त्याग र बलिदानको प्रतिमूर्तिको जन्म शताब्दी

सम्पादक
कार्तिक २४, २०७१

१. प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको जन्म शताब्दी आज प्रारम्भ हुँदैछ। गणेशमान सिंह फाउण्डेशनले जानकारी दिएअनुसार यस वर्षरि विभिन्न कार्यक्रम राखी उनको त्याग र बलिदानका विभिन्न पक्षलाई उजागर गर्ने कार्यक्रम राखिने छ। फाउण्डेशनले देशभर यस्तो कार्यक्रम सञ्चालन गर्ने भएको छ।

२. लौहपुरुषका रूपमा चर्चित सिंह प्रजातान्त्रिक आस्था र निष्ठाका चट्टान नै थिए। उनी कुनै पनि अवस्थामा चाहे त्यो राणाकालमा होस् या पञ्चायतीकालमा कहिल्यै विचलित भएनन्। उनले आफ्नै सरकारले गलत काम गर्दा त्यसलाई पनि औंल्याउने गर्दथे। उनले सरकारमा बस्नेले नैतिकता र इमान्दारिताको पूर्ण पालना गर्नुपर्दछ भनी जोड दिने गर्दथे।

३. २०४६ सालको ऐतिहासिक आन्दोलन उनकै नेतृत्वमा भएको थियो। उनले बल प्रयोग र हिंसामा विश्वास गर्ने कम्युनिस्टहरूलाई अहिंसात्मक आन्दोलनमा ल्याएर त्यसको प्रतिफल पनि देखाएका थिए। जनआन्दोलनपछि आफूलाई प्राप्त भएको प्रधानमन्त्री पद ग्रहण नगरेर उनले विश्वमै विरलै हुने उदारता र उदाहरण प्रस्तुत गरेका थिए। त्यसबेला उनले कृष्णप्रसाद भट्टर्राईलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेका थिए।

४. गणेशमान सिंहले त्यसबेला राजनीतिक क्रान्ति भयो, अब आर्थिक क्रान्तिको आवश्यकता छ भनेर औंल्याएका थिए।उनले आर्थिक क्रान्तिबिनाको राजनीतिक क्रान्ति अधुरो र अपूरो हुन्छ भनी बराबर त्यसमा जोड दिने गरेका थिए। तर सरकार र पार्टी उनको कुरा सुन्न छाडेपछि उनले आफैले स्थापना गरेको नेपाली काङ्ग्रेस पार्टीरित्याग गरेका थिए।

५. प्रजातान्त्रिक मूल्य र मान्यताका शिखर धरोहरका रूपमा स्थापित सिंह जननेता बीपी कोइरालाका आत्मीय सहयोगी थिए। बीपीसँग उनको केमेष्ट्री यति मिलेको थियो कि आजीवन त्यो सम्बन्धमा विचलन आएन। बीपीको प्रधानमन्त्रीत्व कालमा उनी यातायात तथा सञ्चारमन्त्री थिए भने बीपी सुन्दरीजल जेलमा रहँदा र स्वनिर्वासनमा भारतमा रहँदा पनि उनी साथैमा थिए।

६. सर्वमान्य नेता सिंह दूरदर्शी थिए। चुनावबाट आफ्नो सरकार बनेपछि सरकार दायाँ-बायाँ नजाओस् भनी उनले ‘वाच डग’को भूमिका निर्वाह गरे। महाकाली प्रकरणदेखि उनी सरकार र पार्टीट टाढा रहे। उनले त्यसै बेला पार्टीले दुरावस्था देखेका थिए र त्यस्तो पार्टी रहनुको औचित्य छैन भनी पार्टीगको सम्बन्ध त्यागेका थिए।

७. त्यस्तो महान् त्यागी व्यक्तित्वको जन्म शताब्दी मनाउनु ठूलो कुरा हो। उनको बलिदानपूर्ण जीवनीले त्यागको भावना जगाउँछ। उनले जुन आस्था र निष्ठाको राजनीति गरे त्यसले हामीलाई प्रेरणा प्रदान गर्दछ। नैतिकता लोप भएर स्वार्थी भावना बढेको बेला उनको स्मरण मात्रले खबरदारीको काम गर्न सक्दछ। यस्तो त्याग र बलिदानको प्रतमिूर्ति भएको व्यक्तिको जन्म शताब्दी सफलतापूर्वक सम्पन्न होस्, यही हाम्रो कामना छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width