खर्चिलो चुनावको चर्चा

सम्पादक
असाेज १८, २०७८

हामी कहाँ विकृति र विसंगति छिटो आउँछ । सुरुमा हाम्रा समाजका अगुवाहरुले त्यसलाई टुलुटुलु हेरिरहेका हुन्छन् । त्यसलाई हटाउने प्रयास गर्दैनन्, पछि जब त्यसले झांगिने मौका पाउँछ, त्यसले बिगार्न थाल्छ, तब त्यसबारे चर्चा हुन थाल्छ र त्यसलाई हटाउन पर्‍यो भन्ने आवाज आउँछ । त्यसबेलासम्म धेरै ढिलो भएको हुन्छ । ढिलो भएपछि त्यसलाई त्यत्ति सजिलै हटाउन सकिँदैन । हाम्रो धेरै क्षेत्रमा यस्तै भएको छ । अहिले चुनाव सम्बन्धमा यस्तो हुँदै छ । हाम्रो चुनाव प्रणाली धेरै महँगो भएको र चुनावमा विकृति आएको सम्बन्धमा धेरैले चिन्ता व्यक्त गरेका छन् । जो कोहीले अब चुनाव लड्न नसक्ने भयो भन्ने कुरा खुलमखुला भन्ने गरेका छन् ।

पहिले व्यक्तिगत रुपमा यस्तो आवाज आउने गरेको थियो । भने अहिले संस्थागत रुपमा नै यसको चर्चा हुन थालेको छ । एमालेको विधान महाधिवेशनमा समेत त्यो प्रश्न उठेको छ । यस महाधिवेशनको समुहगत छलफल र छलफलको समूहगत नेताले चुनाव धेरै महँगो भएको खर्चिला भएको र पैसा नहुने मान्छे चुनावदेखि डराउने र टिकट पाउँदा पन्छिनुपर्ने अवस्था आएको रिपोर्टिङ गरेका छन् । त्यसरी रिपोर्टिङ गर्नेले पार्टीले निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने नीति लिनुपर्ने सुझाव दिएका छन् । सुझाव ज्यादै समसामयिक छ । खर्चिलो चुनावले गर्दा मानिसहरु चुनावबाट पन्छिन खोज्छन् भने जसले चुनाव लडेर जित्छन्, त्यसले आफ्नो चुनाव खर्च उठाउन अनेक किसिमको भ्रष्टाचार गर्न पुग्छन् । जन प्रतिनिधिहरुले जब एक पटक भ्रष्टाचार गरेर कमाउँछन् । तब उसलाई भ्रष्टाचार गर्ने बाटो खुलेको जस्तो हुन्छ । अनि तब उसलाई भ्रष्टाचार गर्ने बाटो खुलेकोजस्तो हुन्छ । अनि उनीहरु भ्रष्टाचाररुपी बाटो हिँड्न अभ्यस्त हुन्छन् । भ्रष्टाचारबाट उनीहरुले छिटो कमाउँछन् । उनीहरुको रहनसहन फरक हुँदै जान्छ र ऊ फेरिफेरि चुनाव लड्न अग्रसर हुन्छन् । किनभने उसले छिटो कमाउने बाटो देखेको हुन्छन् र त्यसैमा लोभिन थाल्छन् ।

नेताहरुलाई त्यो कुरा राम्ररी थाहा छ । थाहा छ मात्र होइन, उनीहरु आफैँ धनाढ्यहरुबाट कोरिएर रहेका छन् । नेताहरुको त्यही प्रवृक्तिले गर्दा राजनीतिमा विकृति र विसंगति फैलिएको छ । तर नेताहरुले यो कुरा महसुस गरेका छैनन् । चुनाव खर्चिलो भएको सम्बन्धमा धेरैले भन्ने गरेका छन् र पार्टीको समारोहमा समेत त्यस्तो प्रस्ताव भएपछि नेताहरुले त्यसलाई गम्भीर किसिमले लिनुपर्दछ । अब ढिलो गर्ने बेला होइन । त्यस्तै निर्वाचित हट्न सक्छ । अन्य देशहरुमा यस्तो रोग देखा परेको थियो । त्यहाँ निर्वाचित आयोगको सक्रियताले त्यो रोग हटेको थियो । त्यही कुरालाई महसुस गरेर आयोगले काम गरे भने केही हुन सक्छ । आयोगले कडाइ गर्दा कारबाहीजस्तो हुन्छ । जुन नेताहरुलाई मन नपर्न सक्छ । आयोगको कार्यवादी मन नपर्ने भएकाले भनी विचार विमर्श गरे भने केही हुन सक्छ । हामी यस दिशातिर पार्टीका नेता र कार्यकर्ताहरुको ध्यान आकर्षित गर्न चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width