जैनमुनि मणिभद्र

सम्पादक
चैत्र ३०, २०७३

१. जैनमुनि डा. मणिभद्र महाराजको ५० औं शुभजन्मोत्सव विविध कार्यक्रमका साथ पोखरामा शनिबार सम्पन्न भएपछि जैनमुनिको चर्चा परिचर्चा बढेको छ। उनी को हुन्, कहाँका हुन् र धर्ममा उनको स्थान कहाँ छ भन्ने जिज्ञासा बढेको छ। उनको सरल जीवन र उच्च विचारले गर्दा उनका नजिक पुगेकाहरु उनीप्रति आकषिर्त भएका छन्।

२. पोखराको छिमेकी जिल्ला स्याङ्जाको आर्रुखर्कमा २०२३ सालमा जन्मेका उनी १४ वर्षको कलिलो उमेरमा अध्ययनका लागि भारत गए। भारतमा उनी जैन गुरुहरुको सर्म्पर्कमा पुगेपछि त्यस धर्मको शील सदाचार र अहिंसा परमो धर्मको सिद्धान्तबाट उनी प्रभावित भए। उनी मुनि भेष धारण गरेर त्यसैमा एक चित्त लाएर समर्पित भए।

३. उनले भारतको टि्रनिटी वर्ल्ड विश्वविद्यालयबाट जैन दर्शन एवम् पर्यावरण विषयमा विद्यावारिधि गरे। उनी ध्यान साधनामा यत्ति निर्लिप्त भए कि उनी कुनै सांसारिक मोह बन्धनमा अल्भिmन चाहेनन्। जैन धर्मका अन्य मुनिहरुले जस्तै उनले पनि पदयात्रा प्रारम्भ गरे। उनले ३६ वर्षदेखि निरन्तर पदयात्रा गरेर भारतमा ७५ हजार किलोमिटर भन्दा बढी यात्रा गरिसकेका छन्। उनले नेपालमा पनि धेरै जिल्लाको पदयात्रा गरिसकेका छन्। यस पटक पनि उनी धनगढीदेखि नेपालगञ्ज, दा·, रुकुम, बागलुङ, म्याग्दी हुँदै मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गरी पुनः म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जाको पदयात्रा गर्दै पोखरा आएका हुन्।

४. यसअघि उनलाई भारतमा नेपाल केशरीको विभूषणबाट विभूषित गरिएको थियो। जैन समाजमा उनी माननीय र सम्माननीय भएका छन्। पूजनीय भएका छन्। मुनि समाजमा उनको स्थान उच्च छ। एक जना नेपालीले भारतमा गएर त्यो सम्मान प्राप्त गर्नु ठूलो कुरा हो। हामी नेपालीले त्यसमा गर्व गर्न सक्नु पर्दछ र उनले थालनी गरेका कार्यमा एउटा इट्टा भए पनि थपेर उनलाई अरु उच्च स्थानमा पुर्‍याउनै प्रयास गर्नुपर्दछ।

५. उनले मानिसलाई धर्म र सम्प्रदायभन्दा माथि उठाउने उद्देश्यले मानव मिलन संस्थाको स्थापना गरेका छन्। उनी मानव मिलन संस्थाको विभिन्न शाखाहरु गठन गर्दै अगाडि बढ्दै छन्। त्यो संस्थाको संख्या बढ्दै गएकोले अहिले उनलाई मान मिलन केन्द्रका संस्थापक भनेर सम्मान गर्ने गरिएको छ।

६. हत्या हिंसा, अपहरण जस्ता घटनाले महामारीको रुप लिएको बेला अहिंसा परमोर्धर्मको माला जप्दै हिड्नु र अपरिग्रहको अभ्यास गर्नु आफैमा चुनौतीपूर्ण छ। बुद्ध जन्मेका देशका मानिसहरुले यो कुरा राम्ररी बुझेका छन्। तैपनि निहित स्वार्थ भएका हस्तक्षेपकारीहरुको भूमिका यहाँ चको छ र अहिंसावादीले आफ्नो स्वतन्त्र अस्ितत्व कायम गर्न मुस्िकल छ।

७. अहिंसाको दृष्टिले बुद्ध धर्म भन्दा जैन धर्म अरु कडा छ। अहिंसा परमोर्धर्म भन्न जति सजिलो छ, उति व्यवहारमा पालन गर्न गाह्रो छ। व्यवहारिक हिसाबले त्यति कठिन कार्यलाई सफलतापूर्वक सम्भव बनाएर डा. मणिभद्र मुनि महाराजले धर्ममा आफ्नो स्थान उच्च बनाएका छन्। यो नेपाल र नेपालीका लागि खुशी, सन्तोष र गर्वको विषय हो। हामी जैनमुनीको अरु उत्तरोत्तर उन्नति र प्रगतिका साथै चिरायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै