सन्दर्भ: शिवरात्रिको पावन पर्व

भगवान शिवको उपासनामा शिवरात्रिको महत्व

विष्णुप्रसाद श्रेष्ठ
फागुन ९, २०७६

भगवान पशुपतिनाथलाई भारतस्थित भगवान केदारनाथको शिरो भाग मानिएकोे हो । यस्तैगरी १२ ज्योतिर्लिङ्गको दर्शन गरेपछि पशुपति नाथको दर्शन नगरेमा ज्योतिर्लिङ्गको दर्शनको फल प्राप्त नहुने बताइएको छ ।

भगवान् शिव शाश्वत एवं व्यापक हुनुहुन्छ । भगवान् शिवलाई अलौकिक, अगम्य एवं शक्तिशाली पनि भनिएको छ। भगवान्का सगुण र निर्गुण गरी २ रुप मानिन्छ । निगुण रुपमा भगवान् सर्वव्यापी र सर्वज्ञ भएर पनि उहाँ निस्कृय रुपमा चिनीन्छ। यस्तै गरी उपासनामा पनि निर्गुण उपासना र सगुण उपासना गरी २ भेद बनाइएको छ । भगवान्लाई नाम, रुप भन्दा पर तर व्यापक स्वरुपमा उपासना गर्नु निगुर्ण उपासना हो । यो उपासना कठिन मानिन्छ ।
सगुण उपासनामा भगवान्को महिमा श्रवण गर्नु भगवान्को प्रीतिको लागि किर्तन गर्नु,भगवान्को स्मरण गर्नु, पादसेवन गर्नु,भगवान्को अर्चना गर्नु, पूजा एवं वन्दना गर्नु,तथा आत्म निवदेन गर्नु प्रमुख मानिन्छ । भगवान्का भक्तहरुप्रति आदर सत्कार गर्नु, पूजाको अनुमोदन गर्नु,कथा लगाउनु एवं कथा श्रवण गर्नु, भगवान्को आश्रय लिनु र नित्य स्मरण एवं नाम जप गर्र्नु सगुण उपासनको अंग मानिन्छ । भगवान्को निरन्तर नाम स्मरण गर्नाले मनुष्यको अन्तस्करण र हदयमा एक प्रकारको आत्मशक्ति उत्पन्न हुन्छ । जसले गर्दा उसले अभिष्ट फल प्राप्त गर्दछ ।
भगवान्का अनेक नाम छन् । यसमा शिव नाम भगवान्लाई मन पर्ने नाम हो । यो दुई अक्षरी नामलाई तारक ब्रह्म पनि भनिन्छ । जसरी राम नामलाई तारक मन्त्र कहिएको छ । भनिएको छ । भगवान् भक्तवत्सल हुनुहुन्छ । भक्तको कुशल क्षेमकोे चिन्ता भगवान् गनुर््हुन्छ । त्यसैले भक्तले जाति खेर पनि भगवान्को नाम जप र स्मरण गर्नुपर्छ । पद्मपुराणमा नाम स्मरण गर्नका लागि शुचिनीचिकोे आवश्यक पर्दैन भनिएको छ । आशौच परेको बेला पनि नाम स्मरण गर्न सकिन्छ । नाम स्मरण गर्नाले शत्रुको भय बन्धनबाट छुटकारा पाई मोक्ष प्राप्त गर्न सकिन्छ । भगवानलाई बेलपत्र र गाईको दूध शिवलिङगमा चढाउनाले भगवान अति खुशी हुने बताइएको छ । शिवरात्रिमा गाईको दूध र बेलपत्र चढाउनाले अंसख्य फल प्राप्त हुन्छ ।
ओमको ध्वनि भगवानको मुखबाट प्रस्फुटित भएको थियो । यसकारण ओंकार भगवानको आत्मा मानिन्छ । ओमको मंत्र जप्नाले शिव स्वरुपको प्राप्ति हुने बताईएको छ । त्यसैले मंत्रमा ओम लगाउन आवश्यक पर्छ । सो जपबाट आत्म स्वरुपको प्राप्ति हुन्छ र,सारा विघ्न नास हुन्छ । यस्तैगरी सम्पूर्ण सिद्धि प्राप्त हुन्छ । भगवान लाई अचिन्त्य एवं अलौकिक मानिन्छ । भगवानलाई हाम्रा इन्द्रियले पहिचान गर्न सक्दैन,व्यवहारमा ल्याउन सकिँदैन । वाणि बाट व्यत्तः गर्न सकिँदैन र सर्वव्यापी हुनुहुन्छ ।
भगवान शिवलाई जगत्गुरु तथा आदिगुरु पनि मानिन्छ । सम्पूर्ण विधाको उत्पत्ति उहाँबाट नै भएको मानिन्छ । तन्त्र मन्त्र एवम् यन्त्रको उत्पत्ति पनि उहाँबाट नै भएको थियो । योगका आदिगुरु भगवान शिव नै हुनुहुन्छ । आशुतोष भगवान शिव साधकलाई दिव्य शक्ति प्रदान गर्नुहुन्छ जसबाट अविद्याको नाश हुन्छ । शास्त्रमा बताइए अनुसार गुरु विना ज्ञान हुँदैन र इष्टदेवको दर्शन पनि हँुदैन । त्यसैले इष्टदेवको आशिर्वाद प्राप्त गर्नका लागि पनि भगवान शिवको अनुकम्पा आवश्यक छ । भगवान शिवको कृपा विना शास्त्र, कला, विधा तथा ज्ञान विज्ञानको क्षेत्रमा प्रवेश गर्न सकिँदैन । भगवान शिव एक निर्विकार,नित्य विज्ञान आनन्दघन परब्रह्म परमात्मा हुनुहुन्छ ।
भगवान शिव देवका पनि देव भएकाले महादेव मानिनुहुन्छ । सृष्टि हुनुपूर्व पनि शिवको अस्तित्व थियो भने यस ब्रह्माण्डको प्रलय पश्चात पनि शिवको अस्तित्व कुनै न कुनै रुपमा रहिरहन्छ । त्यही शक्तिबाट पुनःब्रह्माण्डको सृष्टि हुन जान्छ । भगवान शिवको उपासकले भगवानलाई शिव लिङगको रुपमा पूजा गर्दछन् । भगवानको स्थूल मूर्तिलाई शिव लिङ्ग भनिन्छ । वास्तवमा यो ब्रह्माण्ड नै शिवलिंग हो । शिवलिङ्गको उत्पत्ति भएको रातलाई नै शिवरात्रि भनिन्छ ।
भगवान ब्रह्मा र विष्णुका बीचमा श्रेष्ठताको विषयलाई लिई विवाद बढेपछि सत्यनिरुपण गर्न भगवान शिवबाट शिवलिङगको उत्पत्ति भएको थियो । जसले त्यस लिङ्गको आदि र अन्त्य पत्ता लगाउन सक्छ । उनै श्रेष्ठ मानिन्छ भनिएको थियो । तर, दुवैले आदि र अन्त्य पत्ता लगाउन सकेनन् । त्यसकारण शिव लिङ्ग अनन्त छ ।

योग साधनाबाट भगवानलाई खुशी बनाउन सकिन्छ । यस जगतमा योगको प्रचार गर्न भगवानले गोरखनाथ आदिशंकराचार्य, महावतार बाबाजी, उपमन्यु आदि विभिन्न रुपमा अवतार लिनु भएको बताइएको छ । भगवान शिवको उपासना गर्ने विभिन्न पर्वहरु मध्ये शिवरात्रि सबैभन्दा महत्वपूर्ण पर्व हो । यस रात्रिमा जाग्राम रही जप,पाठ, कीतर्न,ध्यान स्तुति गर्न सके मनोकामना पूरा हुन्छ भनिएको छ । नेपालमा भगवान पशुपतिनाथ स्वयं प्रतिष्ठित हुनु भएकोले शिवरात्रिको उक्त महत्व बढन गएको हो ।

भगवान शिवलाई पशुपति पनि भनिन्छ । सम्पूर्ण प्राणीलाई पशु मानिन्छ भने, पशुका मालिक भएकाले पशुपति भनिएको हो । भगवान पशुपति नेपालका राष्ट्रदेवता हुनुहुन्छ । भगवान पशुपतिनाथको कृपाले नै नेपालमा अनिष्ट हुन पाएको छैन । भगवान पशुपतिनाथलाई भारतस्थित भगवान केदारनाथको शिरो भाग मानिएकोे हो । यस्तैगरी १२ ज्योतिर्लिङ्गको दर्शन गरेपछि पशुपति नाथको दर्शन नगरेमा ज्योतिर्लिङ्गको दर्शनको फल प्राप्त नहुने बताइएको छ । भगवान आशुतोष हुनुहुन्छ । शिव छिटो खुशी हुने भएकाले आशुतोष भनिएको हो । भगवानलाई विधि विधान भन्दा पनि भक्ति प्यारो लाग्छ । व्याधाले मृगको शिकार गर्न चलाएको वाणले बेलपत्रमा लागि सो बेलपत्र शिवलिङ्गमा पर्दा भगवान शिव खुशी भई वरदान दिएको प्रसंग शास्त्रमा वर्णन छ ।
भगवान शिवको स्थूल मूर्तिमा भन्दा शिवलिङ्गमा आराधना गर्ने बढी प्रचलन छ । शिवलिङ्ग बुद्धि र ज्ञानको प्रतीक हो । शिवलिङग वालुवाबाट, प्रस्तरबाट, धातुबाट र रसबाट बनाईन्छ । शिवलिङगमा नर्मदेश्वर शिवलिङग र पारद रसलिङ्गको बढी मह्त्वका मानिन्छन् । तर यो भन्दा बढीे महत्व आस्था र भक्तिको हो । भगवान शिवको पूजामा लिङ्ग भेद पनि छैन र जाति भेद पनि छैन । भगवानको उपासना जस्ले पनि गर्न सक्छ ।
भगवान शिवलाई रुद्राक्ष मनपर्छ । भगवान रुद्रको आँसुबाट बनेको हँुदा रुद्राक्ष भनिएको हो । १ मुखे रुद्राक्ष स्वयं शिवस्वरुप मानिन्छ भने जोडिएको रुद्राक्षलाई अर्धनारीश्वर मानिन्छ । रुद्राक्ष १४ मुखेसम्म पाइन्छ । शिव उपासकले रुद्राक्षमाला धारणा गर्छन् भने रुद्राक्षको मालाले जप गर्छन् ।
भगवान शिवलाई बेलपत्र मनपर्छ । त्यसैले शिवरात्रिमा वा अन्य कुनै पनि कार्यमा गाईको दूध र बेलपत्र चढाउन सके उत्तम मानिन्छ । बेलपत्रमा ३ वटा पत्रहरु हुन्छन् । यी पातहरुलाई ब्रह्मा विष्णु र शिवको स्वरुप पनि मानिन्छ ।
भगवान शिवबारे असङख्य मन्त्रहरु छन् । ती मन्त्रहरुमा ओम् नमःशिवाय को पंचाक्षरीमन्त्र उहाँलाई छिटो खुशी पार्ने मन्त्र हो । त्यस्तै गरी महामृत्युञ्जय मन्त्र पनि लाभदायक मन्त्र हो । भगवान शिवलाई खुशी पार्ने उपासनामा योग प्रमुख उपासना हो । त्यसैले शिव उपासकहरु प्रायः योगी हुन्छन् । विभिन्न प्रकारका योग साधनाबाट भगवानलाई खुशी बनाउन सकिन्छ । यस जगतमा योगको प्रचार गर्न भगवानले गोरखनाथ आदिशंकराचार्य, महावतार बाबाजी, उपमन्यु आदि विभिन्न रुपमा अवतार लिनु भएको बताइएको छ । भगवान शिवको उपासना गर्ने विभिन्न पर्वहरु मध्ये शिवरात्रि सबैभन्दा महत्वपूर्ण पर्व हो । यस रात्रिमा जाग्राम रही जप,पाठ, कीतर्न,ध्यान स्तुति गर्न सके मनोकामना पूरा हुन्छ भनिएको छ । नेपालमा भगवान पशुपतिनाथ स्वयं प्रतिष्ठित हुनु भएकोले शिवरात्रिको उक्त महत्व बढन गएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width