एनसेलको लाभकर

सम्पादक
जेठ २३, २०७४

१.एनसेलले धेरै समयपछि १३ अर्ब ६० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको समाचार आएको थियो। त्यसअघि सोही कम्पनीले ९ अर्ब १६ करोड रुपैयाँ तिरेको थियो। त्यसले तिर्नुपर्ने रकममध्ये यो पूरा होइन। अझ त्यसले कति अर्ब तिर्नुपर्ने बाँकी छ। त्यसको पूरा हिसाब-किताब भएको छैन।

२. कर तिर्ने र कर निर्धारण गर्ने सामान्य प्रक्रिया हो। पूँजीगत लाभकर पनि त्यस्तै एक प्रक्रिया हो। त्यसो भएकोले त्यसबारे यहाँ लेख्नु त्यति आवश्यक नहुन सक्छ। तर एनसेलको पूँजीगत लाभकर यत्ति ठूलो रकम भयो कि यसले कतिपयलाई आर्श्चर्य पार्‍यो भने कतिपयले यसमा र्‍याल चुहाए। त्यसैले यो ठूलो विवादको विषय पनि भयो।

३. एनसेलको पूँजीगत लाभकर सम्बन्धमा एउटा छुट्टै कथा बनेको छ। शुरुमा लाभकर लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न तेस्र्याइयो। ठूला करदाता कार्यालयका ठूला बडाहरुले समेत जिब्रो लर्बराए। उनीहरुले एनसेलसँग के कति लिनुपर्दछ भनी हिसाब गर्नु भन्दा त्यसलाई आलटाल गर्दै रहे ढीलो गरे।

४. महालेखा प्रतिवेदनमा एनसेलको लाभकर सम्बन्धमा टिप्पणी गरियो। प्रतिवेदनमा पहिले घोषित लाभकरलाई अनुचित ठहर्‍याए पछि यताउता चर्चा भयो। त्यसरी चर्चा भएतापनि त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति देखापर्‍यो। तर बाहिरबाट भने एनसेलसँग पूरा लाभकर उठाउनु पर्ने दबाब बढ्दै गयो।

५. यसैबीच लाभकर केकति उठाउने भन्ने विषयमा विज्ञहरुको समिति गठन भयो। समितिमा विद्याधर मल्लिक, तीथमान शाक्य र शिवहरि शर्मा थिए। समितिले महालेखाले भने अनुसार कर निर्धाण गर्नुपर्नेमा आफ्नो राय दिए। विज्ञहरुको रायलाई पनि कुल्चने प्रयास भयो।

६. यस सम्बन्धमा संसदका समितिहरु पनि लर्खराए। अर्थमन्त्री कृष्णबहादुर महरा र प्रधानमन्त्री पुष्पकमल दाहालले यो विषयलाई क्याबिनेटमा लगेर मिनाहा गराउने प्रयास पनि गरे। केही मन्त्रीहरुको विरोधका कारण क्याबिनेटमा कुरा लगेर पनि प्रस्तुत भएन या प्रस्तुत गर्न सकेनन्।

७. सरकार केही करोडको लागि विदेशीसँग हात थाप्छन्। तर आफूले पाउनुपर्ने अबौ रकमका सम्बन्धमा खूब उदार भएर मिनाहा गर्न खोज्छ। लिनुपर्ने रकमलाई पनि लिनु नपर्ने सम्म भन्न खोज्छन्। कर्मचारीहरुले त्यसो भने या गरेमा सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले विशेष निगिरानी गर्नुपर्नेमा उनीहरुकै लोलीमा बोली मिलाएको देख्दा धेरैले आर्श्चर्य भनेका छन्। यो ज्यादै रहस्यमय भएको छ। जन दबाबको कारणले हो। त्यसबाट अझ पूरा रकम आएको छैन। त्यसकारण जन दबाब अझै आवश्यक छ। त्यसलाई निरन्तरता दिनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग