दार्जिलिङमा फेरि गोर्खाल्याण्ड

सम्पादक
असार ५, २०७४

१. दार्जिलङमा भाषिक आन्दोलन गरिरहेका आन्दोलनकारीहरुमाथि पश्चिम बंगाल सरकारले शनिबार गोली चलाउँदा तीन जना नेपाली भाषीहरु मारिएका छन्। ती निहत्था आन्दोलनकारीहरुमाथि त्यसरी निर्ममतापूर्वक गोली चलाएर तीन जना मारिएको घटनाले तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ। त्यस घटनाको धेरै विरोध र भर्त्सना गरिएको छ।

२. दार्जिलिङ शान्त थियो। पश्चिम बंगाल सरकारले आकस्मात दार्जिलिङमा बंगाली भाषालाई अनिवार्य गर्ने निर्णय गरेपछि दार्जिलिङबासीहरु त्यसको विरोधमा सडकमा उत्रेका छन्। आन्दोलनले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। यो गोलीकाण्डले आन्दोलनलाई अरु उक्साएको जस्तो भएको छ।

३. भारत सरकारले नेपाली भाषालाई आÇनो संविधानको आठौँ अनुसूचीमा समावेश गरेपछि भाषासम्बन्धी विवाद समाप्त भएको थियो। नेपाली भाषालाई त्यसरी सरकारी मान्यता दिलाउन त्यहाँका शीर्ष साहित्यिक व्यक्तिहरु र्सूयविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानले लामो समय संघर्ष गरेका थिए।

४. त्यसैक्रममा गोर्खाल्याण्डको कुरा पनि उठ्यो। दार्जिलिङंगेहरुले गोर्खाल्याण्डको लागि धेरै रगत पसिना बगाए। धेरैले आÇनो ज्यान बलिदान दिए। दार्जिलिङको अवस्था ज्यादै बर्बादीतिर गएकोले सुवास घिसिङले सरकारसँग सम्झौता गरी दार्जिलिङलाई स्वायत्त प्रशासनिक क्षेत्र बनाएका थिए।

५. त्यसबेला त्यो सम्झौता गरिए पनि दार्जिलिगेहरुको मन र मष्तिकबाट गोर्खाल्याण्डको अवधारणा हटेको छैन। जब-जब उनीहरुमाथि अन्याय-अत्याचार हुन्छ, विभेद हुन्छ र केही कुरा अनावश्यकरुपमा लाद्न खोज्दछ, तब-तब उनीहरुमा गोर्खाल्याण्डको नारा स्वतः उत्पन्न हुन्छ। अहिले पनि त्यो नारा गुञ्जिन थालेको छ।

६. उनीहरुले भारत स्वतन्त्र हुने बेलादेखि गोर्खाल्याण्ड मागेका थिए। उनीहरु भन्दा पछि स्वायत्त प्रदेशको माग गर्नेहरुले देश प्रदेशभन्दा बढी प्रदेश पाइसकेका छन्। तर गोर्खाल्याण्डलाई दबाउने गरिएको छ। पश्चिम बंगालमा त्यहाँको काँग्रेस सरकार आयो, कम्प्युनिष्टको सरकार आयो, अहिले ममता बेनर्जीको सरकार छ। ती सबैले गोर्खाल्याण्डको आवाजलाई निर्ममतापूर्वक दबाउने गरेका छन्।

७. दार्जिलिङवासीहरुले बंगाली भाषा आफूमाथि लाद्न खोजिएकाले विरोध गरेका छन्। भाषा भन्ने लाद्ने कुरा होइन। जबर्जस्ती लादियो भने त्यसप्रति झन् घृणा पैदा हुन सक्छ। त्यस्तो अवस्था आउन दिनु हुँदैन। त्यसकारण त्यो अवस्था आउनुभन्दा पहिले पश्चिम बंगाल सरकारले आफ्नो निर्णय फिर्ता लिनु उचित देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग