आर्थिक स्थिति उच्च बनाउने काम

सम्पादक
असार ३०, २०७०

१. अर्थ मन्त्रालयले नेपाल र नेपालीको आर्थिक स्थितिको जे जति तथ्याड्ढ बाहिर ल्याइरहेछ, त्यत्ति नै हाम्रो स्थिति कहालीलाग्दो भएको छ। सरकारकै तथ्याड्ढ अनुसार वैदेशिक व्यापार घाटा कहालीलाग्दो अवस्थामा पुगेको छ तर त्यसलाई के कसरी पूर्र्ति गर्ने भन्ने सोच र चिन्तन कसैले लिएको देखिएन।

२. अर्थ मन्त्रालयका अनुसार आयात वृद्धि २१.२ प्रतिशत भएको छ भने निर्यात वृद्धि मात्र ४ प्रतिशतमा सीमित छ। त्यस्तै हाम्रो आर्थिक वृद्धि दर मात्र ३.६ प्रतिशत रहेको छ भने मूल्य वृद्धि १२.२ प्रतिशत पुगेको छ। नेपालीहरूको प्रतिव्यक्ति आय सात सय २१ अमेरिकी डलरमा सीमित भएको छ।

३.     देशको स्थिति यस्तो कहालीलाग्दो छ। तर नेताहरू यसमा त्यति चिन्तित भएको अझसम्म देखिएको छैन। देशले अझसम्म सारभूत रूपले विकास गर्न नसकेको राजनीतिक अस्थिरताको कारणले हो। यो आन्तरिमकाल लम्बिएकोले हो र संविधान बनाउन नसकिएकोले।तर नेताहरू न संविधान बनाउने काममा गम्भीर छन् नकि अन्तरिम र अस्थिरता हटाउनुपर्नेमा त्यत्ति प्रयत्नशील छन्।

४. उनीहरू जनताको महत्त्वाकाँक्षा बढाउँछन्। उनीहरू जनताको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउनुपर्ने कुरा गरी सर्वसाधारणलाई लोभ्याउँछन् तर आफू सत्तामा छँदा कहिले आर्थिक वृद्धि हुने काम र कुरा गर्दैनन्। उनीहरू कार्यकर्ता पोस्ने काम मात्र गर्दछन्। उनीहरूले नेपाल भन्ने नै आफ्नो कार्यकर्ता सम्झेका छन्।

५. जहाँबाट र जसरी भए पनि कार्यकर्ता पोस्नु नै उनीहरूको एक मात्र अभीष्ट भएको छ। उनीहरूको त्यही प्रवृत्तिले गर्दा कार्यकर्ताको मनोवृत्ति बिग्रेको छ। श्रम गर्ने बानी हराएको छ। जसले आफूलाई केही दिन्छ, त्यही मात्र आफ्नो भन्ने भावना बढेको छ। एउटै पार्टीका नेताहरूमा पनि कार्यकर्ता विभाजित छन्। यो मेरो र त्यो त्यसको भन्ने भएको छ।

६. यो वर्तमान सरकार गठन हुनुपूर्व चार जना बामपन्थी नेता पालैपालो प्रधानमन्त्री भए। तर कसैले पनि दिगो विकासको लागि कुनै आधारभूत काम गरेनन्। नकि उनीहरूले अस्थिरता हटाउने प्रयास गरे। संविधान बनाउने एजेण्डा लिएर गएकाले पनि संविधान बनाउनेतिर लाग्नुभन्दा आफ्नै काममा मात्र लागेकाले संविधान बनाउने वातावरण पनि बनाएनन्।

७. तर उनीहरू कसैले पनि त्यसमा पश्चात्ताप जनाएका छैनन् र त्यसको जिम्मेवारी पनि लिएका छैनन्। दोष अरुमाथि थोपार्ने उनीहरूको एक मात्र काम भएको छ। तर अब त्यसरी हुँदैन। सबैले सकारात्मक किसिमले सोच्नुपर्दछ। अन्तरिमकाल र अस्थिरता हटाउनुपर्दछ। संविधान बनाउनुपर्दछ र देश र देशवासीको आर्थिक स्थिति उच्च बनाउने काममा सबै लाग्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width