दुर्इ माओवादीको कार्यगत एकता

सम्पादक
चैत्र ५, २०७०

१. नेपालका राजनीतिक पार्टीरु फुट्ने र जुट्ने गरिरहेका छन्। त्यहीक्रममा अहिले एमाओवादी क्यास र ड्यास नजिकिँदै गएका छन्। हिजो फुटेर टाढा पुगेका तिनीहरु अहिले एकताबद्ध हुन निरन्तर प्रयास छन्। तिनीहरुबीच निरन्तर वार्ता भइरहेको छ। त्यही वार्ताको परिणाम तिनीहरु कार्यगत एकतामा पुगेका हुन्।

२. फुटको प्रभाव कस्तो हुन्छ भनेर तिनीहरुले राम्ररी जाने । माओवादीले संविधानसभा-२ को चुनाव गर्न नदिने जुन उद्घोष गरेको थियो, त्यो असफल भयो । त्यस्तै एमाओवादीले पनि अत्याधिक बहुमत ल्याउने उद्देश्यले संविधानसभा विघटन गरी चुनावमा हाम फालेको थियो । चुनाव परिणामले उसलाई पनि सवक सिकाएको छ।

३. फुटेका दुबै पार्टीआ-आफ्नो उद्देश्यमा असफल भएपछि तिनीहरुको आँखा खोलिएको छ । एक पटक नेपाली काँग्रेसलाई पनि त्यस्तै भएको थियो भने त्यही हालत एमालेको पनि भएको थियो । काँग्रेस फुट्दा एमालेलाई फाइदा भएको थियो भने एमाले फुट्दा काँग्रेसलाई फाइदा भएको थियो। एमाओवादी फुट्दा ती दुबै पार्टीकाई फाइदा भएको छ। फुट्दाको चोट कस्तो हुन्छ भन्ने सबैले महसुस गरेका छन्।

४. त्यस दृष्टिले एकीकृत र माओवादीका हालै भएको कार्यगत एकतालाई मान्नु पर्दछ । तर तिनीहरु के कसरी एकताबद्ध हुन्छन् त्यो भने अहिले भन्न सकिने कुरा भएन। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको ध्यान विस्तारै ड्यास माओवादीतिर गएको छ। तर उनी जति वैद्यतिर नजिकिँदै छन् उति बाबुराम भट्टराईबाट टाढा हुन खोजेका हुन् कि भन्ने देखिएको छ।

५. हिजो पनि उनी कहिले वैद्यतिर कहिले डाक्टरतिर गर्थे । अहिले पनि त्यही गर्न खोजेका हुन कि भन्ने अनुमान गरिएको छ। डा. भट्टराईले पनि पार्टीकाई प्रभावकारी बनाउन नयाँ-नयाँ औषधिको सिफारिस गर्दैछन्। जुन कुरा अध्यक्ष प्रचण्डले सहन सकेका छैनन् र प्रचण्डले त्यो सिफारिसलाई गैरमार्क्सवादी भनेका छन्।

६. मार्क्सवाद के हो, गैर मार्क्सवाद के हो, यो प्रश्न नेपाली कम्युनिष्टहरुको शिरर्दर्दको विषय भएको छ। कम्युनिष्टहरुले मार्क्सवादलाई आ-आफ्नै किसिमले परिभाषित गर्ने गरेका छन्। जसको कारण उनीहरुबीच मतभेद बढ्दै जान्छ र फुटको संघारमा पुग्छन्। प्रचण्ड र बाबुराम नफुटून् यो हामीले कामना गर्नु पर्दछ।

७. नेपालमा धेरै पार्टीरु छन्। आवश्यकभन्दा बढी पार्टीरु छन्। जसको कारण पनि अस्थिरता लम्बिने गरेको छ। त्यसकारण अहिले फुट्नेतिर होइन, जुट्नतिर लाग्नु पर्दछ। सहनशीलता, समझदारी कायम गरी संविधान छिटो लेखेर देशलाई विकास पक्षमा अग्रसर गराउनु पर्दछ । यो हाम्रो आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width