आदिकवि भानुभक्त आचार्य

सम्पादक
असार २९, २०७१

१. आज असार २९ गते भानु दिवस। त्यसैले प्रत्येक असार २९ ले हामीलाई आदिकवि भानुभक्तको स्मरण गराउँछ। त्यसमा पनि यस वर्ष त उनको द्विशतवाषिर्की हो। द्विशतवाषिर्कको बेला उनको बढी सम्झना हुनु, उनको बारे बढी चर्चा हुनु स्वाभाविकै हो। अहिले देशभित्र मात्र होइन, देश बाहिर नेपालीभाषी भएका ठाउँहरूमा भानु दिवस भव्य रूपले मनाइरहेका छन्।

२. भानुभक्तले नेपाली भाषा र साहित्यको उत्थान र विकासमा अद्वितीय योगदान पुर्‍याएका छन्। उनको त्यो योगदानको कदर गरेर उनलाई नेपाली भाषाका आदिकवि भनिएको हो। त्यसअघि नेपाली भाषा थिएन भन्ने होइन, नेपाली भाषा थियो। तर जनसाधारणको बोलीमा लोकप्रिय थिएन।

३. उनले नेपालीमा अनुवाद गरेका रामायण धेरैले पढे। त्यो सरल र सरस भएकोले गाउँवेशी जताततै पनि रामायणका श्लोक घन्किन थाले। त्यसैको साथमा नेपाली भाषा जनज्रि्रोको भाषा भयो। समाजले नेपाली भाषा अपनाउन थाल्यो र क्रमशः यो भाषा लोकप्रिय भयो।

४. त्यस बेला पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे भने त्यो नयाँ नेपाललाई भाषाको माध्यमबाट एक सूत्रमा बाँध्ने काम भानुभक्तले गरेका थिए। भानुभक्तले त्यसबेलाको प्रशासनको चित्रण पनि राम्ररी गरेका थिए। उनले कुमारी चोक बस्दाखेरीको अवस्थाको चित्रण पनि गरेका छन्।

५. भानुभक्तलाई त्यस्तो उपकारी काम गर्न घाँसीले प्रेरित गरेको उनको इतिहासले बताउँछ। एक जना घाँसीले कुवा खनेर परोपकारी काम गर्न सक्छ भने आफूले समाजको लागि काम गर्न किन नसक्ने भन्ने भावनाले ठूलो काम गरेको देखिन्छ। कतिपयले त्यो घटनालाई विश्वसनीय मान्दैनन्। तापनि घटना भएकोमा धेरैको विश्वास छ।

६. भानुभक्तलाई भानुभक्त बनाएको मोतीराम भट्टले हो। उनले भानुभक्तका कृतिहरू बनारस लगेर छापेको कुरा बाहिर आएको छ। त्यसरी अप्रकाशित कृतिहरू छाप्नु र त्यसलाई प्रचार-प्रसार गर्नु ठूलो कुुरा हो। त्यो कुरा युवाकवि मोतीराम भट्टले गरेका थिए। नेपाली साहित्यमा उनको योगदान पनि ठूलो छ।

७. आदिकवि भानुभक्तका योगदानलाई हामीले कहिल्यै भुल्नुहुँदैन तर नयाँ पुस्ताले उनको योगदान नसम्झने मात्र होइन कि उनलाई समेत भुल्न लागेको अवस्था छ। यो तथ्यलाई देशका नीति निर्माता र साहित्यिक क्षेत्रका अगुवाहरूले समयमा नै महसुस गर्नुपर्दछ र आदिकविलाई पछि आउने पुस्ताले पनि सम्झने र सम्मान साथ हेर्ने वातावरण तैयार पार्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width