धमिलिदै गएको राजनीति

सम्पादक
कार्तिक २५, २०७१

१. सर्वसाधरण जनता कहिले माघ ८ गते आउला र संविधान घोषणा होला भनी प्रतीक्षारत छन्। तर राजनीतिक क्षेत्रमा भने व्रि्रोह, आन्दोलनको स्वर गुञ्जायमान भएको छ। एकातिर जातीय र धार्मिक भावना चर्केर गएको छ भने अकोर्तिर क्षेत्रीय भावना उचाल्ने प्रयास पनि उत्तिकै भएका छन्।

२. काङ्ग्रेस र एमालले संविधानको अन्तरवस्तुमा समान विचार बनाएपछि संवैधानिक राजनीतिक सम्वाद समिति निष्त्रिmय बनेको छ। त्यसका सभापति डा. बाबुराम भट्टराई बिरामी भएका छन्। उनको अस्वस्थ्ाताका कारण समितिले आफ्नो प्रतिवेदन संविधान सभामा दिन सकेको छैन। यसले अप्ठेरो स्थिति सिर्जना गरेको छ।

३. पोखरामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका अध्यक्ष वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले सिंहनाद गरेर गएका छन्। उनले २२ दलसँग मुद्दा मिले विभेद उत्पीडितको मुक्ति र अधिकार सुनिश्चितताका लागि सम्झौताहीन राष्ट्रिय आन्दोलन गर्ने घोषणा गरेका छन्।

४. उता, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशमा गएर काङ्ग्रेस  र एमालले त्यो साझा प्रस्ताव फिर्ता नगरे मधेशीले आफ्नो सरकार गठन गरे हुने भनेका छन्। मधेशमा एमाओवादी अध्यक्ष दाहाल मधेशवादी भन्दा बढी मधेशवादी भएका छन्। शायद मधेशवादीहरू पनि यसले चकित भएका छन्।

५. व्रि्रोह, आन्दोलन र अराजकताका स्वरहरु जताततै घन्किदै गरेका छन्। कतै आफूले भनेजस्तै संविधान नआए संविधान च्यातिने धम्की दिँदै छन् भने कतै जलाइदिने भन्दै छन्। यी सबै स्वर सुन्नेहरू अझ पनि संविधान बन्दैन भनी निराश प्रायः भएका छन्। संविधान निर्धारित तिथिमा आउन नदिन ठूलै नाटक मञ्चन हुँदैछ।

६. जनताले चुनेको संविधान सभा छ। संविधान सभामा छ सय एक जना सदस्य छन्। संविधान बनाउन गएका ती सदस्यले के-कति सक्रिय भूमिका निर्वाह गर्दछन्, त्यो हेर्न बाँकी छ। विगतमा झैं निस्क्रिय भएर शायद उनीहरू अहिले रहने छैनन्। उनीहरूले आफ्नो सक्रियता र प्रभाव देखाएर जुर्मुराउने अपेक्षा जनताले गरेका छन्।

७. राजनीति गम्भीर मोडमा पुग्न खोज्दैछ। संविधान ल्याउने हो भने संवादहीनताको स्थितिमा बस्नु हुँदैन। संवाद गर्नुपर्दछ। संवाद समितिलाई सक्रिय गर्नुपर्दछ। संविधान सभालाई निस्क्रिय होइन, सक्रिय पार्नुपर्दछ। संविधान सभाध्यक्ष सुवास नेम्वाङ, आफैले पनि सक्रिय भूमिका खेल्नु पर्दछ। पहिले बढी भलादमी भएको आरोप उनीमाथि लागेको थियो। यस पटक साहसिक निर्णय लिएर संविधान लेखन कार्य माघ ८ गतेभित्र टुङ्ग्याउन उनले रुलि· गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width