स्रष्टाहरु पुग्नै पर्दछ शिखर कटेरी

kbmashal के.वी. मसाल
असार ३१, २०७७

साहित्यका स्रष्टाहरुले कथा, कविता, निबन्ध, उपन्यास, नाटक एवं कलाका क्षेत्रमा धेरै कलम चलाउदै आउनु भएको छ होला ? आदिकवि भानुभक्तको बारेमा कलम चलाउने स्रष्टाहरुको सख्या हजारौ पुगिसकेका होलान । कतिपय स्रष्टाहरु आदि कविकै बारेमा कलम चलाउदा सम्मान र पुरस्कृत पनि हुनु् भएको होला ! तर धेरै स्रष्टाहरु भानुभक्तको जन्मस्थल चुदीँ रम्घाको शिखर कटेरीमा पुग्नु भएको छैन होला ? अनुकुल मिलाएर पुग्दा राम्रो हुनेछ । पृथ्वीराजमार्गको पोखरा–काठमाण्डौ सडकमा पर्ने तनहुँको डुम्रे बजारबाट १३ किलोमिटर उत्तरतर्फ भानुभक्तको जन्मस्थल चुदीँ रम्घा पर्दछ । भानु सामुदायिक वनको हाताभित्र करिब १० रोपनी क्षेत्रफलमा फूल तथा फलफूलका बगैंचा, संग्रहालय, चौतारो, भ्यु टावर, ढुंगाले छापेर बनाइएका बाटो र करिब ५० जनालाई बास बस्नकोलागि होमस्टे समेत रहेको छ ।

भानुभक्तले बिहान–बेलुका हजूरबुवासँग अध्ययन गर्नु भयो । दिउसो पाठशालामा । काशीमा भानुभक्तले कोश, व्याकरण, साहित्य अध्ययनका साथै ज्योतिषको अध्ययन र अभ्यास पनि गर्नु भएको थियो । अध्ययनको क्रममा काशीमा हुने विद्वत समारोहमा पनि भाग लिनु भएको थियो । भानुभक्तको व्रतवन्ध वि.सं.१८७८ मा भएको थियो ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती यहि आषाढ २९ गते सोमबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । बि.सं १८७१ मा तनँहु जिल्लाको भानु नगरपालिका चुँदी रम्घाको शिखर कटेरीमा भानुभक्त आचार्यको जन्म भएको हो । ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उतिबेला खस भाषा भनिन्थ्यो र यो भाषा लिपीबद्ध भन्दापनि सामान्य अभिब्यक्तिहरुमा मात्र सिमित थियो । १५ औं शताब्दीमा खस राजाहरुको पराजयसंगै खस भाषा पनि ओझेलमा परेको थियो । नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गरेको हुन् । त्यसैले भानुभक्तलाई आदिकवि भनिन्छ । उतिबेला कविताहरु र औपचारिक साहित्यहरु संस्कृत भाषामा हुने गर्दथे ।

भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिएतापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केहि गरुँ भन्ने भाव नभएको महशुस भएर आफूप्रति ग्लानीपनि लाग्दछ । तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिब्यक्तिले कथेका काब्यहरु अझैपनि नेपाली दलिनहरु भित्र सुरक्षीत रुपमा राखिएका छन् ।

रामायणभित्र रहेका बालकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले “रामायण“का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उनी रामायणमा बाँचेका छन् । गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसस्वादन गरेर आत्मसाथ गरिन्थ्यो । रुची भएका पाठकहरुले रामायणका श्लोकहरु याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरु पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि शुरु भएको हो । यसअर्थमा आजको दोहोरी र लोकगीतहरुको उदगम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।

आदिकवि भानुभक्त आचार्यलाई बर्सेनि असार २९ मा विशेष रुपले सम्झना गर्ने गरिन्छ  । अहिले भानु शिखर कटेरी वृहत गुरुयोजनाले समेत भानुभक्तको जन्मस्थलको संरक्षणका कामहरु क्रमिक रुपमा सुरुगर्न थालिएको छ । पुरातात्विक महत्वको भानुभक्तको शिखर कटेरीको भग्नावशेष घरको स्वरुप हराउन नदिन ट्रस्ट बनाएर संरक्षण गर्न थालिएको छ । भानुभक्त आचार्यको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका एक मात्र सन्तानका रुपमा भएको थियो । भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । यी पनि विद्वान थिए । धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए । धनञ्जयको धेरै वर्षसम्म सन्तान नभएकाले सन्तान प्राप्तिका लागि उनले १० वर्ष सूर्यको उपासना गरे । १० वर्षको उपासनापछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भएको थियो ।

भानुभक्त जन्मस्थल भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर चुदीँ रम्घाको शिखर कटेरी हाल धर्मशाला चुदी बेंसीबाट उत्तर–पूर्व अग्लो डाडोमा रहेको छ । शिखर कटेरीमा जान अहिले मोटर मार्ग समेत बनेको छ । शिखर कटेरी जादा बाटोमा दम्सीलो पहाडी श्रृखला जंगलमा रहललाग्दा साल र अन्य बनस्पतीका रुखहरुले भरिएको छ । चुदीँ बाट शिखर कटेरी पुग्न पैदल ४० मिनेट जती उकालो बाटो यात्रा गर्नु पर्दछ । भानुभक्त जन्मिएको पं.श्रीकृष्ण आचार्यले बनाएको घर भग्नावशेष छ । अहिले शिखर कटेरीको जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक नेपाली कथानक चलचित्र आदिकवि भानुभक्त छायाकंन गर्न २०५४ सालमा भानुको जन्मस्थल शिखर कटेरीमा दुई तले घर निर्माण भएको थियो । तर संरक्षणको अभावमा त्यो घर जंगलमा लागेको डढेलोले आगलागि भएको छ । आगलागिबाट बचेका सामग्री अहिले चुदीबेंसीकै स्मारक स्थलमा ल्याई राखिएको छ । त्यसको नजिकै भानु प्रा.वि परिसरमा आदिकविको अर्धकदको सालिक पनि राखिएको छ ।

संग्रहालयमा आगलागीबाट बचेका भानुभक्त संग जोडिएका केहि सामान राखिएको छ । आदिकवि सुत्ने बस्ने चापको खाट एकजना मात्र सुत्न मिल्ने रहेछ । भानु पशु–पन्छीप्रेमी पनि हुनुहुदो रहेछ भन्ने तथ्य खाटको सिरानी अडयाउने फलेकमा कुदिएका पशु–पन्छीका चित्रले पुष्टि गर्दछ । खाटको सिरानी देब्रे दाहिनेतिर चरा र बीचमा दुई वटा हात्तीको चित्र बनाएको खोपी कलात्मक ढंगले बनाईएको छ । खाटकै उत्तरतर्फ सजाएर राखेको आदिकविको मदुस सन्दुक रहेको छ । त्यो पनि कलाकृतिमय छ । त्यसमा लगाउने तालाहरु र दराजमा राखिएको ताला भोटे ताला छ । संग्रहालयको दराजमा आदिकवि भानुले प्रयोग गरेका सामाग्री पूजा–पाठदेखि भात खाने थाल, बटुका पनि राखिएको छ । त्यहा राखिएका सामाग्रीले आदिकवि भानुभक्त सौखिन हुनुहुन्थ्यो भन्ने भान हुन्छ । महगो हुक्का पनि त्यहा सजाएर राखिएको छ । कविले लेख्न प्रयोग गरेको मसीदानी, कलम पनि त्यहा राखिएको छ । आदिकवि भानुभक्तले लेख्नु भएका प्राय सबै कृतिको उहाँले लेखेकै अक्षरमा पढन पाइन्छ । आदिकविले मुद्दा खेप्नु परेका कागत तमसुकहरु सबै जतनका साथ राखिएको छ । दुई पट्टि काठको फल्याकजस्तो चिल्लो काठको खबटाले च्यापिएको भानुभक्तीय पाण्डूलिपि खाटमा बसेर हेर्न सकिन्छ ।

भानुभक्त जन्मस्थल भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर चुदीँ रम्घाको शिखर कटेरी हाल धर्मशाला चुदी बेंसीबाट उत्तर–पूर्व अग्लो डाडोमा रहेको छ । शिखर कटेरीमा जान अहिले मोटर मार्ग समेत बनेको छ । शिखर कटेरी जादा बाटोमा दम्सीलो पहाडी श्रृखला जंगलमा रहललाग्दा साल र अन्य बनस्पतीका रुखहरुले भरिएको छ । चुदीँ बाट शिखर कटेरी पुग्न पैदल ४० मिनेट जती उकालो बाटो यात्रा गर्नु पर्दछ । भानुभक्त जन्मिएको पं.श्रीकृष्ण आचार्यले बनाएको घर भग्नावशेष छ ।

संग्रहालयमा हारमोनियम पनि छ । आदिकवि भानुभक्त चलचित्र बनाउदा प्रयोग भएको यो बाजा यादव खरेलले त्यही छोडनु भएको रहेछ । भानुसम्बन्धी प्रयोग गरेका सामग्रीहरु लोहोटा, धुपौरो, मकल, मसुरा सन्दुक, खाना खान बस्ने पिरका पिरा, साना–ठूला, ताई, पाथी, ओदान, ढिब्री तेलराख्ने भााडो, ढुंङ्गाको आरी, ढुंङ्गाको कचौरा, गाग्री, पेटारो चोयाको बिर्को भएको ढाकी विशेष रुपमा बेहुला बेहुलीको लुगा राख्ने, आदिकविले लगाएका खराउ, आचमनि, पञ्चपात्र, चन्दनखोरी, सिमाङ काठको ठेकी जस्तो झुण्डयाउने भएको हतर, प्याङ, ताउलो खडकुलो, घण्टा, दियो, कोपरा, आदिकविले लेखेका सम्पूर्ण कृतिको हस्तलिखित पुस्तक, मुद्दा पर्दाका तमसुक कागतहरु आदि राखिएको छ । एकनासका अक्षर, कतै केरमेट नगरिएका, सम्पूर्ण कृति हेर्दा आदिकविको लेखनकला उत्कृष्ट रहेछ भन्ने थाहा पाइन्छ ।

भानुभक्तमा सानैदेखि विलक्षण प्रतिभा थियो भनिन्छ । ६ महिनामा अन्नप्रासन गर्दा बालक भानुभक्तका अगाडि वस्त्र, शस्त्र, पुस्तक, कलम, मसी, सुन राखिएकोमा भानुले सर्वप्रथम कलम र मसीदानी समातेका थिए । जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा भानुभक्तको बाल्यकाल बाजेसँगै बितेको थियो । भानुभक्तको शिक्षा आरम्भ घरमा नै हजूरबुबा श्रीकृष्णबाट सुरु भएको थियो । भानुभक्तले ज्योतिषको अध्ययन कास्की गुरुकुलमा गर्नुभएको थियो । हजुरबुवा श्रीकृष्ण वि.सं.१८८६मा काशीबासमा जाादा भानुभक्तलाई सगै लिएर गएका थिए । भानुभक्तले बिहान–बेलुका हजूरबुवासँग अध्ययन गर्नु भयो । दिउसो पाठशालामा । काशीमा भानुभक्तले कोश, व्याकरण, साहित्य अध्ययनका साथै ज्योतिषको अध्ययन र अभ्यास पनि गर्नु भएको थियो । अध्ययनको क्रममा काशीमा हुने विद्वत समारोहमा पनि भाग लिनु भएको थियो । भानुभक्तको व्रतवन्ध वि.सं.१८७८ मा भएको थियो । हजूरबुवा श्रीकृष्ण आचार्यले नाति भानुभक्तलाई गायत्रीमन्त्र दिनुभएको थियो । गायत्री मन्त्र प्राप्त गरे लगत्तै हजूरबुवासग भानुभक्तले कौमदी, रुद्री, वेद पढन थाल्नु भएको थियो । भानुभक्तको विवाह परशुराम खनालकी छोरी चन्द्रकान्तासग पहिलो विवाह भएको थियो । विवाह भएको १८ महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । त्यसपछि दोश्रो विवाह तनहु जिल्लाको मानुङ गाउँबाट विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसग भएको थियो ।

भानुभक्त आचार्यको वि.सं.१८९१मा बुर्लङ बेंसी बुल्दी खोला किनारमा घासी चामुनारायण पन्तसग भेट भएको थियो । घासीसगको भेट नै भानुभक्तको जीवनमा आमूल परिवर्तन आउन सुरु भई घासीले झैं आफूले पनि कीर्ति राख्ने भावना जागृत भएको थियो । आदिकवि भानुभक्तको साहित्यिक योगदान घासीसगको भेटपछि जन्मिएको स्वतस्फूर्त कविता भरजन्मबाटै भानुभक्त अगाडि बढदै गएका हुन । यही कविताको भावभूमिबाट भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि बन्न पुग्नुभयो । वि.सं.१८९८मा रामायण बालकाण्ड लेखन, वि.सं.१९०१मा मामा जयलालका भदा–सालो पर्ने कलाधरलाई गायत्रीमन्त्र सुनाउन मामाघर जादा भोर्लेटारमा गजाधर सोतीको घरमा बास नपाउदा गजाधर सोतीकी घर बुढिया कविता लेख्नु भयो । भानुको साहित्यिक, व्यक्तिगत जीवन चरित्रलाई कतै राम्रो कतै नराम्रोसग चर्चा गरेका छन् । वि.सं. १९११ मा भानुभक्त कुमारीचोकमा ५ महिना थुनिएर रहदा त्यो समयमा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, रामायण लेखन गरेको पाइन्छ । त्यसै समयमा अत्यन्त चर्चित, निर्भिक, बिन्तिपत्र–रोज रोज दर्शन–लेखी राणा सरकारलाई बुझाएको पाइन्छ ।

शिखर कटेरीमा जन्मनु भएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । भानुले जुन ठाउँमा जन्मे हुर्के अनि नेपाली भाषा र साहित्यमा योगदान दिए त्यो ठाउँको संरक्षण अभियानमा पश्चिमाञ्चल विकास मञ्च हुदै अहिले भानु नगरपालिकामा सरेको छ । साहित्यिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गराउने उद्देश्यले भानुको जन्मस्थल शिखर कटेरीमा भानुभक्तकालीन घर निर्माण भएको छ । भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालीन घरहरु बनाएर यस क्षेत्रलाई साहित्यिक धाम र साहित्यक पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।

भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको रामायण मार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । आदिकवि भानुभक्त आचार्यको निधन ५४ वर्षको उमेरमा भयो । वंशपरम्परा अनुसार हजूरबुवा श्रीकृष्ण र बुवा धनञ्जयको निधन काशीको मणिकर्णिका घाटमा भएको थियो । तर आदिकवि भानुभक्तले लामो समय ज्वरोले थलिँदा पनि किन काशी मणिकर्णिका घाट रोज्नु भएन ? आदिकविले आफ्नो निधन जन्मभूमीलाई नै रोज्नु भयो ।

हाम्रो सुझाव