चुनावमा सबै पक्षको सहभागिता आवश्यकता

सम्पादक
श्रावण ३, २०७०

१. संविधानसभाको चुनावको मिति घोषणा भइसकेको छ। घोषित मितिअनुसार आगामी मंसिर ४ गते देशमा चुनाव सम्पन्न हुँदैछ। चुनावको मिति घोषणा भएको निकै समय बिते तापनि देशमा चुनावको माहौल बन्न सकेको छैन। राजनीतिक पार्टीहरू र पार्टीका नेताहरू आफैलाई पनि अझै चुनाव आएकोजस्तो देखिएको छैन।

२.     कतिपयले अझ पनि चुनाव हुने कुरामा शंका व्यक्त गरेका छन्। नेकपा-माओवादीलगायतका केही दलहरू चुनावमा सहभागिता जनाउन आनाकानी गरिरहेका छन्। नेकपा-माओवादीले चुनाव बिथोल्ने कुरा गरिरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणमा अन्यौल छाउनु ठूलो कुरा होइन। अझै केही अन्यौल छ।

३.     चार ठूला राजनीतिक दलहरू, सरकार र नेकपा-माओवादीबीच वार्ता भएको छैन। वार्ता गर्ने भन्दै धेरै समय बितेको छ। अब त्यो वार्ता गर्न ढिलाई गर्न हुँदैन। यो संविधानसभाको चुनाव भएकोले यसमा सबैको सहभागिता आवश्यक पर्दछ। संविधान बनाउने कुरामा कोही पनि पक्षको सहभागीता नछुटोस् भन्ने सोच्नुपर्दछ।

४.     वार्ताको पहल सत्ता पक्षले गर्नुपर्दछ। सत्तापक्ष केही लचिलो हुनुपर्दछ। त्यसले जसरी भए पनि विपक्षलाई साथमा ल्याइ सहभागिता जनाउन लगाउनु पर्दछ। त्यो उसको कर्त्तव्य हो। तर त्यो काममा सत्ता पक्षले ढिलाई गरेकोजस्तो देखिएको छ। अब सत्तापक्ष तत्परतापूर्वक लाग्नुपर्दछ।

५.     चुनाव बहिष्कार गछौर्ं भन्नेहरूले पनि सोच्नुपर्दछ। बहिष्कार गरियो भने देशको अवस्था कस्तो होला – फेरि कहिले चुनाव होला – देशको अन्यौल र अस्थिरता कहिले अन्त्य होला – छिमेकी देशहरूले आर्थिक उन्नति गरी कहाँ पुगिसके हामी अझै जहाँको तही छौं। अझै देशलाई कति वर्षसम्म यस्तै अवस्थामा राख्ने सोच्नुपर्ने विषय हो।

६.     जनता चुनावको पक्षमा छ। चुनाव सम्पन्न भए केही अन्यौल हट्छ। यो निश्चय छ। राजनैतिक आन्दोलन पनि धेरै भइसकेको छ। आन्दोलनको साथ विदेशी चलखेल बढेको पनि सर्वविदित छ। चलखेल बढ्नुका साथ हाम्रा नेताहरू पनि प्रत्यक्ष/परोक्ष रूपले विदेशका आशीर्वाद थाप्ने गरेको पनि प्रष्ट छ।

७.     यस्ता कुरा जति धेरै रहन्छ, उति हाम्रो स्वाभिमान आँच पुग्दछ। राष्ट्रियतामा ह्रास आउँछ र राष्ट्र कमजोर हुन्छ। ती सबैका कारणले पनि संविधानसभाको चुनावमा पार्टीहरूले सहभागिता जनाउनुपर्दछ। संविधान बनाउनुपर्दछ र देशलाई एउटा निकास दिनुपर्दछ। देशलाई विकासको पथमा अग्रसर गराउनुपर्दछ। यो हाम्रो आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width