एमाओवादीको विवाद सुल्झियो

सम्पादक
श्रावण ८, २०७०

१. डा. बाबुराम भट्टराईले एकीकृत माओवादी पार्टीको उपाध्यक्ष पदबाट राजीनामा दिएपछि पार्टीका जुन विवाद उत्पन्न भएको थियो, त्यो सुल्झेको छ। विवाद सुल्झाउन पार्टीको एकीकृत विस्तारित बैठक बोलाइएको थियो। विवाद त सकियो, अब त्यसले कसलाई नाफा भयो, कस घाटा भयो भन्ने सम्बन्धमा चर्चा हुन थालेको छ।

२. डा. भट्टराईको राजीनामाले सोचेभन्दा धेरै नै तर· उत्पन्न गर्‍यो। राजीनामाको विवाद सुल्झाउन पार्टीको विस्तारित बैठक नै बोलाउनु पर्‍यो। त्यत्तिमात्र होइन, भएका पदाधिकारीहरुले पनि राजीनामा दिनुपर्‍यो र बहुपदीय प्रणालीमा रहेको पार्टीएक पदीयमा र्फकनु पर्‍यो। यो पार्टीका आएको यो ठूलो परिर्वतन हो।

३.     अब त्यो पार्टीका पदाधिकारी भन्ने अध्यक्ष पुष्पकमल दाहाल एक जनामात्र भएका छन्। सबै अधिकारी उनैमा केन्द्रिकृत भएको छ। अरु पहिलेका पदाधिकारीहरु सबै केन्द्रीय सदस्यमा छन्। उपाध्यक्ष  नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटी पनि केन्द्रीय सदस्यमात्र भएका छन्।

४.     हिजो सचिव र कोषाध्यक्षका लागि जुन छिनाझपटी भइरहेको थियो, त्यो कुरा पनि सेलाएको छ। अब कमसेकम संविधानसभाको चुनावसम्म यही पद्धति रहिरहनेछ। अध्यक्ष दाहालले पनि बहुपदीय प्रणाली त्यागेको होइन भनी प्रस्ट्याउन कोशिस गरेका छन्। एकल नेतृत्वको शब्द हटाएको पनि बताइएको छ।

५.     डा. भट्टराईको राजीनामा प्रकरणले पार्टीका भोलि के कस्तो प्रभाव पार्ला, त्यसमा पनि विश्लेषकहरुले विश्लेषण गर्न थालेका छन्। कम्युनिष्ट पार्टीका आफू खुशी राजीनामा दिनु र पार्टीका अध्यक्षलगायतका सहयोगीहरुले फिर्ता लिन आग्रह गर्दा त्यो आग्रहलाई बेवास्ता गर्नु के कति उचित हो, कार्यकर्ताहरुले त्यसको हिसाब गर्दैछन्।

६.     नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले के सोच्ने, मुख्य कुरा यो छ। उनीहरुले के गल्ती गरेका थिए र राजीनामा दिनुपर्‍यो। डा. भट्टराईले श्वेच्छाले राजीनामा दिएको देखियो भने उनीहरुले पार्टीएकताका लागि राजीनामा दिएको देखियो। घुमाई फिराई पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष दाहालमा केन्द्रित भएको छ। जुन बाबुराम भट्टराईले चाहेको कुरा होइन। धोबीघाट बैठक प्रकरणले त्यस्तै भन्छ।

७.     भट्टराईको उपाध्यक्ष पद गुमेको छ। उनले ६० वर्षको वेद्धले नेतृत्व बस्न हुन्न भन्ने कुरा निकालेकाले अब उनी अध्यक्ष हुनबाट पनि वञ्चित भएका छन्। उनकी श्रीमती हिसिला यमीको यसपटक कोषाध्यक्ष हुने सम्भावना थियो, राजीनामाको विवादले त्यो सम्भावना हराएको छ। राजीनामा सम्भावना थियो, राजीनाको विवादले त्यो सम्भावना हराएको छ। राजीनामाको विवादले तर· निकाल्यो, तर त्यस तर·को प्रत्यक्ष लाभ अध्यक्ष दाहाललाई भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width