्यसै रहेको छ र निगमले त्यसलाई बेच्नुपर्ने भएको छ। केही नेताहरुले जहाज चढ्दा त्यसको मूल्य मिनाहा गर्न पनि निगमलाई दबाबदिने गर्दछन्। निगम घाटा हुने यस्ता धेरै कारणहरु छन्।
६. राजनीतिक दबाब भन्ने पनि अचम्मको हुन्छ। अहिले हालै पनि घाटामा गएको निगमलाई ७० वर्ष भन्दा माथिको यात्रीलाई ५० प्रतिशत छुट गर्न नियुक्त मन्त्री योगेश भट्टराईले दबाब दिएका छन्। मन्त्रीहरुले निगमलाई स्वतन्त्र किन छोड्न सक्दैनन्? यो बुझिनसक्नु कुरा छ।
७. राजनीतिक क्षेत्रले निगमलाई दुहुनो गाई नबनाउने हो भने र सरकारमा बस्नेहरुले साँच्चै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर कार्बाही गर्ने हो भने ४/६ महिनामा निगमले आफ्नो घाटा कम गर्न सक्छ। निगमलाई यताउता दिन खोज्नु भन्दा निगमको हितमा सोच्ने हो भने पहिलो शर्त निगमलाई भ्रष्टाचारमुक्त गर्नु पर्दछ र राजनीतिक हस्तक्षेपबाट टाढा राख्नु पर्दछ। त्यसको साथै पाइलटले निर्धारित तालिम अनुसार जहाज चलाउन खोज्दा हुने हस्तक्षेपले पनि निगमको घाटा हुने गरेको छ। यस्ता कुराहरु सुधार गरेमा सानातिना कुरा त्यसै सुधार हुन्छन् र सुधार हुनु पनि अवश्यंभावी छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१