देउवा र निधिको विवाद

सम्पादक
चैत्र २७, २०७३

१. नेपाली काँग्रेसका नेताहरुबीच बराबर विवाद हुन्छ। त्यस्तै विवाद अहिले पनि भएको छ। तर त्यसबेलाको विवाद र अहिलेको विवादमा केही अन्तर छ। त्यसबेलाको विवाद संस्थापन पक्ष र अको पक्षबीच हुन्थ्यो भने अहिले संस्थापन पक्षकै नेताहरुबीच विवाद भएको छ। त्यसमा पनि सबैभन्दा नजिकका मानिने सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच भएको छ।

२. ती दुर्इ नेताहरुबीच दुर्इ तीन महिना पहिलेदेखि मत भिन्नता भएको खबर बाहिर आएको थियो। प्रहरीको आइजीपी कसलाई बनाउने भन्ने सम्बन्धमा उनीहरुको विचार मिलेको थिएन। गृहमन्त्रीको हैसियतले छानेकालाई सभापति शेरबहादुर देउवाले नमान्ने र देउवाले तोकेकालाई गृहमन्त्रीले समर्थन नगरेको कुरा छताछुल्ल भएर बाहिर आएको थियो।

३. देउवाको छनोटलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पनि समर्थन गरेपछि गृहमन्त्री निधि असन्तुष्ट भए र उनी राजीनामा दिने मनस्थितिमा पुगेको कुरा पनि बाहिर आयो। तैपनि उनले सायद धैर्यधारण गरे र राजीनामा गरेनन्। उनले राजीनामा नगरे पनि त्यो विवाद अझै रहिरहेको छ।

४. यसैबीच मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो। मधेसी मोर्चाले त्यसरी समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेर संकट आउँला भनी प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसमेत दिएर सरकारमा भित्र्याए। सरकारको संकट त टर्‍यो, तर उपप्रधानमन्त्रीहरुमा को वरिष्ठ भन्ने नयाँ प्रश्न उत्पन्न भयो।

५. उपप्रधान तथा गृहमन्त्री निधिले आफूले दुर्इ-दुर्इ पटक कार्यवाहक प्रधानमन्त्री भएकाले वरिष्ठतम् उप-प्रधानमन्त्री आफू भएको दाबी गरे भने प्रधानमन्त्री दाहाल र देउवाले भने कमल थापालाई वरिष्ठतम् उपप्रधानमन्त्री बनाउने आश्वासन दिइसकेका रहेछन्। त्यसमा पनि देउवा र निधिबीच विवाद बढ्दै गएको छ।

६. प्रधानमन्त्री दाहालको चीन भ्रमणको बेला त्यो विषय छताछुल्ल भएर बाहिर आयो। प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यवाहक नदिइकन चीन गए। उनी चीनबाट फकेर पनि त्यही विवादका कारण मन्त्रिपरिषद्को बैठकसम्म राख्न सकेका छैनन्। त्यो कुरा सुन्नेलाई पनि लाजमदो अवस्थामा पुगेको छ। निधिले अहिले पनि आफूलाई वरिष्ठतम् नबनाए राजीनामा दिने घुर्की देखाएका छन्।

७. सरकारमा एक जना जानु र अको आउनु ठूलो कुरा होइन, तर देउवा र निधिको विवादले पार्टीका प्रभाव पार्न सक्छ। त्यसमा पनि चुनावको मुखमा वरिष्ठ नेताहरुको विवाद हुनुलाई राम्रो मान्न सकिँदैन। यस्तो संवेदनशील बेलामा गृहमन्त्रीले राजीनामा दिनु पनि उचित बेला होइन। यी सबै कुरा सोचेर नेताहरुले छिटो त्यो विवाद मिलाउनु पर्दछ। अन्यथा चुनावमा पार्टीकाई नोक्सान हुन सक्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै