गाम्भीर्यताको अभावको परिणाम

सम्पादक
मंसिर ७, २०७१

१. हाम्रो देशका नेताहरूको काम गर्ने तौरतरिका र गाम्भीर्यताको अभावमा के-कसरी अनावश्यक विवाद उत्पन्न हुन्छ भन्ने कुराको एक उदाहरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित जनकपुर लगायतको धार्मिक भ्रमण भएको छ। विगतका दुर्इ-तीन दिन त्यो भ्रमण हुन्छ कि हुँदैन भन्ने विवादमा बित्यो।

२. भारतीय प्रधानमन्त्री मोदीले आफू पहिले नेपाल आउँदा नै जनकपुर र लुम्बिनीको भ्रमण गर्ने बताएका थिए। यसपटक अको भ्रमण जनकपुर र लुम्बिनी मात्र नभई मुक्तिनाथको पनि हुने कुरा आयो। उनको ती ठाउँमा भ्रमण हुने समाचारले स्थानीय मानिसहरूमा उत्साह जगायो र मानिसहरू त्यसको तयारीमा जुटे।

३. तर राजनीतिक वृत्तमा भने एकपछि अको तर· उत्पन्न भयो। जनकपुरमा उनले सम्बोधन गर्न हुने कि नहुने भन्ने प्रश्न पनि तेस्र्याइयो। सम्बोधन जानकी मन्दिरभित्र गर्ने कि बाहिर गर्ने भन्ने विवाद पनि देखियो। स्थानीय जनताले उनको अभिनन्दनका लागि स्थानीय बाह्रविघास्थित खुल्ला मैदानमा तैयारी गरिरहेका छन्।

४. यसैबीच बिहीबार बिहान अकस्मात भारतीय प्रधानमन्त्रीको धार्मिक क्षेत्रको भ्रमण रद्द गरिएको हल्ला फैलियो। त्यस्तो हल्ला फैलिएपछि सरकारी स्तरबाट जनकपुरको तैयारीको जिम्मा पाएका पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले यताउता सोधेर भ्रमण रद्द भएको विज्ञप्ति नै जारी गरे।

५. त्यसरी भ्रमण रद्द भएकोमा स्थानीय जनता खिन्न भए भने राजनीतिक क्षेत्रमा त्यसको दोष एक अर्कालाई दिने गरियो। एक दिन जनकपुर बन्द समेत गरियो। विवादमाथि विवाद थपियो। एक अर्कामाथि दोषारोपण गरियो। काम गर्ने तौरतरिकामा विशेष ख्याल नगर्दा त्यसको परिणाम के हुन्छ भन्ने कुरा यहाँ प्रष्ट देखिएको छ।

६. अरुमा भन्दा कूटनीतिक विषयमा अरु गम्भीर हुनुपर्दछ। तर हामीकहाँ कूटनीतिक विषयलाई पनि विवादित बनाउने गरिन्छन्। यसपटक सरकारमा बस्ने पदाधिकारीहरूका बीच आपसी समन्वयको अभावका कारणबाट पनि विवाद उत्पन्न भएको हो। प्रधानमन्त्री सुशील कोइरालाले त्यो समन्वय कायम गराउने प्रयास गर्नु आवश्यक छ।

७. विगतको तीन दिन विवाद चुलीमा पुगेको थियो। स्थानीय जनता भने विवाद भए तापनि आफ्नो तैयारीको काममा लागिपरिरहेका छन्। प्रधानमन्त्री सुशील कोइराला आफैले जनताको तर्फबाट समेत भारतीय पक्षलाई प्रधानमन्त्री मोदीको धार्मिक क्षेत्रको भ्रमण सुनिश्चित गर्न अग्रसरता देखाएका छन्। प्रधानमन्त्री कोइरालाको यो ठूलो सदासयता हो तर यस्तो विवाद र गल्ती सरकारभित्र र राजनीतिक क्षेत्र कहिँ पनि गर्नुहुँदैन। कूटनीतिक विषयमा सबै गम्भीर हुनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width