दबाबको रणनीति भन्दै टाढा जाँदै

सम्पादक
कार्तिक २३, २०७१

१. संविधान बनाउन दिनहुँ जुटिरहेका राजनीतिक पार्टीरू फेरि एकपटक टाढा हुन खोज्दैछन्। ती पार्टीका नेताहरूले आफ्नो अडान नछाडेका कारण संविधानको अन्तर्वस्तुमा सहमति हुन सकेको छैन। तिनीहरू एकले अर्कोलाई सम्झाउने, बुझाउने काममा असफल भएपछि उनीहरूले एकले अर्कालाई दबाब दिने भन्दै अकै रणनीति अख्तियार गरेका छन्।

२. एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएपछि वातावरण बन्ने सत्तामा बस्ने नेपाली काङ्ग्रेस र एमालेको साँच थियो। तर दाहालले उनीहरूको अपेक्षाको विपरीत माओवादीलगायत सानातिना दल मिलेर बनेको मोर्चाको कार्यक्रममा गएर धम्कीको भाषा बोलेपछि वातावरण धमिलिएको छ।

३. एमाओवादी अध्यक्ष दाहालले काङ्ग्रेस र एमालेलाई दबाब दिन आफूले त्यस्तो बोलेको बताएका छन् भने केही दिन पहिले काङ्ग्रेस र एमाले मिलेर संविधानको अन्तर्वस्तुमा आफ्नो समान धारणा भएको बताउँदै ४०४ सभासद्सहितको साझा प्रस्ताव तैयार गरेका छन्। त्यो प्रस्ताव सुनेपछि एमाओवादी तर्सन थालेको छ।

४. एमाओवादी एकातिर मोर्चाबन्दी गर्दै ठाउँ-ठाउँ भाषण गर्दैछ भने काङ्ग्रेस एमालेले दुर्इ तिहाइको कार्ड देखाएका छन्। दबाबको रणनीतिले राजनीतिक वातावरण धमिलिन गएको छ। संयोजकको नाताले दाहालले बोलाएको उच्चस्तरीय बैठकमा काङ्ग्रेस र एमाले दुवै पार्टीका नेताहरू उपस्थित भएनन्।

५. राजनीतिक स्थिति अरु ब्रि्रेको अनुभव गरिएको छ। स्थिति ब्रि्रेकाले संविधानमा सहमति गर्ने काम अरु दुरूह गएको छ। अब त विदेशीहरूले पनि संविधान माघ ८ गते घोषणा हुने कुरामा शड्ढा गर्न थालेका छन्। त्यसैले युरोपेली युनियनका कूटनीतिज्ञहरूले माघ ८ भित्र संविधान घोषणा गर्नुपर्नेमा आफ्नो सक्रियता देखाएका छन्।

६. पार्टीरूमा को पछि हट्ने, को अघि बढ्ने समस्या छ।समस्या समाधानको लागि केही लचिलो हुनुलाई उनीहरूले कमजोरी ठानेका छन्। र उनीहरूले कमजोरी देखाउन चाहेका छैनन्। तर सर्वसाधरण जनता जो लचिलो भएर समस्या समाधान गर्न अग्रसर हुन्छ, उसैलाई राम्रो भन्ने पक्षमा छन्। तर यो कुरा उनीहरूले राम्ररी बुझेका छैनन्।

७. नेताहरूमा अहंकार ज्यादै बढेर गएको छ। जति उनीहरूले अहंकार देखाउँदैछन्, उति उनीहरू जनताको नजरबाट गिर्दैछन्। यो कुरा नेताहरूले छिटो बुझ्नु आवश्यक छ। जनताको विश्वास पाउने हो भने जनभावना अनुसार काम गर्नुपर्दछ र आफूले गरेको प्रतिबद्धतालाई पूरा गर्नुपर्दछ। संविधान माघ ८ गतेभित्र घोषणा गर्ने सबैको प्रतिज्ञा हो। यो प्रतिज्ञा नेताहरूले पालना गर्नुपर्छ। दबाबको राजनीति गरी बनेको स्थिति बिगार्नु बुद्धिमानी होइन

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width