१. हामीले खाने गरेको खाद्य सामग्री, तरकारी र फलफूल आदि गुणस्तरीय नभएको, तिनीहरूमा रासायनिक पदार्थ मिसाउने गरिएको र तिनीहरू खान योग्य नभएको कुरा जताततै चर्चा हुने गरेको कुरा हो। त्यसरी खान योग्य नभएको कुरा पनि सर्वसाधारणले खाँदै आएका छन् र खान बाध्य भएका छन्।
२. ‘स्लो प्वाइजन’को रूपमा काम गर्ने रासायनिक पदार्थ मिसिएका सामान के के हुन र तिनीहरू कस्ता हुन्छन् भन्ने कुरा सर्वसाधारणले चिन्ने जान्ने कुरा होइन। आफूले थाहा नपाएपछि के गर्ने भन्दै सर्वसाधारणले पनि अखाद्यवस्तु खाँदै आएका छन्। खाएर पनि तुरुन्त चिन्न सक्ने कुरा होइन।
३. यस किसिमले लामो समयदेखि हामीले अखाद्य वस्तुहरूको प्रयोग गर्दै आएका छौं। त्यसमा पनि अहिले यस्तो अखाद्यवस्तु बजारमा देखिएको छ। जुन खानासाथ वाक्वाक लाग्ने र बिरामी हुने गरिएको छ। लौका, काँक्रोलगायतका कुरा खाएर बिरामी भएको समाचार पत्रपत्रिकामासमेत आउन थालेको छ।
४. पत्रपत्रिकामा छापिएर त्यति हल्ला भएको त छैन, तर हाम्रो देशमा नक्कली चामल, नक्कली चिनीलगायतका खाद्य सामग्री भित्रिएका छन्। ती नक्कली खाद्य पदार्थ खाँदा त्यसले हाम्रो स्वास्थ्यमा झनै के कस्तो असर पार्ने हो, त्यो अहिले भन्न सकिने कुरा होइन। यसबारे कसैले मुख खोलेको पनि छैन।
५. आँप, केरामा विषादी हालेर पकाएको कुरा बराबर आउने गर्दछ। तर सागपात र तरकारी आदिमा विषादी हालेको कुरा र त्यो कुराले जनताको स्वास्थ्यमा के कति हानी नोक्सानी गर्दछ भन्ने कुरा राम्ररी आउँदैन। तिनीहरूले स्वास्थ्यमा हानी गर्दछ भनी काठमाडौंमा त्यसको परीक्षा गर्ने गरिएको सुनिएको छ। तर जिल्लामा त्यो परीक्षण गर्ने मेसिनको नामसमेत सुनिएको छैन।
६. कतै जनस्वास्थयको कार्यक्रम हुँदा त्यसको महत्वका बारे लामो लामो भाषण गरेको सुनिन्छ। कहिलेकहीँ यस्तो बेला उपभोक्ता समितिले पनि आफ्नो अस्ितत्व देखाउँने गर्दछ। यस्तैमा अनुगमन समितिको चर्चा पनि हुने गर्दछ। ऐन कानुन अनुसार सम्बद्ध संरचना, संस्था र कार्यालयहरू गठन भएको पनि नदेखिएको होइन। ती सबै भएर पनि जनस्वास्थ्यखेलवाड भएको छ।
७. बजारमा अखाद्य पदार्थको आपूर्र्ति बढ्दै गएको छ। अखाद्यमा पनि झन्झन कडा किसिमको र शरीरलाई तत्काल असर पार्ने खालको पदार्थ आउने गरेको छ, एकातिरको अवस्था यस्तो छ भने अकोर्तिर बजार हेर्ने दरिलो संस्था हामीसँग नभएको जस्तो छ। अहिले जननिर्वाचित प्रतिनिधि आएका छन्। उनीहरूले चासो लिए भने यस सम्बन्धमा ठोस काम हुन सक्दछ र अखाद्य वस्तु बजारबाट हट्न सक्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१