उज्यालोतिर

सम्पादक
जेठ ७, २०७४

१. हाम्रो देशको आकाशबाट अन्यौल र अनिश्चियको कालो बादल हट्दै गएको छ। हिजो संविधान बन्नै सक्दैन भन्नेहरूले संविधान बनेको देखेका छन्। हिजो चुनाव हुनै सक्दैन भन्नेहरूले चुनाव भएको देखेका छन्। त्यस्तै विद्युत्को क्षेत्रमा लोडसेडिङ जुन अभिषापको रुपमा आएको थियो, त्यो पनि हट्दै गरेको छ।

२. त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि धेरै नीति नियम बन्दैछन्। हिजो ठूलावडाको स्वास्थ्यलाई मात्र ध्यान दिने सरकारले अहिले जनस्वास्थ्यको क्षेत्रमा काम गर्न थालेको आभाष भएको छ। अहिले औषधिमूलो नभइकन कोही पनि मर्न नपरोस् भन्ने शब्द सुन्न थालिएको छ। गम्भीर रोगका रोगीहरूले सरकारबाट औषधोपचारका लागि सहयोग पाउन थालेका छन्।

३. त्यस्तै, उद्योगको क्षेत्रमा पनि सकारात्मक परिवर्तन आउन थालेको छ, लगानीकर्ताहरू अब त  अघि सर्नुपर्दछ भन्न थालेका छन्। सरकारले विगत १५/२० वर्षदेखि बन्द रहेको सरकारी उद्योग कम्पनीहरू अहिले सञ्चालन गर्ने जमर्को गरेको छ। नेपाल औषधि लिमिटेडले पहिलो पटक उत्पादन थालेको छ। अरु बन्द उद्योग चलाउने प्रयास पनि गरिएको छ।

४. राजनीतिमा पनि ठूलो परिवर्तन देखिएको छ। राजनीतिको परिवर्तन २०६२/०६३ सालदेखि नै भएको थियो तर त्यसबेला त्यो त्यति चर्चित भएन। सिद्धान्तको नाममा दक्षिणपन्थी र वामपन्थीमा विभाजित राजनीतिक शक्तिहरू अहिले त्यो घेरा तोड्दै समय र स्वार्थअनुसारको गठबन्धन गर्दैछन्।

५. स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाको गठनबन्धन तथा नेपाली काँग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलले चुनावमा यस्तो स्थिति उत्पन्न गर्‍यो। जसलाई ती पार्टीका कार्यकताहरूले समेत सकारात्मक किसिमले लिन सकेनन्। तापनि नेताहरू आफ्नो प्रयासमा अडिग रहेका छन्।

६. नेताहरू सिद्धान्तवादीभन्दा व्यवहारवादी हुन खोजेका हुन् कि जस्तो देखिएको छ। दक्षिणपन्थीले काम गर्दैन र गरे पनि ढिलो गर्दछ भन्ने भावना विश्वबाट हट्दै गएको छ। भारतमै पनि दक्षिणपन्थी कहलिएका प्रधानमन्त्री नरेन्द्रमोदीको सरकारले जे जसरी काम गरेको छ, त्यो सबैका लागि चुनौती भएको छ।

७. सिद्धान्तको नामबाट मात्रै प्रगति हुन्छ भन्ने कुरा धेरै ठाउँमा असत्य सावित भएको छ। देश विकासको लागि सबै मिल्नुपर्दछ र मिलेर अघि बढ्नुपर्दछ। हाम्रा शीर्ष नेताहरूले देश विकासका लागि तालमेल गरेको हो भने त्यो सकारात्मक हो र त्यसले राम्रो परिणाम ल्याउन सक्दछ र यो चुनावदेखि देश उज्यालोतिर गएको प्रष्ट हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width