बीसौं शताब्दीका सात्र्र र अस्तित्ववाद

राजेन्द्र भण्डारी
असार १०, २०७८

बीसौं शताब्दीका महान् फ्रान्सेली दार्शनिक, नाटककार, उपन्यासकार, पटकथा लेखक, राजनीतिक कार्यकर्ता, जीवनी लेखक थिए, सात्र्र । दर्शन र माक्र्सवादका अग्रणी व्यक्तित्वहरू मध्येका सात्र्रको जन्म सन् २१ जुन १९०५ मा फ्रान्सको पेरिस सहरमा भएको थियो । पिताको अकालमा भएको देहान्त र आमाको दोस्रो विवाहपश्चात् हजुरबुवाको रेखदेखमा हुर्किएका जाँ पाल सात्र्रले आफ्नो प्रारम्भिक शिक्षा पेरिसबाट पूरा गरी सन् १९२८ मा दर्शनशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका थिए । यात्राले मनोरञ्जन र कीर्तिमानमात्र दिँदैन, बरु नयाँ युग र विचारको निर्माण गर्दछ भनेझैं करिब पाँच वर्षसम्मको ग्रीस, इजिप्ट र जर्मनीको भ्रमणले सात्र्रलाई दर्शनमा थप अध्ययन गर्ने, अस्तित्ववादी चिन्तक किर्केगार्डका रचनालाई नजिकबाट महसुस गर्ने अवसर र अस्तित्ववादलाई नयाँ स्वरूपमा विकास गर्न सघाउ पुर्‍यायो । सात्र्रमा अस्तित्ववादी दर्शनको जीवनरूपी विशाल वृक्ष थियो, जहाँ उनले आफ्नो सम्पूर्ण जीवनलाई नै समर्पित गरे ।
सात्र्रका अनुसार मानव स्वतन्त्र प्राणी हो । यदि ईश्वर भएको भए सम्भवतः उसले आफ्नो योजना अनुसार मानवको निर्माण गथ्र्यो होला तर ईश्वर नभएर नै मानव स्वतन्त्र भएका हुन् भन्ने कुरामा सात्र्र विश्वास गर्छन् । स्वतन्त्रताको अर्थ छनोट हो । मानवको सामुन्ने विभिन्न परिस्थितिमा विभिन्न विकल्प आउँछन् । स्वतन्त्र मानव त्यो हो, जसले उपयुक्त विकल्पको छनोट बाह्य दबाबमा नपरीकन केवल आफ्नो अन्तरआत्माको आवाजलाई सुनेर गर्दछ । सन् १९४० देखि १९५०को दशकमा युरोपमा उदय भएको मानव केन्द्रित दृष्टिकोण अर्थात् अस्तित्ववादको नवीन विचार क्रान्तिको रोशनीलाई युरोपभर फिँजाउने र प्रतिष्ठित बनाउने अभियानमा युरोपका धेरै दार्शनिक तथा विचारकको योगदान रहे तापनि अंग्रपंक्तिमा भने ज्याँ पाल सात्र्रको भूमिकालाई इतिहासले सदैव नमन गर्दछ । सात्र्रले एककदम अगाडि बढेर अस्तित्ववादलाई माक्र्सवादसँग जोडेर नयाँ परिभाषाकासाथ मानवसमक्ष साक्षात्कार गराएका थिए । सात्र्र एउटा कठिन लेखकको रूपमा जानिए तापनि उनले आफ्नो लेखन कलालाई कहिल्यै सरल बनाउने कोसिस गरेनन् । देश, काल र परिस्थितिको परिवर्तनअनुसार सात्र्रको अर्थ र जीवन बदलिरहन्छ । समयको कुनै कालखण्डमा सात्र्रको स्मरण, कुनै परिवेशले बिर्सन्छ र कुनै घटनाले पुनः सम्झिन्छ । यही नै सात्र्रको जीवन र साहित्यको आयाम हो । जसरी जाडो मौसममा मानवको लागि कम्बल एउटा सुखद, मीठो र न्यानो आत्मीय मित्र बन्न सक्छ । ठीक त्यही कम्बल गर्मीमा बोझ बन्दछ । यही सात्र्रको साहित्य र जीवन हो । सात्र्रले नोबेल साहित्यिक पुरस्कार अस्वीकार गरे किनकि उनलाई दास बन्नु थिएन । घरको कोठाभित्र बसेर कहिल्यै लेखेनन्, होटलको टेबलमा बसेर विचारको बहस नयाँ ढंगबाट गरे र अस्तित्वादी लेख जीवनभर नै लेखे । सात्र्र साहित्यकारका पनि साहित्यकार र दार्शनिकका पनि दार्शनिक थिए । उनको लेखन र दर्शन जति प्रभावशाली थियो, त्यतिकै उनको व्यक्तित्व र व्यक्तिगत जीवन अनौठौ र आम जीवनभन्दा फरक थियो ।
उनको प्रेम, सम्बन्ध, मित्रता, आदि सबैमा उनको साहित्य र दर्शनको प्रभाव थियो । सात्र्रको सोच केवल दार्शनिक कार्यमा मात्र सीमित नभएर निबन्ध, उपन्यास र नाटकहरूमा पनि अभिव्यक्त भएको पाइन्छ । तसर्थ उनलाई समकालीन संस्कृतिको सबैभन्दा प्रतीकात्मक चिन्तकको रूपमा हेरिएको छ । वास्तवमा यही नै सात्र्रको व्यक्तित्वको जीवन चित्र हो ।
सात्र्रका साठीभन्दा बढी प्रकाशित कृतिहरूमा ‘नसिया’, ‘बिइग एन्ड नथिङनेस’, ‘द फ्लाइज’, ‘नो इक्जिवट’, ‘द फिलोसोफि अफ जाँ पाल सात्र्र, ‘ह्वाट इज लिट्रेचर?’‘ एज अफ रिजन’, ‘द वर्डस’, ‘द घोस्ट अफ स्टालीन’, ‘टोजन्स’ आदि महत्त्वपूर्ण कृतिहरू हुन् । ‘नसिया’मा एउटा शिक्षकको कथालाई वातावरणसँग जोडेर शिक्षकलाई भन्न लगाइएको छ, मानव केही निर्जीव र अनैतिक वस्तु मिलेर बनेको छ तर उसका सबै भावनाहरू सबै निर्जीव वस्तुहरूबाट जन्म लिएका हुन्छन् । उनले नब्बे वर्षको उमेरमा लेखिएको ‘द वर्डस’ नामक आत्मकथामा समावेश गरिएको शब्द आत्म विश्लेषणको उत्कृष्ट कृतिको रूपमा चिनिन्छ । उनका कृतिहरूमा मानवता, विशिष्टता, गरिमा र सर्वोपरी अस्तित्वको अनुभूति गराउने गरी अस्तित्ववादलाई शब्दहरूको माध्यमबाट मानव जीवनका हरेक कोण र प्रतिकोणमा संयोजन गरेका छन् ।

प्रेमी प्रेमिकाको सुन्दर शरीरलाई एकीकृत रंगहीन, मूल्यहीन पुत्लाको रूपमा उभ्याउनु सात्र्रको दर्शनको महत्त्वपूर्ण किस्सा हो

वैशाख जेठका टन्टलापुर घाममा बाँझो खेत जोत्दै गर्दा खसेको तपतप पसिनामा किसानले देखेको आशाको हरियाली सायद उसको जीवनको अर्थ र सार्थकता हुनसक्छ । नदीबीचमा अडिएको ढुंगामा अडिएर माझीले जाल फाल्दै गर्दा, दुई किनाराका मिलनको तिर्खामा सायद माझीले जीवनको अर्थ र परिभाषालाई भेट्न सक्छ होला । सूर्योदयको आशाको किरण र सूर्यास्तको निराश क्षितिजमा कतिपय अनुहारहरूले जीवनको अर्थ र उद्देश्यलाई महसुस गर्न सक्छन् होला । कतिपय सांसारिक माया मोहको रमझममा रमाइ रहँदा, ईश्वरको आराधना, मानवको कर्ममा, शान्ति र क्रान्ति आदिमा जीवनको अर्थ र परिभाषा पाउन सक्छन् । मानव जीवनको अस्तित्व तथा सत्यलाई खोज्न, जान्न र प्राप्त गर्न लालायीत हुन्छन् । यही नै अस्तित्ववाद हो । अस्तित्वाद भन्छः जुन कार्यबाट आनन्द प्राप्त हुन्छ, त्यहीँबाट तिम्रो जीवनको अर्थको बीजारोपण हुन्छ । तर वास्तवमा जीवनजस्तो कुनै चीज नै छैन, जीवनको अर्थ नै हुँदैन र संसारको पनि कुनै अर्थ नै छैन ।
मानवको जन्म, मृत्यु, भाग्य, कर्तव्य आदि सबैको निर्धारण ईश्वरबाट हुन्छ । ईश्वरले नै पहिला मानवको अस्तित्व लेखे र पछि जन्म गरे भन्ने विचार प्राचीन अस्तित्ववादीहरूको स्थापित धारणा हो । पहिला मानव जीवनको अर्थ तय हुन्छ त्यसपश्चात् जीवनको सिर्जना हुन्छ भन्ने विचारलाई संसारका धेरै मानवले सम्मान गरेको आस्था हो । ईश्वरको सर्वसत्तावादविरुद्ध फ्रान्सका अस्तित्ववादी दार्शनिकहरूले १८ औं र १९ औं शताब्दीमा मानवको अस्तित्वमा क््रmान्तिकारी विचारधाराको सुत्रपात गरेर यथास्थतिमा रहेको अस्तित्ववादको अवधारणालाई उलटपलट गरिदिए ।
सात्र्रदेखि सबै अस्तित्ववादी लेखकहरूले पहिला मानवको जन्म र त्यसपश्चात् मात्र मानव स्वयंले आफ्नो मूल्य मान्यता, गुण, अवगुणका आधार जीवनको रचना गर्दछ । मानवले जीवन निर्माण गर्ने अभियानको सुरुआत निर्णय तथा छनौटको स्वतन्त्रताबाट गर्नेछ भनी मानवको वास्तविक अस्तित्वलाई स्वीकार गरेका छन् । मानवको सिर्जना र भाग्य निर्धारणमा अलौकिक शक्ति र भक्तिको योगदान छैन भनेर ईश्वरको भूमिकालाई शून्य बनाइदिए । मानवले गर्ने निर्णय, छनोट र स्वतन्त्रताले नै उसको समग्र जीवनको भाग्य निर्माण गर्नेछ । कुनै विशेष परिस्थितिमा गरिएको निर्णयको नै निष्कर्षमा समग्र जीवनको वर्तमान तय हुनेछ । मानव छनोट र निर्णय गर्न स्वतन्त्र छन् । जब हामीसँग भएका विकल्पमध्ये कुनै पनि विकल्प छनोट गरेनांै भने त्यो पनि मानवको लागि एउटा निर्णय हो । हरेक विवशतामा मानवलाई छनोट गर्ने विकल्प हुन्छ । मानिस छनोट गर्न स्वतन्त्र हुन्छ । छनोटमा भएको स्वतन्त्रताले जीवनका कतिपय क्षणलाई सुखद बनाउँछ भने कतिपय अवस्थामा दुखद । अधिकभन्दा अधिक छनोट गर्ने स्वतन्त्रताले पनि अनिर्णयलाई जन्म गराउँछ र मानवलाई दुखी बनाउँछ । मानव जीवनलाई जति निर्णयबाट प्रभावित पार्दछ त्यति नै अनिर्णयबाट पनि प्रभावित पारेको हुन्छ । सात्र्रले मानव आफ्नै शक्ति, परिश्रम र इच्छाद्वारा कोरिएको बाटोमा जीवनको अर्थ र भाग्य निर्माण गर्नुपर्छ भन्ने सन्देश समग्र मानव समुदायलाई दिन खोजेका छन् । सात्र्रले यो पनि जान्ने प्रयास गरेका छन् कि, आखिरमा मानवमा कमजोरी के छ ?आजका मानवका मानवीय मूल्य, आदर्श, दया, क्षमा आदि भावना हराउँदै गएको छ । औद्योगिकीकरण, भूमण्डलीकरण, युद्ध आदि कारणबाट मानवका निजी सोच, विचार तथा व्यक्तित्व ह्रास हुँदै जानाले विशुद्ध जीवनको आनन्द उठाउनबाट बन्चितसमेत भएका छन् ।
‘मानव स्वतन्त्र हुनको लागि अभिशप्त हुन्छ । जब एकपटक संसारमा उसलाई प्याँकिन्छ तव हरेक निर्णय र काममा उ स्वयम् नै जिम्मेवार हुन्छ ।’ यही यथार्थ भनाइबाट सात्र्रले आफ्नो अस्तित्ववादी विचारको बीजारोपण गरेको पाइन्छ । सात्र्र नदीलाई उल्टो गरी बगेको देख्छन् र विचारको बाँसुरीमा उल्टो गरी बजाउँछन् । सात्र्रको विचारमा संसारका धेरै दर्शन, ईश्वरीय मान्यता, इच्छा, चाहना, पेसा व्यवसाय, अंगप्रत्यंग, परिवार, समाज आदि सबैले मानवलाई दास बनाएका छन् । मानवलाई स्वतन्त्र हुनबाट निषेध गरिएको छ । यी सबै मूर्त र अमूर्त क्रिया र प्रतिक्रियाको जाँतोमा मानवदास बनेर पिसिइरहेको छ । यहींबाट सात्र्र परम्परावादी र कट्टरवादीमाथि हमला गर्छन् र जवाफ दिन्छन्, कि मानव सदैव स्वतन्त्रताका लागि अभिशप्त छ । मानव हर प्रकारका दासत्वलाई आपूmमाथि ओढ्न अभिशप्त छ । उसको सामु उपस्थित विकल्पले हरप्रकारको दासत्वलाई तोड्छ तर आफ्नो दासत्वलाई स्वयं छनोट गर्दछ । यही उसको स्वतन्त्रता हो । दासत्वको झोलालाई जीवनभर बोकेर हिँडिरहन्छ । मानव आफूभित्रको सोचलाई बदल्न सक्छ तर बदल्नको लागि कदापि प्रयास गर्दैन । यही उसको स्वतन्त्रता हो । मानव आप्mनो सोचलाई त्यागिरहँदा अर्काको सोचलाई अंगीकार गर्न खोजिरहेको हुन्छ । यी दुवै मानवका लागि स्वतन्त्रता र अभिशाप हुन् । यही अभिशापबाट बँच्न मानव बारम्बार दास बन्दछ । कुनैबेला दासत्वको साङ्लो तोडिन सक्छ । यही हो स्वतन्त्रता र कुनै पनि बेला नयाँ दासत्वको साङ्लोमा पुनः बाँधिन पनि सक्छ । यो पनि स्वतन्त्रता हो ।
मानववादको उपमा दिइएको अस्तित्ववादमा दुख, पीडा, सन्ताप, वेदना आदिलाई मानव जीवनका अमूर्त आयामभित्र कैद गरिएका हुन्छन् । डर, सन्त्रास तथा विसंगति आदि पनि मानव जीवनका हरेक कर्मका अभिन्न हिस्सा हुन् तर यसबाट मानवमुक्त हुन कठिन छ । मृत्युको भयले जीवनमा निराशाको रक्तलाई सञ्चार गरिदिने भएको हुँदा अस्तित्ववाद निराशावादीहरूको स्वर व्यञ्जन हो । ईश्वरको सत्ता, बौद्धिकता, विज्ञान इत्यादिलाई अस्वीकार गरेर मानव जीवनमा विश्वास, विवेक तथा विकासको सम्भावनालाई कम गरिदिएर स्वच्छन्दता, भोगवाद तथा अराजकता आदिको जन्म गराइदिएको छ । अस्तित्ववादलाई स्वार्थवाद, अहंकारवाद, विद्रोह तथा उत्पति दर्शनको रूपमा पनि चिनिन्छ । समस्त नकारात्मक क््िरmयाकलाप वा आन्दोलनमा अस्तित्ववादको प्रभाव देखिन्छ । अस्तित्ववादले निराशा वा असामाजिक सन्दर्भलाई विश्लेषण गरेर समाज, ईश्वर, परम्परा, विज्ञान तथा इतिहासलाई पूर्णरूपमा खारेज गरेको भनी आलोचकहरूले आलोचना गरेको पाइन्छ ।
अन्ततः अस्तित्ववाद न एउटा विचारधारा हो । न कुनै दर्शन हो, न कुनै प्रणाली हो न कुनै पथ हो । वास्तवमा यो मानव जीवनको समग्रतालाई केन्द्रविन्दुमा राखेर महसुस गर्ने एउटा दृष्टिकोण हो ।
सात्र्रको जीवनकै उत्कृष्ट पुस्तक ‘बिइङ एन्ड नथिङनेस’ मा उनले सुन्दरतालाई असुन्दरताको रूपमा हेर्ने र कल्पना गर्ने मानवीय विवशता र गलत विश्वासको कारणबाट मानिस आफ्नो अस्तित्वलाई कसरी बिर्सन्छ, साथै उसका आफ्ना सुन्दर अवसरलाई कसरी गुमाउँछ भन्ने मानवीय प्रवृत्तिलार्ई शुद्धरूपमा व्याख्या गरेका छन् । वेटरले वेटरको रूपमा जीवन बिताउनु पर्छ भन्ने छैन र यो कहीं पनि लेखिएको छैन । वेटरले आफूभित्र जमेको स्वतन्त्रतालाई पगालेर निर्णय गर्न आवश्यक छ कि म पहिला मानव हुँ, त्यस पछि मात्र वेटर । वेटरमा मात्र म सीमित रहन सक्दिनँ, योभन्दा माथि पनि जान सक्छु भन्ने आत्मविश्वास जगाउनुपर्छ र गलत विश्वासको मरुभूमिमा तड्पिएर जीवनलाई उराठ बनाउनु हुँदैन । सात्र्र भन्छन्, ‘यही गलत विश्वासको कारणबाट कयौं मानवीय ऊर्जाहरू अँध्यारो भान्साको चिसो चुलोमा निस्सासिएर बस्न बाध्य छन् ।
सुमधुर साझ, नदीको किनार, निर्मल पानी, प्रेमका सुन्दर ऋचाहरूहरूका बीच प्रेमी र प्रेमीका एक अर्काको आलिङ्गनमा बाँधिएर चुम्बन गर्ने तयारीमा प्रेमी र प्रेमीकाको मनमा अकस्मात् उत्पति भावनाले प्रेमी र प्रेमिका, सोच्न बाध्य बनाउँछ कि मेरो अगाडि उभिएको मेरो प्रेमी र प्रेमिका वास्तवमा को हो ? के हो ? हेर्दा मानव लाग्छ तर ऊ वास्तवमा ऊ को हो ? के ले बनेको छ ? बाहिर हेर्दा सुन्दर छ ? छाला, मासु, रगत हाडले बनेको उसको शरीरभित्र ऊ कस्तो छ ? आदि गलत भावना जन्म हुन सक्छ । त्यो नै सात्र्र हो । दुई आत्माको मिलनको सन्निकटमा जो कसैले यति धेरै कल्पना गर्दछ । वास्तवमा त्यही सात्र्र हो । हरेक मानवको जीवन र अस्तित्वको अन्धकारमा सत्यलाई लुकाइएको हुँदा हरेक चीज सुन्दर देखिन्छ । त्यही सुन्दरताभित्र छिपेको असुन्दरतालाई देखाउनु र त्यसप्रति वितृष्णा जगाइदिनु नै सात्र्र हो । प्रेमी र प्रेमिकाको सुन्दर शरीरलाई केवल छाला, रगत, हाड र मासुको एकीकृत रंगहीन स्वरूपलाई एउटा मूल्यहीन पुत्लाको रूपमा उभ्याइदिनु सात्र्रको दर्शनको महत्त्वपूर्ण किस्सा हो । सात्र्र पूर्ण रूपमा हुन् पनि र होइनन् पनि । यही सात्र्रको सिद्धान्त हो । जुन चीज बाहिरबाट हेर्दा जति पवित्र देखिन्छ, भित्रबाट हेर्दा त्यतिकै पवित्र हुन्छ भन्ने जरुरी छैन । बाहिरबाट हेर्दा सुन्दर देखिएका वस्तुभित्र अत्यन्तै कुरूप हुन सक्छन् । धेरै गहिराइमा गएर हरेक चिजलाई नियाल्ने प्रयासमा सबै खुशीका सेता बादलहरू एकाएक विलीन हुन सक्छन् । तसर्थ त्यति धेरै गम्भीर हुनु पनि राम्रो होइन र आवश्यक पनि छैन । सात्र्रको जीवनलाई सही रूपमा महसुस गर्न अति कठिन छ र गलत रूपमा बुभ्mन अति सहज पनि छ । सात्र्र यी दुई कमजोरीहरू ‘गलत बुभ्नु, सही बुझ्नु’ दुई ध्रुवबीचमा उभिएर आफ्ना सारा दार्शनिक दर्शन र साहित्यिक जीवनलाई पूर्ण रूपमा झुलाइदिएका थिए ।
सात्र्रले दर्शनको परम्परावादी सोच र दृष्टिकोणलाई ग्ल्यामरमा परिणत मात्र गराइदिएनन् बरु दर्शनको मान्यतालाई अभूतपूर्व उचाइमा समेत पु¥याइदिए । लेखकमध्येका एक प्रसिद्ध लेखक सात्र्रको पछाडि साहित्यको नाबेल पुरस्कार लाग्थ्यो तर सदैव उनी एक कदम अगाडि हुन्थे । अन्तत सन् १९६४ मा सात्र्रलाई उनको स्वतन्त्रताप्रतिको भावना र सत्य खोजका लागि गरिएको समृद्ध विचार तथा कामले तत्कालीन विश्वलाई प्रत्यक्ष प्रभाव पारेको भनेर नोवेल साहित्य पुरस्कार प्रदान गरिएको थियो । आश्चर्य त, सात्र्रले व्यक्तिगत तथा सैद्धान्तिक असहमतिका वस्तुनिष्ठ तर्कहरू देखाउँदै विनम्रताका साथ अस्वीकार गरिदिए । समयले सात्र्रलाई बीसौं शताब्दीका साहित्य र दर्शनको बिचमा एउटा यस्तो सेतु बनाइदियो, जसले दुवै क्षेत्रमा नवीन वर्तमान र मानवतावादी अस्तित्वको छाप छोड्न सफल भए । उनको क्रान्तिकारी विचारले तत्कालीन समाज, धर्म र सिद्धान्तमा पारेको प्रभावले सात्र्रको प्रतिष्ठाको आकार समयको दाँया किनारमा झाँगिदै थियो भने बाँया किनारमा निन्दाका काँडाहरू उम्रँदै थिए । शारीरिक रूपमा उनी राम्रा थिएनन् । शरीरले उनी छोटा थिए । उनको एउटा आँखामा समस्या थियो तसर्थ सदैव मोटो चस्मा लगाउँथे । उनी आफूलाई कुरूप ठान्थे । तर उनको उपस्थिति विशाल, उनको प्रसिद्धि विकराल र उनको दर्शनमा भीमकाय यथार्थताको शब्दहरूले कुँदिएकोे मानवतावादी दस्तावेज थियो ।
उनको साहित्यिक र दर्शनका पुस्तकहरु बिक्नुको साथै फ्रान्सेलीहरूमा चर्चा हुने गर्दथ्यो । यी सबै दृश्य र परिदृश्यहरूमा सात्र्र अत्यन्तै कम मानिसहरूका बुझाइको मस्तिष्कमा छाएका थिए । धेरै मानिसहरूबाट टाडा रहनु र धेरैले बुभ्mन नसक्नु नै उनको साहित्यिक लेखन र व्यक्तित्वको मुख्य आकर्षकको केन्द्र थियो । उनी आफैंले निर्धारण गरेको धारणा नै अन्तत तमाम मानव समक्ष एउटा चुनौतीको पात्रको रूपमा उपस्थित गराइदिएको थियो । सात्र्र र सात्र्रको दर्शन कठिनाईपूर्ण जीवनको पर्यायवाची नाम बनेको थियो ।
सात्र्रले पँुजीवादी विचारधारा र समाजको घोर विरोधी र माक्र्सवादी विचारधारा र समाजको घनघोर समर्थकको रूपमा आफूलाई उभ्याएका थिए । पुँजीवादमा जीवनको स्वतन्त्रता पैसाको वरिपरि घुम्दछ । यो नै पुँजीवादी समाजको आम चरित्र हो । जुन समाजमा हामी जीवन बिताइरहेका छौं, त्यहाँ पैसालाई नै सर्वेसर्वा शक्ति मानिएको हुन्छ । जोसँग पैसा छ, उसैसँग भक्ति हुन्छ । जोसँग पैसा छ, उसको अपराध पनि माफ हुन्छ र जोसँग पैसा छैन, उसको आप्mनो त छाडाँै, छिमेकीको समेत सजाय भोग्नपर्ने हुन्छ । यही सत्यताको निकट रहेर उनले जीवनभर पुंँजीवादी व्यवस्था र विचारको विरुद्धमा पेरिसका गल्ली गल्लीमा विरोधका स्वरहरू उजागर गरे । साम्यवादी विचारधारालाई जीवनभर समर्थनमात्र गरेरन् बरु युरोपमा कम्युनिस्ट आदर्शको स्वादका लागि स्तालिनको विरोधदेखि कम्युनिस्ट विचारधारामा आधारित रहेर थुप्रै लेखहरू लेखे । साम्यवादको समर्थन र पुँजीवादी विचारविरुद्धमा गरिएका आन्दोलनको क्रममा पेरिसका प्रहरीले जेलमा राख्दा तत्कालीन फ्रान्सका राष्ट्रपतिले नोबेल पुरस्कार विजेतालाई फ्रान्सले जेलमा राख्न सक्दैन भनी उनको रिहाइका लागि प्रहरी प्रशासनमा हस्तक्षेप गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width