जननेता बीपीको सम्झना

सम्पादक
श्रावण ६, २०७०

१. जननायक बीपी कोइराला राजनीतिक आकाशमा कहिले नअस्ताउने तारा भएर रहेका छन्। उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको औचित्य र आवश्यकताबारे अहिले पनि व्याख्या र विश्लेषण गर्ने गरिन्छन्। राष्ट्र र राष्ट्रियता कमजोर भएको र विदेशी चलखेल बढेको बेलामा राष्ट्रियताका पक्षधरहरूले उनलाई झल्झली सम्झने गर्दछन्।

२. बीपी कोइराला मात्र १८ महिना शासन सत्तामा रहे। त्यो १८ महिनामा उनले धेरै राम्रा विचार, नीति र कार्यक्रमको विजारोपण गरे। उनले परम्परादेखिको विर्ता उन्मूलन गरे। भूमि सुधारको कदम चाले। औद्योगिक विकासका लागि वित्तीय व्यवस्थाको आवश्यकता भएको महसुस गरी नेपाल औद्योगिक विकास निगमको स्थापना गरे। यस्तो धेरै आधारभूत कुराको उनले सुरुवात गरे।

३.     उनले राष्ट्र र राष्ट्रियताको सवालमा सच्चा देशभक्तिको परिचय दिए। उनको पालामा मुस्ताङमा मारिएका सुवेदार बमप्रसाद काण्डबारे नेपाल र चीनको विवाद भयो। पछि चीनले बीपीले राखेको प्रस्तावलाई स्वीकार्‍यो र मृतकको परिवारलाई मुआब्जा दियो। उनले नेहरूले भारतको उत्तरी सीमा हिमालय भनी अभिव्यक्ति दिएकोमा तुरुन्त खण्डन गरे। खण्डनपश्चात् नेहरूले भूल सुधार गरे।

४. उनी सत्तामा छँदा होस् कि बाहिर राष्ट्रियता र परराष्ट्र नीति सम्बन्धमा कहिले आफ्नो विचार फेरेनन्। उनी स्वतन्त्र परराष्ट्र नीतिको वकालत गर्दथे। त्यसको कार्यान्वयनस्वरुप उनले दक्षिण एसियाका देशहरूमध्ये सबभन्दा पहिले इजरायललाई मान्यता दिए। परराष्ट्र सम्बन्धमा उनले गरेका उपरोक्त कार्यहरूले उनको ख्याति विश्वमा बढेको थियो।

५. उनले नेपाललाई स्वीजरल्याण्ड जस्तो बनाउने उद्घोष गरेका थिए। त्यसबेलादेखि अहिलेसम्म हाम्रा नेताहरूले त्यही कुरा घोकिराखेका छन्। उनको प्रजातान्त्रिक समाजवाद पनि घोषित या अघोषित किसिमले सबैको साझा कुरा भएको छ। उनले लागू गर्न खोजेको भूमि सुधार पनि अहिलेसम्का नेताहरूको भाषणको साझा विषय भएको छ, तर कार्यान्वयन कसैले गरेका छैनन्।

६. बीपी कोइराला दूरदर्शी थिए। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको सूक्ष्म विश्लेषण गर्दथे।राष्ट्रलाई आघात पर्ने बेलामा आफ्नो कदम पछि सार्ने पनि गर्दथे। उनले कहिले अन्धकारमा ढुङ्गा हान्ने काम गरेनन्। उनले राष्ट्र र राष्ट्रियतालाई सर्वाच्च मानेर काम गर्दथे र सधैँ विकल्प सोचेर अघि बढ्थे।

७. २०१७ सालको क्रान्ति उनकै नेतृत्वमा नेपाली काङ्ग्रेसको माध्यमबाट भएको हो। त्यस क्रान्तिले नेपाललाई आधुनिकतातिर डोर्‍याएको मानिन्छ। उनी सत्तामा होस् या सत्ता बाहिर उनले कहिले आफ्नो विचार र हैसियत फेरेनन्। उनले सधैँ उत्तिकै जिम्मेवारीका साथ कुरा गर्दथे र तदानुसार काम गर्दथे। ती सबै काम र कुराले उनको व्यक्तित्व बनेको थियो। उनको व्यक्तित्व आकर्षक थियो। लोभलाग्दो थियो। जसको चर्चा आज पनि उत्तिकै हुने गरेको छ। हामी उनको योगदान र विचारको उच्च मूल्याड्ढन गरी आज फेरि एकपटक उनीप्रति श्रद्धासुमन अपण गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width