कोभिड १९ को महामारी र विश्व पर्यटन दिवस

के.वी. मसाल
असाेज ११, २०७७

आज ४१ औं पर्यटन दिवस ! सन् १९७० सेप्टेम्बर २७ का दिनलाई संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै सो दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो । विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । विश्व पर्यटन दिवसले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका हुन्छ । तर यो वर्ष कोभिड १९ को महामारीले गर्दा विश्वभरका पर्यटक र पर्यटन व्यवसायीहरुले ठूलो आर्थिक मारको सामना गर्न परेको छ ।

कोभिड १९ को महामारीबाट अहिले विश्व नै कोकाहलमय बनेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस फैलिने क्रम जारी छ भने यसको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आँकलन अहिले सम्म भएको छैन् । मानव इतिहास हेर्ने हो भने पटकपटक विभिन्न प्रकारका मानवीय संकटहरु उत्पन्न हुँदै आएका छन् । विभिन्न मानवीय संकटबाट ठूलो परिमाणमा मानवीय क्षति हुने गरेको छ । खासगरी प्राकृतिक प्रकोप, युद्ध, भोकमरी तथा महामारी आदिका कारण कैयौँ मानिसले अकालमै ज्यान गुमाउनु परेको दर्दनाक इतिहास पढ्न सकिन्छ । मानव चेतनशील हुँदाहुँदै पनि कतिपय अवस्थामा मानवकै गतिविधिले पटक–पटक मानवलाई महामारीले मृत्युमा पु¥याएको छ । तर पनि कतिपय महामारी मानवबाट नै नियन्त्रण भएका छन् ।

चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएका विदेशी मानिन्छन् । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो ।

नेपालको वायुसेवाले ६ महिनापछि आंशिक रुपले खुलेको छ । हवाई सेवा खुलेसँगै लामो समयदेखि विभिन्न स्थानमा थन्किएर बसेका पर्यटकहरुलाई विभिन्न मुलुक र नेपालका जिल्लाहरुमा आवत–जावत गर्न सजिलो भएको छ । सार्वजनिक यातायातका साधन सडकमा गुड्न थालेका छन् । तर पनि पर्यटकहरुलाई भ्रमणमा निस्कन जोखिम पनि उत्तिकै छ । कोभिड सक्रमणलाई हवाई सेवाको माध्यमबाट फैलन नलिन अहिले युरोपियन मुलुकलगायत विश्वका अधिकांश राष्ट्रहरु अत्यन्तै संवेदशील देखिएका छन् । प्रत्येक मिनेटमा उडान भर्ने विश्वका अत्यन्त व्यस्त संघाई, दुबई, पेरिस, हिथ्रो र हङकङ जस्ता विमानस्थलहरुमासमेत कोभिड महामारीका कारण अत्यन्त न्यून उडानहरु हुने गरेका छन् । जेजति उडान भएका छन् ती उडानहरुलाई सुरक्षित कसरी बनाउने भन्नेबारे सरोकारवालाहरु जिम्मेवार र संवेदनशील देखिएका छन् । विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व हो । यस्तो अवस्थामा यो वर्षको विश्व पर्यटन दिवस केवल औपचारिकतामा मात्रै सीमित हुने देखिन्छ ।

नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृखलाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता र बुद्धभूमि नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमायलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउने गर्दछन् । पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनका लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तीनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।

पर्यटकीय दृष्टिबाट हेर्ने हो भने नेपाल पहिलो नम्बरमा आउँछ । सगरमाथा र बुद्धको जन्मथलोको रुपमा नेपाल विश्वमा नै परिचित छ । विश्वभर करीव ५३ करोड बौद्ध धर्मावलम्वी रहेका छन् । ५३ करोडमध्ये पनि करीव ५० करोड संख्या त एशियाका १० देशका नागरिक छन् । ती देश नेपालबाट केही घण्टाको हवाई दूरीमा रहेका छन् । एशियाबाट मात्रै बौद्ध धर्मावलम्वीहरु ०.२ प्रतिशत पर्यटकका रुपमा भित्र्याउन सक्ने हो भने करीव १० लाख पर्यटकको आगमन एशियाबाट मात्र पु¥याउन सकिन्छ । जुन असम्भव पनि छैन, किनकि बौद्ध धर्मका प्रणेता भगवान् बुद्धको जन्मभूमि नेपाल हो । नेपाल विश्वमा रहेका कुनै पनि देशहरुसँग तुलना गर्न नमिल्ने भूपरिवेष्ठित मुलुक हो । यहाँको जैविक विविधता, प्राकृतिक सौन्दर्य, भाषिक सांस्कृतिक एकता, तराई, पहाड र हिमालको छुट्टाछुट्टै वातावरणीय विविधता, अतिथि देवो भवःभन्ने यहाँका मानिसहरुको संस्कार, परिवेश अनुपम रहेकाले बाह्य पर्यटकहरुको मन लोभ्याउने गर्दछ ।

नेपालमा सन् १९५३ मा तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालको पर्यटन क्षेत्रले चर्चा पाउन थालेको हो । त्यसपछि विश्वका पर्यटकको ध्यान नेपालका हिमालले खिच्यो । पर्यटन विकासको क्रममा नेपालमा सन् १९७६ मा पर्यटन मन्त्रालयको स्थापना भयो र वन्यजन्तु संरक्षण क्षेत्रहरुको घोषणा भयो । त्यसपछि जैविक विविधताका आधारमा नयाँ पर्यटकीय स्थलहरु पहिचान गरी प्रचारप्रसारसमेत भएको छ । नेपाल भित्रिने कुल वाह्य पर्यटकहरु मध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आउँछन् । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सीमसार तथा अन्य संरक्षित क्षेत्रमा जाने हरेक वर्ष बाह्य पर्यटकहरुको संख्या बढ्न थालेको छ । विश्वसम्पदा सूचीमा चितवन, सगरमाथा जस्ता संरक्षित क्षेत्र पर्न सफल भएका छन् । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटालगायतका क्षेत्र सूचीकृत भएका छन् । यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् ।

पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण हो । एक स्थानबाट अर्को स्थानहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पृथ्वीको जैविक विविधताकोसमेत अध्ययन हुन्छ । यो बाहेक भ्रमणबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन भ्रमण एवं अनुसन्धान गर्न सकिन्छ । नेपालमा पर्यटकहरु केका लागि भ्रमणमा आउँछन् त ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार नेपाल आएका पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि आउने गर्दछन् । यसबाट के थाहा हुन्छ भने जुनसुकै भूगोलमा रहने मानिस भएपनि भ्रमणको एउटा पक्षभित्र जैविक विविधता पर्दछ । बाह्य पर्यटकले भ्रमण गर्ने स्थानमा चितवन, शिवपुरी, बर्दिया, सगरमाथा, शुक्लाफाँटा, रारा, खप्तड, कोसीटप्पु, लामटाङ, अन्नपूर्ण, पोखरा, ढोरपाटनदेखि लिएर पर्यटकहरुले मन पराउने गन्तव्य जैविक विविधता भएका क्षेत्र बढी छन् । किनभने संसारमा लोप भइसकेका र लोप हुन थालेका वन्यजन्तु, वन, वनस्पति अझै नेपालमा सुरक्षित छन् ।

राणाकालीन समयमा नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबीचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए । बोरिसलाई दिइएको यो अनुमतिले नेपालमा बाह्य पर्यटक नेपाल भित्रिन शुरु भएको हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो पुग्न सफल भए । संसारमा १४ ओटा ८ हजार मिटर भन्दा माथि उचाइका हिमालहरु छन् । त्यसमध्ये ८ ओटा हिमाल नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्य बन्न थाल्यो । हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य भएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ ।

पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सीमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ । संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरुको कारणले यो १८ औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरु जोडने अत्याधुनिक रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरु त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरुको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।

प्राचीनकालमा सबैभन्दा पहिले भ्रमणका लागि निक्लने यात्रीहरुमा फेनोसियनहरुको नाम आउँछ । विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटका रुपमा परिभाषित गरिएको छ । विश्व पर्यटनका क्षेत्रमा अठारौं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिएको छ । विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएका विदेशी मानिन्छन् । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । सन् १९६० को दशकमा यूरोपेली देशहरुमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरु ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरु यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउन थाले । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल/गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो, हाल नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिन्छ ।

भूपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाउँदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउँछ । नेपालमा बाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृति, वनस्पती, जनावर, चराहरु आदि हेर्न नेपाल आउँछन् । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सीमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारभन्दा बढी छन् । देशभरि गरेका अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । ती ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सीमसार क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ । यी जैविक र भौगोलिक विविधता नभएको भए यहाँ बाह्य पर्यटकहरु नेपाल आउँदैन थिए होला ?

त्यसै कारण यतिखेर हामी पर्यटन व्यवसाय वा पर्यटन उद्योगबाट मुलुकको विकास हुन्छ भन्ने कुरामा आशावादी भएका छौ । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः मुलुकको आर्थिक विकास हुन जान्छ । पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने काठमाडौं, लुम्बीनी वा पशुपति दर्शनलाई आएका पर्यटकहरुलाई मुलुकको अन्य पर्यटकीय क्षेत्र सगरमाथा आधार शिविर, रारा ताल वा तिलिचो ताल अवलोकनमा पनि पु¥याउन सकिन्छ । जसबाट उनीहरुको बसाइ एवं खर्चमा वृद्धि हुँदै जान्छ । ठूलो संख्यामा पर्यटकहरु मुलुकमा भित्रिँदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ ।

पर्यटन क्षेत्रले हामीलाई रोजगारको साथसाथै आयआर्जनमासमेत राम्रो प्रतिफल दिन्छ । पर्यटनबाट लाखौँ मानिसहरुलाई रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवनस्तरमा पनि ठूलो अन्तर पार्दछ । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतिले फडको मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतिमा समेत सहयोग पुर्याउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width