एक वर्ष भित्र संविधान बनाउने कुरा

सम्पादक
चैत्र १०, २०७०

१. संविधानसभा-२ को चुनाव भएलगत्तै नेताहरूले एक वर्षभित्र संविधान बनाउने कुरा गर्दा सर्वसाधारणले पनि सन्तोषको स्वास फेरेका थिए। नेताहरूले त्यसबेलादेखि अहिले पनि एक वर्षभित्र संविधान बनाउने कुरा भनिरहेका छन्, दोहोर्‍याइरहेछन्। त्यसबेला उनीहरूबाट त्यो सुन्दा त्यसमा एउटा विश्वास छिपेको थियो भने अहिले त्यही कुरामा आशड्ढा छाउन थालेको छ।

२. सरकारले अझै पूर्णता पाएको छैन। सरकारमा पुगेका पार्टीका नेताहरूले धेरै भन्दा धेरै पार्टीकाई सरकारमा सामेल गर्ने कुरा गरेका थिए। त्यो कुरा अझ पनि भएको छैन। कुनै पार्टीसरकारमा जान खुट्टा उचालिरहेको छ तर त्यसले प्रवेश पाएको छैन। कुनै पार्टीले भित्र-भित्र बार्गेनिङ गर्दैछन्।

३. सरकारको कुरा एकछिन पन्छाइदिउँ भने पनि संविधानसभाले नै पूर्णता पाएको छैन। संविधानसभामा २६ जना मनोनीत गर्नुपर्ने सिट अझै खाली छ। त्यसलाई पूर्र्ति गर्ने काम पनि भएको छैन। एकातिर यस्ता प्रारम्भिक काम पनि भएको छैन भने अकोर्तिर सरकारमा बसेका पार्टीका नेताहरू र मन्त्रीहरू रातदिन संविधान एक वर्षभित्र बन्ने कुरा दोहोर्‍याइरहेका छन्।

४. संविधान बनाउने संविधानसभाले हो। संविधानसभाले बल्ल आफ्नो नियमावलीसम्म बनाएको छ। संविधान बनाउने कुराको प्रारम्भ समेत भएको छैन। सभामा सदस्यहरूको न्यून उपस्थित हुने गरेको छ। गणपूरक सङ्ख्याको अभावमा बैठक स्थगित गर्नुपरेको तीता अनुभव पनि छन्।

५. बैठकमा मन्त्रीहरू उपस्थित नभएर पनि बैठक स्थगित गर्नुपरेको अनुभव छ। यो पनि एक भन्नुपर्ने विषय भएको छ कि मन्त्रीहरू संविधानसभाको बैठकमा जानुभन्दा बाहिर उद्घाटन र स्वागत कार्यक्रममा बढी जाने गरेका छन्। उनीहरूको प्राथमिकता नै स्वागत, विमोचन र उद्घाटनतिर भएको छ।

६. संविधानसभाको बैठकमा उपस्थित हुनु, संविधान निर्माणको लागि विचार विमर्श गर्नु, समझदारी बढाउनु तथा वातावरण बनाउनुपर्ने मन्त्रीहरू र नेताहरू बाहिर मात्र जान थालेपछि कसरी संविधान बन्छ, यो प्रश्न सबैले सोध्ने गरेका छन्। उनीहरूको त्यस्तो प्रवृत्तिले अब उनीहरूको बोलीमा मानिसहरूले शड्ढा गर्न थालेका छन्।

७. अधिकांश मन्त्री र नेताहरू बाहिर मात्र जान थालेका छन्। भरखरै मन्त्री भएकाहरू झन बढी जिल्ला तिर तानिएका छन्। स्वागत खाएर र उद्घाटन गरेर संविधान बनाउने काममा सघाउ पुग्दैन। संविधान मुखले वा भाषणले बनाउने होइन, कामले बनाउने हो। कामले बनाउनेतिर उचित दृष्टि पुगेको छैन। यसमा हामी नेताहरूको ध्यान आकृष्ट गर्न चाहन्छौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width