गणतन्त्र दिवसको सन्देश

सम्पादक
जेठ १७, २०७०

१. हरेक कुरामा फरक विचार राख्ने प्रवृत्ति बढिरहेको बेलामा यसपटक गणतन्त्र दिवस पनि छुट्टाछुट्टै ठाउँमा मनाएर सम्पन्न गरे। एकातिर सरकारीस्तरबाट मनाइयो भने अकोर्तिर पापडको आयोजनामा नागरिक समाजका अग्रजहरू भेला भएर गणतन्त्र दिवस मनाए। काठमाडौंको त्यो सिको केही जिल्लाहरूमा पनि गरिएको थियो।

२. चार राजनीतिक दलको निर्णय र त्यो निर्णय अनुसार मन्त्रिपरिषद्ले गरेको सिफारिस तथा त्यही सिफारिस अनुसार राष्ट्रपति डा. रामवरण यादवले गरेको नियुक्तिका सम्बन्धमा विवाद बढेको छ। त्यो विवाद सवोर्च्च अदालतमा पनि पुगेको छ। अधिकांशको ध्यान अहिले सवोर्च्चमा पुगेको छ।

३. खास गरेर मानिसहरूले अख्तियार दुरूपयोग अनुन्धान आयोगका प्रमुखको नियुक्तिका सम्बन्धमा आपत्ति जनाइरहेका छन्। केहीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सवोर्च्चको प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्ने विषय पनि जोडतोडका साथ राखेका छन्। तर अध्यक्ष रेक्ष्मी त्यो पदबाट हट्ने अवस्थामा छैनन्।

४. निर्वाचनको मिति समयमै घोषणा नगरिएबाट पनि असमझदारी बनेको छ। केही नेताहरूले कुरा फेर्ने गरेकाले पनि समस्या देखिएको छ। नेताहरू आफ्नो अडानमा टिक्क नसक्ने र बाह्य दबाबसमक्ष घुँडा टेक्ने गरिएबाट राष्ट्र र राष्ट्रियता तथा विदेशी चलखेलको कुरा ओपन सिक्रेटको रूपमा आएको छ।

५. नेताहरूलाई सत्ता प्यारो छ। सत्ता चाहिएको छ। जुनसुकै मूल्य चुकाएर पनि सत्तामा पुग्नु उनीहरूको एक मात्र अभीष्ट हो। त्यसका लागि उनीहरूले सिद्धान्त, आदर्श आदि केही नभन्ने भएका छन्। अरुले त्यस्तो गठबन्धन गरेमा अपवित्र भनेर भन्छन् भने आफूले गरेमा चाहीँ पवित्र हुने गरेको छ। यस्तो दोहोरो मापदण्डले सिद्धान्त आदर्शको अवमूल्यन नै भएको छ।

६. नेताहरू जनभावना अनुसार कार्य गर्न सकिरहेका छैनन्। जनता आफै हैरान छन्। उनीहरूले संविधान बनाउन सकेनन्। संविधानसभाको चुनाव गर्न सकेनन्। निर्विवाद भएको राष्ट्रपतिको पदलाई विवादास्पद बनाए। जसको कारण गणतन्त्र दिवस छुट्टाछुट्टै मनाउनुपर्ने अवस्थाको सिर्जना भएको छ।

७. यो कदापि उचित होइन। हामीले अझै धैर्यधारण गर्न सक्नुपर्दछ। मैत्री र भाइचाराको भावना ल्याउनुपरेको छ। सामाजिक सद्भाव कायम गर्नुपर्दछ। तातो रिसमा निर्णय गर्नुहुँदैन। ठण्डा दिमागले सोच्नुपर्दछ र भोलि कुनै व्रि्रह उत्पन्न नहुने काम गर्नुपर्दछ। यो पटक जे भए पनि अरु काममा हामीले गम्भीर भएर सोच्नुपर्दछ र एउटै मञ्चको उपयोग गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width