अध्यक्ष खनालको चीन भ्रमण

सम्पादक
वैशाख २४, २०७१

१. नेपाल कम्युनिष्ट पार्टी मालेका अध्यक्ष झलनाथ खनाल आफ्नो दलबलसहित मित्रराष्ट्र चीनको भ्रमणमा म·लबारट यहाँबाट प्रस्थान गरेका छन्। उनको भ्रमणका लागि १० दिनको कार्यक्रम तय गरिएको छ। नेपालका नेताहरूको विदेश भ्रमण बराबर हुने गर्दछन्। त्यस हिसाबले यो भ्रमण ठूलो कुरा होइन तर जे जस्तो परिस्थितिमा यो भ्रमण भएको छ, त्यो हेर्दा यसलाई महत्त्वको मान्नुपर्दछ।

२. नेकपा एमाले पूरै महाधिवेशनको तैयारीमा लागेको थियो। महाधिवेशनमा पेस गर्ने राजीनतिक दस्तावेज आफ्नो समितिमा सुनाइसकिएको थियो। त्यसमा नेताहरूले आ-आफ्ना विचार पनि दिएका थिए। अन्तिम चरणमा पुगेको दस्तावेजलाई अन्तिम रूप दिन समय लागेको भनी महाधिवेशन नै सारेर अध्यक्ष खनाल चीन गए।

३.  नेताहरू महाधिवेनको तैयारीमा लागेका मात्र होइन, अध्यक्षका उम्मेदवार बन्न चाहनेहरू त्यसै अनुसार बोल्न सुरु गरेका थिए। पार्टी  वरिष्ठ नेता माधव नेपालले आफू उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् भने अर्का प्रत्यासी केपी ओलीले पनि यसपटक आफ्नो पालो भनी दाबी गरेका छन्।

४. पार्टी  के जोड घटाउ गर्ने उद्देश्यले हो त्यो प्रष्ट बाहिर आएको छैन। तर एक पक्ष सुरुदेखि नै महाधिवेशनको मिति सार्ने प्रयासमा रहेको प्रष्ट छ। एक पक्ष सार्ने र अर्को पक्ष निर्धारित समयमा नै महाधिवेशन हुनुपर्दछ भनेर कराउँदै आएको सर्वविदितै छ।

५. त्यसो त फागुन महिनामा नै आठौँ महाधिवेशन सम्पन्न भएको पाँच वर्षपूरा भइसकेको छ। त्यसै बेला ओली पक्षको जोड बलले केन्द्रीय समितिले महाधिवेशन जेठ २४ देखि ३० सम्म गर्ने निर्णयगरेको थियो। अब केन्द्रीय समितिले असार १९ देखि २५ सम्म काठमाडौंमा गर्ने निर्णयगरेको छ।

६. महाधिवशन नै सारेर अध्यक्ष खनाल चीन भ्रमणमा गएका छन्। उता अर्का प्रत्यासी ओली औषधोपचारका लागि थाइलैण्ड गएका छन्। तैपनि ओली पक्षले महाधिवेशनको मिति सार्दा त्यसको नराम्रो सन्देश जान्छ भन्दै तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्दछ भन्ने तर्क गर्दै थिए।

७. महाधिवेशनको मुखमा आएर महाधिवेशनको मिति नै सारेर अध्यक्षको चीन भ्रमणलाई यहाँ अर्थपूर्णरूपमा हेरिएको छ। यसैबीच नेपालको कम्युनिष्ट जगतमा भित्रभित्र एउटा लहर चलेको अनुमान गरिएको छ। कतै एकताको चर्चा छ भने कतै असन्तुष्टले सीमा नाघ्ने सम्भावना देखिएको छ। कोही चीन पक्ष र भारत पक्षका रूपमा हेर्र्ने पनि गर्दछन्। भ्रमणको उद्देश्य बताइएको छैन। तर पार्टी  हिसाबले अध्यक्ष खनालको भ्रमण महत्त्वको हुन सक्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width