कांग्रेसको चर्कंदो विवाद

सम्पादक
फागुन २२, २०७६

१. नेपाली कांग्रेसको महाधिवेशन समयको हिसाबले एक वर्ष बाँकी छ । तर नेताहरुको भाषण र विचार सुन्दा महाधिवेशन नजिकै आएको आभास हुन्छ । नेताहरुलाई महाधिवेशन लागिसेको छ । उनीहरुले आफ्नो र आफ्नो समूहको लागि दौडधूप शुरु गरिसकेका छन् ।
२. सांगठनिक हिसाबले प्रारम्भिक तहमा पार्टीको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य बनाउने अभियान प्रारम्भ भएको छ । यो सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य बनाउने काममा पनि राजनीति शुरु भएको छ । नेताहरुले आ–आफ्ना मान्छेलाई सदस्य बनाउने दौडधूप शुरु गरिसकेका छन् ।
३. तल्लो तहको स्थिति त्यस्तो छ भने माथिल्लो केन्द्रीय तहमा सभापति देउवाले समिति गठन गर्दै त्यसको संयोजक तोक्ने काम गरिरहेका छन् । सभापतिको त्यो कार्यलाई भन्न त संगठनलाई सकृय बनाउने भनिएता पनि पद दिएर आफ्नो मान्छे बनाउन खोजेको आरोप सभापति माथि लगाईएको छ ।
४. सभापति देउवाले केही महिना पहिले त्यो समिति गठन गर्न खोजेका थिए । तर त्यसमा वरिष्ठ नेता रामचन्द्र पक्षधरहरुको सहमति नभएकाले उनले गठन गर्न सकेका थिएनन् । वरिष्ठ नेता पौडेलले समिति गठन गर्नु भन्दा महाधिवेशन तिर ध्यान दिनु उचित भन्दै त्यसमा नाम समेत दिएका थिएनन् ।
५. वरिष्ठ नेता पौडेलले सभापतिले जेजति समिति गठन गरे पनि त्यसमा केही नभन्ने र केन्द्रीय समितिको बैठक बहिष्कार पनि नगर्ने विचार व्यक्त गरेका छन् । उनी आफ्नो पक्षलाई कसरी जिताउन सकिन्छ भनी राणनीति तैयार गर्दैछन् ।
६. देउवा पक्षको विशेषता यो छ कि त्यहाँ उनलाई चुनौती दिने कोही छैनन् । उनी आफ्नो समूहमा चुनौती विहीन नेताका रुपमा स्थापित छन् । तर इतर पक्ष त्यस्तो छैन । इतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । त्यहाँ कोईराला परिवार मध्येबाट सभापति हुनुपर्दछ भन्ने आवाज पनि व्यापक छ । इतर पक्षको सानो धार पनि दौडमा छ ।
७. महाधिवेशन हुनुभन्दा एक वर्ष पहिले देखि रस्साकस्सी र छिनाझपटी शुरुभएकोले यो पटकको महाधिवेशन ज्यादै प्रतिष्पर्धी हुने अनुमान गरिएको छ । अधिकांश कार्यकर्ताहरु प्रत्यक्ष समूहमा विभाजित छन् । जो समूहमा लागेका छैनन् र लाग्न हुँदैन भन्ने गरेका छन् उनीहरुले चुनाव जित्न पनि सक्ने अवस्था छैन । समूहगत भावना चरम अवस्थामा छ । यो भावना फैलिँदै गएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width