१. गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । यसैगरी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको पहिलो पञ्चवर्षिय योजना पनि सार्वजनिक गरिएको छ । ५ वर्षे, १२ वर्षे र २५ वर्षे गरि क्रमशः अल्पकानील, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारिएको छ ।
२. कार्यक्रममा कोरोना संक्रमणको प्रभावका कारण स्वास्थ्य क्षेत्रलाई नै बढी जोड दिइएको छ । संक्रामक तथा सरुवा रोग नियन्त्रण तथा उपचारका लागि प्रयोगशाला सहितका अस्पतालको स्थापना गरिने भएको छ । जिल्ला अस्पतालहरुलाई पाँच देखि ५० शैया सम्म र धौलागिरी अस्पताललाई दुइृसय शैया बनाइने छ । यसैगरी मनाङ र मुस्ताङमा दुई शैया र अरु जिल्लाहरुमा पाँच शैयाको सघन उपचार कक्ष निर्माण गर्ने नीति लिइएको छ ।
३. गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण सुरु हुने भएको र विश्वविद्यालयमा पाँच सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने योजना बनाइएको छ । दक्ष जनशक्ति तयार गर्न प्राविधिक तथा व्यवसायिक प्रतिष्ठान स्थापना गर्ने र सामुदायिक विद्यालयहरुको सुदृढिकरण गरिने योजना रहेको छ । प्रदेशमा अन्तर्राष्ट्रिय रङ्गशाला, हाई अल्चिच्यूड खेलमैदान र क्रिकेट रंगशाला समेतको पूर्वाधार निर्माण हुनेछ ।
४. व्यवसायिक कृषिमा प्रोत्साहन गर्ने नीति अनुरुप मुस्ताङ, मनाङ र गोरखाका उत्तरी क्षेत्रमा स्याउ सुपरयोजना कार्यक्रम थप गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम प्रभावकारी बनाउने, यसैगरी एक सहकारी एक उत्पादन कार्यक्रमलाई अगाडि बढाइने भएको छ । बाँझो जमिनको तथ्याङ्क निकालेर चक्लाबन्दी गरि व्यवसायिक खेतीमा जोड दिइने छ । नमुना क्षेत्र छनौट गरी कृषकको वर्गीकरण तथा परिचयपत्र उपलब्ध गराउने उल्लेख भएपछि मापदण्ड तय गरिएको छैन ।
५. दुई वर्ष भित्रै पाँचसय ५२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्षय राखिएको छ भने एक सय ४४ वटा सडक पुल निर्माण गरिने भएको छ । पर्यटन विकासको लागि पनि गुरुयोजना तर्जुमा गरिने भएको छ। धेरै पुरानै नीति तथा कार्यक्रम रहेका छन् । पहिलेदेखि चलिआएका योजनाको निरन्तरता नै सरकारको कार्यक्रममा देखिएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१