आफ्नैबारे केही कुरा

सम्पादक
वैशाख १, २०७४

१. आज विक्रम सम्वत्को नयाँ वर्ष शुरु भएसँगै आदर्श समाज राष्ट्रिय दैनिकको पनि नयाँ वर्ष शुरु भएको छ। आज हामीले आफ्नो प्रकाशनको २१ वर्ष पार गरेर २२ वर्षमा पदापण गरेका छौं। यस अवसरमा हामीलाई माया गर्ने, सहयोग गर्ने र अगाडि बढ्न प्रेरित गर्ने सम्पूर्ण हाम्रा पाठक, ग्राहक, विज्ञापनदाता, लेख रचना र सुझाव सल्लाह दिएर सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।

२. आदर्श समाज २०५२ साल चैत्र १९ गते दर्ता गरी २०५३ साल बैशाख १ गतेदेखि पाक्षिकरुपमा प्रकाशन प्रारम्भ भएको थियो। त्यसको १ वर्षपछि २०५४ साल वैशाखबाट साप्ताहिक र सोही वर्ष माघ १९ गते श्रीपञ्चमीका दिनदेखि यसलाई हामीले दैनिक रुपमा प्रकाशित गरेका थियौं ।

३. यस अवधिमा हामीले अनेक आरोह-अवरोह पार गर्‍यौं। अनेक चुनौतीको सामना गर्‍यौं। कुनै बेला यसलाई निरन्तरता दिनु पनि समस्या भएको थियो। तैपनि हाम्रा सहयोगी एवम् शुभेच्छुकहरुको सहयोग र प्रेरणाले हामी अगाडि बढ्दै गयौं र हामी यसलाई राष्ट्रिय दैनिकको रुपमा स्थापित गर्ने काममा सफल भएका छौं।

४. देशको अधिकांश जिल्लामा यसको पहुँच छ भने गण्डकी र धौलागिरि अञ्चलमा सर्वाधिक पढिने पत्रिकामा पनि यसको चर्चा छ। सरकारी मूल्यांकनमा पनि १२ वर्षदेखि निरन्तर राष्ट्रिय स्तरको ‘क’ वर्गमा पर्नु हाम्रो लागि गौरवको विषय हो। यसलाई निरन्तरता दिने हाम्रो प्रयास जारी रहने कुरामा हामी प्रतिबद्धता जनाउन चाहन्छौं।

५. सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको छ। सञ्चार क्षेत्रमा आएको प्रगतिले पत्रकारिताको क्षेत्रमा अनेक चुनौती ल्याएको छ। परिवर्तनको आवश्यकता औंल्याएको छ। हिजो छपाई र आकार-प्रकारको समस्या थियो भने आज अकै समस्या छ। समस्या जस्तोसुकै र जेसुकै भए पनि समयको परिवर्तनलाई हामीले आत्मसात गर्ने गरेका छौं।

६. पत्रिकालाई रंगीन कलेवरमा छाप्नु आजको आवश्यकता भएको छ। यो आवश्यकताले हामीलाई घचघच्याएको छ। त्यो हामीले महसुस गरेका छौं। परिवर्तनको संवाहकको रुपमा रहेको आदर्श समाजले त्यसको तयारी गरिरहेको कुरा हामी हाम्रा पाठक एवम् शुभेच्छुकहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं।

७. ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ भन्ने हाम्रो मूलनारामा हामी अगाडि बढिरहेका छौं। स्वतन्त्र पत्रकारिताको आवश्यकता र औचित्यताको सम्बन्धमा हिजोभन्दा आज प्रष्ट भएको छ। यसको महत्व बढ्दै गएको छ। समुन्नति सबै नेपालीको चाहना हो, यो सबैलाई थाहा छ। समयले हाम्रो समुन्नतिका लागि स्वतन्त्र पत्रकारितालाई व्यवहारमा चरितार्थ गरेको छ। यो हाम्रो लागि गर्वको कुरा हो। अन्तमा हामी फेरि एकपटक विक्रम सम्वत्को नयाँ वर्ष र हाम्रो आफ्नै नयाँ वर्षको शुभउपलक्ष्यमा हाम्रा पाठक, ग्राहक, विज्ञानपनदाता, लेखकलगायत सम्पूर्ण शुभेच्छुकहरुमा सुख, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै