अरुण तेस्रोको कुरा

सम्पादक
कार्तिक २१, २०७१

१. नेपालका जलविद्युत आयोजनामध्ये सर्वाधिक चर्चित र विवादित अरुण तेस्रो जलविद्युत आयोजनाको पीडिए वार्ता टुङ्गएिको समाचार आएको छ। सरकारले त्यो जलविद्युत आयोजना भारतको सतलज जलविद्युत निगमलाई बुट प्रणालीअन्तर्गत बनाउन दिने निर्णय गरेको छ।

२. अरुण तेस्रो नेपालको सस्तो र बलियो जलविद्युत आयोजना मानिन्छ। त्यसमा हिउँद र वर्षामा पानीको मात्रा धेरै थपघट नहुने भएकोले विद्युत उत्पादनमा पनि धेरै उतारचढाव हुँदैन। ती सबै विचारेर त्यो आयोजना विश्व बैड्ढ, एसियाली बैड्ढको ऋण सहयोगमा नेपालले बनाउन तैयार भएको थियो। तर एमालेले विश्व बैड्ढलाई चिठ्ठी लेखेर त्यो रोक्न लगाएको थियो।

३. त्यसबेला कसैले त्यसलाई महङ्गो प्रोजेक्ट भने भने कसैले त्यसले वातावरण बिगार्छ भने। त्यो प्रोजेक्ट रोक्न कोही विश्व बैड्ढको कार्यालयसम्म पुगे। नेपालको ठूलो पार्टीले नै विरोध गरेकाले विश्व बैड्ढले लगानी गर्ने निर्णय परित्याग गर्‍यो। जसको कारण नेपालले त्यो बनाउने कुरा छोड्नुपर्‍यो।

४. केही वर्षपछि भारत सरकारको समेत लगानी भएको सतलज जलविद्युत निगमले निर्माण गर्न आएपछि त्यो प्रोजेक्टको त्यसबेला किन विरोध भएको रहेछ भन्ने सबैलाई प्रष्ट भयो। एक वर्षदेखि त्योसँगै पीडिए वार्ता भइरहेको छ। तर वातावरण र अन्य केही पनि कुरा उठाएर कोही पनि विरोधमा आएको देखिएको छैन।

५. बुट प्रणालीअन्तर्गत निर्माण भएमा अहिले यति नाफा हुन्छ र उति नाफा हुन्छ भनी ठूलठूला आँकडा देखाउने गरिएको छ। त्यस्तो राम्रो प्रोजेक्ट नेपालले नै विश्व बैड्ढको सहयोगमा बनाएको भए कति नाफा हुन्थ्यो ? एउटा महत्त्वपूर्ण के पनि छ भने त्यसबेला अरुण तेस्रो थालिएको भए देशले लोडसेडिङको यो दुर्दशा भोग्नुपर्ने नै थिएन।

६. अहिले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्ने धेरै आएको बुझ्नमा आएको छ। भारतसँग विद्युत व्यापारको सम्झौता भएपछि धेरै पार्टीयतातिर आकषिर्त भएका छन्। यो एक खुसीको कुरा हो। वषौर्ंदेखि खेर गइरहेको पानीको सदुपयोग हुन गइरहेको छ। सरकारले बुट प्रणालीको मापदण्ड पनि तैयार गरेको छ।

७. तर एउटा ध्यान दिनुपर्ने कुरा के छ भने विदेशी लगानीको लोभमा राम्रा सस्तो प्रोजेक्ट सबै अरुलाई दिनुहुँदैन। केही राम्रो र सस्तो प्रोजेक्ट सुरक्षित राख्नुपर्दछ। आज नभए त्यस्तो प्रोजेक्ट हामी आफैले भोलि गर्न सक्नेछौं। अरुण तेस्रोमा हामी जसरी फस्यौं, अब त्यसरी फस्न हुँदैन। यसबाट ठूलो शिक्षा लिनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width