नारामा सीमित हाम्रो समृद्धि

सम्पादक
फागुन १८, २०७९

आज भोलि राजनीतिमा विकास र समृद्धि भन्ने कुरा खुब प्रयोग हुने गर्दछ । पहिले–पहिले विकास मात्र भन्ने गरिन्थ्यो भने अहिले त्यसमा समृद्धि जोडेर व्याख्या गर्दा विकास र समृद्धि एक अर्काको पूरकजस्तो देखिन्छ । हुन पनि अर्थशास्त्रीहरु योजनाविद्हरु तथा विकासवादीहरु विकास र समृद्धिलाई एक साथ राखेर काम गर्दछन् । उनीहरु विकासबाट समृद्धि हुने हिसाबले काम गर्नुपर्ने तर्क राख्दछन् । तर उनीहरुले भने जस्तो सबै विकासबाट समृद्ध हुँदैन । समृद्ध हुनलाई अझै धेरै काम गर्नु पर्दछ । अझ विचार पु¥याउनुपर्ने हुन्छ । विकास भएर पनि समृद्ध नभएको ठाउँ पनि धेरै छन् ।

जस्तो पायो त्यस्तो विकासले समृद्धि आउँदैन । समृद्धि ल्याउन अरु धेरै प्रयास गर्नु पर्ने हुन्छ । विकास गर्न जति सजिलो छ, समृद्धि ल्याउन त्यत्ति सजिलो छैन । उदाहरणका लागि हाम्रै देशलाई लिन सकिन्छ । हाम्रो देशमा विकासको ढोका खोलेको २००७ सालदेखि हो । प्रजातन्त्रले स्वतन्त्रता ल्यायो र मानिसले अनेक क्षेत्रमा विकास गर्न थाले । त्यसबेला सबभन्दा ठूलो विकास शिक्षा क्षेत्रमा भयो । त्यसबेलाका सामाजिक एवं राजनीतिक अभियन्ताहरु सबै स्कुल खोल्नमा लागे । कोही पुस्तकालय सञ्चालनमा लागे । कोही उद्योगधन्दामा पनि लागे । मानिसको रुचिअनुसार काम गर्न थाले । उनीहरु विकास निर्माणमा यति इमानदारीका साथ लागे कि उनीहरुले विकासको मूल फुटाउने कुरा गरे । तर जतिसुकै विकास र निर्माणको कुरा गरे तापनि अधिकांश मानिसहरु गरिबीको रेखा मुनि थिए । जसले गर्दा विकास भए तापनि समृद्धिको छाया हाम्रो समाजमा पर्न सकेको छैन ।

यो बीच नेपालीको आर्थिक स्थितिमा परिवर्तन भएको छ । प्रतिव्यक्ति आय बढ्दै छ । गरिबीको रेखामुनि रहेकाकोे संख्या घट्दै छ । त्यसै भएर पनि हो कि अहिले समृद्धिको स्वर सुनिन थालेको छ । समृद्धिको स्वर सुनिएको छ तर समृद्धिमा पुग्ने भ¥याङ तयार भएको छैन । हामी अझै त्यो ठूलो भ¥याङको धेरै तल नै छौं । हामीले समृद्धिको सपनासम्म देखेका छौं तर त्यसअनुसार काम गर्न सकेका छैनौं । विकास गर्दैमा भौतिक संरचना तयार गर्दैमा समृद्धि आउँदैन, समृद्धि प्राप्त गर्न धेरै कुरामा विचार पु¥याउनु पर्दछ । भौतिक संरचनाको पूरापुर सदुपयोग गर्न सक्नुपर्छ । त्यसबाट फाइदा उठाउन सक्नुपर्दछ । हाम्रो राष्ट्रको धेरै कलकारखाना, उद्योगधन्दाहरु वर्षौंदेखि बन्दछन्, तर त्यसलाई सञ्चालन गर्ने प्रयास कतैबाट भएको छैन । अर्बौं खर्च गरेर सुक्खा बन्दरगाह बनाइएका छन्, तर तिनीहरुको प्रयोगसमेत भएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनाइएका छन् तर तिनीहरुबाट फाइदा लिन सकिरहेका छौं । यस्तो कुरामा सरकार गम्भीर देखिँदैन । जबसम्म यस्तो कुरामा ध्यान जाँदैन तबसम्म समृद्धि हाम्रो सपनामात्र हुनेछ । नारामात्र हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width