इराकमा फसेकाको छिटो उद्धार गर

सम्पादक
असार २३, २०७१

१. द्वन्द्वग्रस्त इराकमा नेपालीहरू अलपत्र परेको खबर आएको धेरै समय भयो तर उनीहरूको उद्धाका लागि नेपालको तर्फबाट ठोस काम केही भएको छैन। उनीहरूको उद्धारका लागि सरकारले गरेको काम भनेको परराष्ट्रका अधिकृत अर्जुनकान्त मैनालीलाई विशेषदूतमा नियुक्ति हो। उनी नियुक्ति पाएर पनि उनी इराक पुग्न सकेका छैनन्।

२. विशेषदूतका रुपमा गएका मैनाली कुबेतमा  छन्। उनले कुबेतमा रहेर इराक, र्टर्की र भारतका राजदूतहरूसँग उद्धारका विषयमा विचारविमर्श गरिरहेको खबर छ। तर इराकले उनलाई आफ्नो देशमा बोलाएको छैन। कुबेतको दुतावासमा रहेर उनले आफूलाई इराकले छिटो बोलाउनेछ भन्ने आशा गरेका छन्।

३. सरकारले अन्तर्राष्ट्रिय रेडक्रस र मान वअधिकारसँग सम्बद्ध संघ, संस्थाहरूसँग पनि सर्म्पर्क गरिरहेको छ। सरकारले तिनीहरूसँग पनि नेपालीको उद्धारका लागि केही गरिदिन आग्रह गरेको छ। तिनीहरूले नेपालको आग्रहलाई के-कति गम्भीरता पूर्वक लिएका छन्, त्यो थाहा भएको छैन।

४. उद्धारका लागि सरकारले भारतसँग पनि सर्म्पर्क गरि आग्रह गरेको छ। भारतले त्यसको आश्वासन पनि दिएको छ। तर त्यहाँबाट पनि सकारात्मक कदम चालिएको थाहा भएको छैन। त्यहाँ फसेका ४६ जना भारतीय नर्स र अरुलाई भने भारतले फर्काएर ल्याएको समाचार छ।

५. त्यहाँ फसेका नेपालीले त्यहाँ ठूलो द्वन्द्व चलिरहेको करिब एक महिनादेखि एउटा कोठामा बसिरहेको बाहिर गोलाबारुदको आवाज सुनिएको वर्णय गरेका छन्। यसैबीच, उनीहरूसँग रासन-पानी सिद्धिदै गएको पनि उल्लेख गरेका छन्। उनीहरू रासन-पानीका लागि बाहिर निस्कने अवस्था नभएको पनि कतिपयले बताएका छन्।

६. मोबाइलबाट उनीहरूको घरका परिवारसँग सर्म्पर्क हुने गरेको छ। घरका परिवारका अनुसार उनीहरू ज्यादै खतरनाक अवस्थाबाट गुज्रिइरहेका छन्। कुन बेला के हुन्छ, भन्न सकिने अवस्था छैन। उनीहरूका लागि अहिले एक मात्र आधार सरकार हो। सरकारले छिटो काम गर्नु पर्ने उनीहरूको अपील छ।

७. नेपालको इराकसँग सोझै सम्बन्ध छैन। पाकिस्तान, भारत र कुबेतमार्फत त्यहाँ कुराकानी गर्नुपर्ने अवस्था छ। सरकारले आवश्यक कुराकानी भइरहेको जनाएको छ। भारतले आफ्ना फसेका नागरिकका साथ नेपालीलाई ल्याउने बचन दिएको छ। तर ढिलो गर्नु हुने अवस्था छैन। छिटो र सुरक्षित किसिमले उनीहरूलाई नेपाल फर्काउनु जरुरी छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width