जताततै असन्तोष

सम्पादक
असार १८, २०७१

१. देशमा सरकार र सरकारी कार्यालयहरूले राम्ररी काम गर्न नसक्दा जताततै असन्तोषै-असन्तोष देखिएको छ। मानिसहरूको इच्छा आकांक्षा चुलिएको छ। तर त्यस अनससार केही पनि काम भएको छैन। त्यसले गर्दा तलदेखि माथिसम्मका कोही पनि सन्तोष छ्रैनन्।

२. राष्ट्रपति डा. रामवरण यादवले संसदमा प्रस्तुत गरेका सरकारका नीति तथा कार्यक्रमका सम्बन्धमा त्यो असन्तोष प्रष्ट देखिएको छ। एक पक्ष त्यो नीति तथा कार्यक्रमलाई विस्तृत र सन्तुलित भनी प्रशंसा गरिरहेका छन् भने अर्को पक्ष त्यसलाई मात्र परम्परावादी र कर्मकाण्डी भनेर आलोचना गरिरहेका छन्।

३. विरोधीले विरोध गर्न स्वाभाविक हो। नेपालमा त्यसरी विरोध गर्नु एक परम्परा नै भएको छ। त्यो पनि एउटा कर्मकाण्ड नै हो। तर यस पटक सत्ता साझेदार पार्टीका नेताहरू पनि विरोधमा उत्रेका छन्। उनीहरूले नीति तथा कार्यक्रम आफ्नो घोषणापत्र अनुसार नआएको गुनासो गर्दैछन्।

४. काङ्ग्रेसका नेताहरूले त्यो कार्यक्रम आफ्नो घोषणापत्र अनुसार नभएको बताउँदै छन् भने एमालेका नेताहरूले त्यसमा काङ्ग्रेसै काङ्ग्रेस देखिएकोमा आपत्ति जनाएका छन्। यसरी हेर्दा जाँदा सत्तामा पुगेका पार्टीका नेताहरू आफै पनि सन्तोष नभएको अवस्थामा अरु को सन्तुष्ट होलान् –

५. असन्तोष पनि यसरी फैलिएको छ कि ठूला नेताहरू मन्त्री भएकाहरूप्रति असन्तुष्ट हुनु र सर्वसाधारण जनता ती नेताहरूप्रति असन्तुष्ट हुने गरेका छन्। जनताहरू सभासद्हरू र संसदमा र संविधानसभाको बैठकमा राम्ररी उपस्थित नभएकामा क्षुव्ध छन्। कतिपय जनाता संविधान सभाको खाली मञ्च देख्नासाथ सभासद्लाई गाली गर्न थाल्छन्।

६. माथिको अवस्था त्यस्तो छ भने तल्लो स्तरमा कार्यालयमा काम परेर गए भने त्यहाँ छिटो छरितो काम नभएबाट हैरान छन्। कतै टेबुल मुन्तिरबाट लेनदेन समेत गर्नुपर्ने अवस्था छ भन्दाखेरि शून्य सहनशीलता भन्छन्, तर व्यवहार ठीक उल्टो छ। जुन कुरा भोगेकालाई मात्र थाहा हुन्छ।

७. राजनीतिक नेताहरूले जनताको महत्वाकांक्षा बढाइदिए तर उनीहरूले महत्वाकांक्षा बढाए अनुसार काम गर्न सकेनन्। जनताले सबै पार्टीको सरकार भोगिसकेका छन्। कसैले ठोस काम कुरा गरेनन् या गर्न सकेनन्। आफू सरकारमा हुँदा खास केही नगर्ने तर विपक्षमा बस्दा चर्को आलोचना गर्नु नेताहरूको विशेषता भएको छ। त्यस्तो व्यवहारले नकारात्मक प्रवृत्ति बढेको छ। नकारात्मक प्रवृत्तिले सबैलार्य असन्तोषी बनाएको छ र असन्तोष फैलाएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width