चुनावमा सबै सहभागी हुनुपर्दछ

सम्पादक
श्रावण १३, २०७०

१. नेकपा-माओवादी पार्टीले मङ्सिर ४ गतेको चुनावलाई सक्रिय बहिस्कार गर्ने निर्णय गरेको छ। त्यस पार्टीको त्यही बहिस्कार गर्ने निर्णय कार्यान्वयन गर्ने क्रममा त्यसका नेताले सार्वजनिक ठाउँमा मतपेटिका फोडेर देखाएका छन्। त्यो दृश्य देखेपछि सर्वसाधारणजनमा फेरि एकपटक नैराश्यता छाएको छ। र देशको विकासको कुरा आकाशको फल हुने भयो भन्ने आशड्ढा व्याप्त भएको छ।

२. देश सङ्क्रमणकालबाट गुज्रिरहेको छ। जताततै अन्यौल व्याप्त छ। त्यो अन्यौल हटाउने र सङ्क्रमणकाल छोट्याउने कुनै उपाय छ भने त्यो एक मात्र निर्वाचन हो। निर्वाचनले संविधानसभा, संसद् दिन्छ। त्यो संसद्ले सरकार दिन्छ। त्यो सरकार गठन भएपछि देश एउटा निश्चित लिकमा जान्छ। त्यो लिकमा उतार्न आजको आवश्यकता हो।

३.     वर्तमान अवस्थामा गठित अन्तरिम चुनावी सरकार एउटा बाध्यताको सरकार हो। यसलाई अपवादको रूपमा लिनुपर्दछ। प्रधानन्यायाधीश आफै मन्त्रिपरिषद्को अध्यक्ष भएकाले यसले निस्पक्ष र स्वतन्त्र निर्वाचन गराउने छ भनी अपेक्षा गरिएको छ। राजनीतिक नेताहरूले एकले अर्कालाई विश्वास नगरेका कारण यो सरकार आएको हो।

४. बाध्यताबस आएको यो गैरराजनीतिक सरकारलाई सकेसम्म छिटो काम पूरा गरेर पठाउनुपर्दछ। यसको काम पूरा नगराउने हो भने यसलाई कति समय टिकाइराख्ने, एउटा त्यो सोच्नुपर्दछ भने अर्को यसको विकल्प के हो, त्यसमा ध्यान दिनुपर्दछ। र त्यो सार्वजनिक गर्नुप र्दछ।

५. नेपालको राजनीति कसैले माने पनि, नमाने पनि बहुदलीय पद्धतिबाट गइरहेको छ। यहाँ बहु दल छन्। बहु दलहरू भएकाले कुनै एक दलले भनेजस्तो गरी राजनीति डोर्‍याउन सकिँदैन। यस्तो अवस्थामा सहमति र सम्झौता आवश्यक कुरा हुन्। ढिलो या चाँडो सहमति र सम्झौतामा आउनुपर्दछ।

६.     सम्झौतावादी भनेर कसैले कसैको आलोचना गर्नु देश नबुझ्नु हो। दश वर्ष सशस्त्र द्वन्द्व गरेपछि पनि सम्झौता गर्नुपरेको यथार्थ हाम्रोसामु छ। सडकबाट संविधान घोषणा गर्ने धम्की सेलाएको पनि सबैलाई थाहा छ। ती सबै यथार्थ छँदाछँदै फेरि त्यही बाटो जान खोज्नु देशलाई फेरि एकपटक पछि पार्नु हो र विकासलाई अल्मल्याउनु हो।

७. त्यो कुरा जनतालाई स्वीकार्य हुन सक्दैन। जनता चुनाव चाहन्छन्। चुनावमा सबै दलहरू सहभागी होउन् भन्ने चाहन्छन्। असन्तुष्ट भएकाहरूलाई उनीहरूको जायज माग पूरा गरेर चुनावमा ल्याउनुपर्दछ। असन्तुष्टहरूले पनि चुनाव हुनै दिँदैनौं भन्न हुँदैन। द्वन्द्व निम्त्याउने बेला होइन यो। सशस्त्र द्वन्द्वको पीडा नेपालीहरूले अहिलेसम्म बिर्सेका छैनन्। त्यसकारण चुनावमा भाग लिई निकास दिनु सबैको कर्तव्य हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width