हाम्रो शिक्षाको नतिजा न्यून हुनुका कारणहरु

आदर्श समाज सम्वाददाता
असार ११, २०७०

जब जब एस.एल.सी. को नतिजा प्रकाशन हुन्छ तब तब हाम्रा अभिभावकहरु, शिक्षाविद्हरु, शैक्षिक सरोकारवालाहरु शैक्षिक गुणस्तरको प्रश्नहरु उठाउनुहुन्छ र प्रश्न गर्ने गरेको पाइन्छ। शिक्षणको गुणस्तर खै ? शिक्षामा गरको लगानी खेर गयो भन्दै त्यसको सम्पूर्ण दोष शिक्षकमाथि थुपारी दिने परम्परा रहेको छ। तर यथार्थ के त्यस्तो हो त – के शिक्षामा गरेको लगानीको प्रतिफल एस.एल.सी. उत्तीर्णमात्र हो ? अनि एस.एल.सी. मा अनुत्तीर्णहुँदैमा शैक्षिक ज्ञान नहुनु हो ? यसतर्फ पनि सोच्नु जरुरी छ। शिक्षामा गरेको लगानी भ्।ऋ।म् ९भ्बचथि ऋजष्मि अबष्च) बाट विश्वविद्यालयसम्मको लगानी होइन ? यसको मापदण्डको आधार के – कक्षा-१० को एस.एल.सी. मात्र हो न त शिक्षाको सुरुवात हो न त अन्त्य। विद्यालय शिक्षाको अन्त्य पनि अब त कक्षा-१२ भइसकेको सन्दर्भलाई कक्षा-१० को नतिजाको आधारमा मूल्याड्ढन गर्न कतिको सान्दर्भिक होला – यसतर्फ सबैको ध्यान जान जरुरी छ।

एस.एल.सी. को नतिजा विश्लेषण गर्दा त्यसको जग अर्थात आधारभूत तहको लगानीतर्फ किन ध्यान जान सकेको छैन। जग बलियो भएन घर र केवल मा.वि. पढाउने शिक्षकको गर्धनमा मात्र तरवार तेसार्ने गरिन्छ ? के यो सान्दर्भिक हो त ? पक्कै पनि होइन। फेरि शैक्षिक उत्पादन राम्रो नराम्रो हुनुमा शिक्षकहरुको कुनै पनि भूमिका नभएको हो त ? यो पनि होइन । उनीहरुको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ? शिक्षा लिने वा पाउने विद्यार्थी हुन् शिक्षा दिने शिक्षकले हो। यसमा कसैको पनि दुइमत छैन। फेरि भ्ऋम् विश्वविद्यालयसम्म शिक्षा दिने शिक्षक वा प्राध्यापकहरु नै हुन्। त्यसैले शिक्षकको भूमिका प्रत्यक्ष रहेको हुन्छ। भनिन्छ, यदि शिक्षक कक्षामा उड्यो भने विद्यार्थी दौडन्छ, शिक्षक दौड्यो भने विद्यार्थी हिँड्छ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्दछ, शिक्षक बस्यो भने विद्यार्थी सुत्दछ शिक्षक सुत्यो भने विद्यार्थी मर्दछ। त्यसैले विद्यार्थीलाई मार्ग निर्देशन गर्ने शिक्षकले हो उ विद्यार्थीलाई सक्रियरुपमा सहभागी गराउन सक्रिय हुनु जरुरी छ। तर हामी शिक्षकहरु त्यसो गर्दछौं त ? हामीले सोच्नुपर्ने बेला आएको छ।

के शिक्षकलाई उड्न दिने वातावरण हाम्रो शैक्षिक प्रशासनले समाजले राजनीतिले प्रदान गरेको छ – यस अवस्थामा हामी सबैले सोच्नु जरुरी छ। हाम्रा विद्यालयमा नतिजा न्यून हुनका कारणहरु धेरै हुन सक्दछ तीमध्ये प्रमुख कारणहरु यसप्रकार छन्ः-

शैक्षिक संस्थाहरुमा बढ्दो राजनैतिक हस्तक्षेप हुनु । जसको प्रभावले शिक्षक प्रधानाध्यापक नियुक्ति प्रक्रियामा राम्राभन्दा पनि हाम्रा मान्छेहरुले अवसर पाउनु जसका कारणले सक्षम व्यक्तिहरु शिक्षाबाट पलायन हुनु।

विद्यालयहरुमा शैक्षिक गतिविधिहरुका बारेमा छलफल नै नहुनु । नेपाल सरकारका नीति निर्देशनहरु राष्ट्रिय रुपमा अगोष्ठीमा छलफल हुन्छन् ती नीति निर्देशन प्रधानाध्यापकहरुमा मात्र सीमित हुन्छन् तर प्रधानाध्यापकहरुले आफूले कक्षामा पनि नपढाउने, अन्य शिक्षकहरुलाई स्टाफ मिटिङ गरी सर्कुलेशन पनि नगर्ने । यसले गर्दा केन्द्रबाट आएको निर्देशन प्र.अ. सम्म आइपुग्छ तर त्यो धारो त्यही बन्द हुन्छ र तल विद्यार्थी रुपी भाडोमा पर्न नै पाउँदैन। अनि कसरी शिक्षाको गुणस्तर वृद्धि हुन्छ ?

शिक्षकहरु शिक्षणलाई मुख्य पेशाको रुपमा नलिनेभन्दा अन्यत्रतर्फ बढी समय दिने गरेको पाइन्छ। सायद कुन संस्था होला त्यसको सबै सदस्यहरु शिक्षकभन्दा बाहिर रहेको ? राजनीति संगठनमा कमिटिदेखि वन समिति उपभोक्ता समिति मानवअधिकार समिति, सहकारी यहाँसम्मकी महिला समितिमा पनि पुरुषहरु नै रहेका वा समितिमा नबसे पनि सम्पूर्ण कार्यभार पुरुष शिक्षकहरुले नै लिने गरेको पाइन्छ।

विद्यार्थीहरुमा लगनशीलताको अभाव रहेको पाइन्छ। आज विद्यार्थीहरु पढाइप्रति पटक्कै लगनशील भएको पाइदैन। उनीहरु मोबाइल, इन्टरनेट, टिभी च्यानलहरु खेलमा बढी लगनशील भएको पाइन्छ तर पढाइप्रति उनीहरुको लगनशिलता ज्यादै न्यून रहेको पाइन्छ।

विद्यार्थीहरु आजभोलि अनुशासन लिन हुँदै गएको पाइन्छ। दण्डहिनताको कारण बालमैत्रीको गलत व्याख्या भएको कारणले उनीहरुमा अनुशासन घट्दै गएको पाइन्छ । जसले गर्दा हाम्रो शिक्षक कमजोर हुँदै गएको पाइन्छ। उदार कक्षोन्नतिको अपव्याख्या पनि यसको प्रमुख कारण हेा । उदार कक्षा उन्नति भनेको विद्यार्थीहरुलाई सिकाउनेक्रममा सिक्नुपर्ने कुरा कति हुन कति सिक्न सक्यो र कति बाँकी छन् सो कुराको जानकारी अभिलेखसहित कक्षा उन्नति गर्नु हो र नजानेका कुरा उपल्लो कक्षामा शिक्षण गर्दै अगाडि बढ्नु हो तर त्यसलाई जाने पनि नजाने पनि कक्षा चढाउनु भन्ने भ्रमले गर्दा शिक्षकको गुणस्तर झन ब्रि्रेको छ।

हाम्रा शिक्षकहरु अझै पनि अध्यापन गर्न संस्कारै छैन । पाठ्यपुस्तकभन्दा बाहिर न त पाठ्यक्रमको अध्यापन छ न त एचभाभचभलअभ द्यभयप को सन्दर्भ सामग्रीको अध्यापनको अभाव । खै स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा शिक्षकहरुका लेख रचना – जसले गर्दा दिन प्रतिदिन शिक्षाको ज्ञान साँघुरिदै गएको छ।

एस.एल.सी. लाई ठूलो हौसलाको रुपमा लिइएको छ । ज्ञान एस.एल.सी. मात्र होइन, आधारभूत तहको ज्ञान पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको छ। तर त्यसतर्फ कसैको पनि ध्यान गएको पाइँदैन। एस.एल.सी. न त शिक्षाको सुरुवात हो न त अन्त्य तर अनावश्यक हौसला बनाएर विद्यार्थीहरुमा विषयगत कमजोरी हटाउने प्रयास नुहुन। विद्यालयले शिक्षकलाई पैसा कमाउने माध्यम बनाइएको छ।

जिम्मेवारी दिने सवालमा विषयगत योग्यता र दक्षताभन्दा प्रधानाध्यापकको निकटताको हिसाबले जिम्मेवारी दिने र योग्यता भएकाभन्दा नभएका व्यक्तिले जिम्मेवारी पाउने जसले गर्दा विद्यार्थीका विषयगत कमजोरीहरु पत्ता लगाइ एकोहोरो शिक्षण गर्ने जसले गर्दा नतिजा न्यून रहेको छ।

शिक्षक संगठनहरु : हाम्रो शिक्षकका संगठनहरु अझै पनि कुनै राजनैतिक पार्टीका मातृ संगठनको रुपमा कार्यरत छन्। उनीहरु राजनैतिक संगठनको वैचारिक संगठनको रुपमा सक्रिय धन पेशागत संगठनको रुपमा विकास हुन सकेको छैन। शिक्षकहरु पेशागत संगठनमा संगठित हुनु अधिकार हो तर वैचारिक संगठनको सदस्य भई सक्रिय हुनु गलत हो। जसले गर्दा हाम्रो शिक्षा कमजोर हुँदै गएको छ र शिक्षामा प्रत्यक्ष दलिय राजनीतिक प्रभाव छ। शिक्षकले राजनीति गर्नुपर्छ। तर त्यो राजनीति शिक्षाको हुनुपर्‍यो शिक्षामा जनसहभागिता जुटाउनु पर्‍यो अशिक्षालाई न्यूनीकरण गर्नु पर्‍यो प्रमुख राजनैतिक दलका एजेण्ट हुनु भएन।

शिक्षाको गुणस्तर सुधारका उपायहरुः

शिक्षकलाई आफ्नो विद्यार्थीको नतिजाप्रति जवाफदेहि बनाउनु पर्दछ। राम्रो नतिजा ल्याउने शिक्षकलाई प्रोत्साहन र नराम्रो नतिजा ल्याउनेलाई त्यसको कारण खोजी आवश्यक कारबाही गर्नुपर्छ।

विद्यालयलाई शैक्षिक संस्थाको रुपमा विकास गर्नुपर्छ। राजनैतिक हस्तक्षेपबाट पूर्णरुपमा अलग गराउनु पर्दछ। विद्यालयहरुलाई विभिन्न संघसंस्थाहरुको पूर्ण सहयोग हुनुपर्दछ। अभिभावकहरु पूर्णरुपमा सचेत हुनुपर्दछ। आफ्ना बालबालिकाका लागि बेलाबेलामा शिक्षकहरुसँग छलफल गरी जानकारी राख्नुपर्दछ। विद्यार्थीहरु पनि शिक्षकका पाठ्यपुस्तक हुनु ती पाठ्यपुस्तक शिक्षकलाई पढाउनु पर्दछ। शिक्षकले पनि उक्त पाठ्यपुस्तक पढ्नुपर्दछ।

एस.एल.सी.लाई वर्तमान अवस्थाको नतिजामुखी नभएर ग्रेडि· पद्धतिको विकास गराउनुपर्दछ। जसले गर्दा शिक्षामा देखिएको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुन्छ।

रहरले र रहरको विषय पढाऔं बलको विषय होइन। पढाउन रहर गरेको विषय पढ्न रहर गरौं। पढ्न डराएको विषय पढाउन रहर नगरौं। बलले पढाएर हजारौं विद्यार्थीको भविष्य अन्धकारमा नधकलौं। विद्यार्थी र अभिभावकको आँखाको आँशुदेखि डराऔं। शिक्षाको गुणस्तर अवश्य सप्रन्छ। पढ्ने वातावरण तयार गरौं। पढाउने वातावरण तयार गरौं। यसैमा शिक्षाको गुणस्तर अडेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts