वृद्धवृद्धाका लागि दिवा सेवा : आजको आवश्यकता

आदर्श समाज सम्वाददाता
असार २६, २०७०

उमेरले वृद्ध अवस्थाको पूर्वाद्ध सुरु भएको हुनाले होला वृद्धवृद्धालाई बाटोमा देख्दा पनि सम्वेदनशील हुन्छु। भविष्यमा आफ्नो पनि यस्तो अवस्था आउनेछ भन्ने सोच मनमा आइरहन्छ। मानिस चेतनशील प्राणी हो। जन्मेपछि मृत्यु सत्य हो। यसमा कसैको दुर्इ मत छैन। बाँचिन्जेल तेरोमेरो, लोभलालच, धनसम्पत्ति, पापधर्म, छोराछोरी आदिमा हामी रमिरहेका हुन्छौँ। मर्न नपर्ने गरी व्यवहार गछौर्ं मरेपछि के हुने हो कसलाई थाहा छ र ? मरेको मान्छे को फकर्र आएर मरे पछिको अनुभूति बताउन आएको छ र ? तर बाँचिन्जेल हामी निरोगी भएर बाँच्न सक्यौँ भने नै बाचेको सार्थकता रहन्छ हामी दीर्घरोगी भयौं भने सम्मानका साथ भावी सन्नतीले निरन्तरता सेवा गर्ने छैन। यदि हामी दीर्घरोगी भयौं भने त्यतिखेर झन्झट मान्छन् सके सम्म वृद्धआश्रमतिर छोडेर आउन पनि बेर मान्दैनन्।

हामी जन्मेदेखि विभिन्न उमेर पार गर्दै जान्छौँ। बाल्यकाल थाहै नभई जान्छ। जस्तो परिवार,संस्कार, रीतिरिवाजमा हर्र्कियौँ त्यसको प्रभाव अन्त्य कालसम्म परिरहन्छ। हाम्रो पालाको जस्तो आजकलको बालबच्चाको हर्काइ र संस्कार छैन। आफ्नो हैसियतले भ्याइ नभ्याई पनि आधुनिक र देखासिकीमा हर्काएको हुन्छ त्यसको प्रभाव पछि गएर ती बालबालिकालाई कस्तो असर पर्दछ भन्ने कुरामा ध्यान भने गएको हुँदैन। हामी बाल्यकाल पार गर्दै युवा अवस्थामा गरिएको घर व्यवहारमा जीवन बित्दछ। तर त्यो घर व्यवहार जे जसरी बिते तापनि हामीले अन्तिममा वृद्ध अवस्था नै गुजार्नुपर्दछ। त्यो बेला -समय) अति नै गाह्रो र सम्वेदनसिल हुन्छ। यस्तो अवस्थामा अरुको भोगाईबाट मैले अनुभव गरिरहेको छु। वृद्ध अवस्थामा आफ्नो नाममा केही सम्पत्ति भएमा सम्पत्तिको लोभले केही मानवीयता देखाई माया ममताले केही स्याहार सम्भार पाउँछ। अप्रत्यक्ष रूपमा ती वृद्धले आफूलाई हेला र घृणाको अनुभव गरेमा उसलाई मानसिक रोग लाग्न पनि सक्छ। वृद्ध अवस्थामा मानिसलाई निम्न कुराहरूको समस्याले गर्दा जीवनयापन गर्न गाह्रो भएको  देखिन्छ।

१. परिवर्तित समय

२.खानपानमा फरक

३.वृद्धहरूको मानसिक, मनोवैज्ञानिक अवस्था नबुझ्नु

४.विचारधारा तथा कुरा नमिल्नु

५. फरक पुस्ता तथा आधुनिकता

६. वृद्धमा पुरानो सोच हुनु

७. तातो र न्यानो खोज्नु

८.दीर्घरोगी हुनु

९.आधुनिकतालाई सामजस्य गर्न नसक्नु

१०.परिवारको सदस्यले समय नदिनु

११. छोराछोरी विदेशिनु

१२.मानसिक अवस्था कमजोर हुँदै जानु

१३. आफ्नो नाममा सम्पत्ति नहुनु

उपयुक्त कुराले गर्दा वृद्ध अवस्थामा समय बिताउन गाह्रो हुन जान्छ। वृद्धहरूलाई सबैभन्दा गाह्रो के देखिन्छ भने उनीहरू धेरै बोल्न पर्ने हुन्छ र उनीहरूले आफ्ना पालाको कुरा सुनाउन चाहन्छन् तर अहिलेका पुस्ताले उहिलेको कुरा खुइले भनेर खिसी गरिदिन्छन्। त्यस अवस्थामा उनीहरूको कुरा ध्यान दिएर सुनिदिने मानिस नहुँदा समय बिताउन सक्दैन घरमा भएका छोरा बुहारी काममा व्यस्त हुनु, बालबच्चा आफ्नो पढाइमा व्यस्त रहने हुनाले ती वृद्ध बावुआमा कोसँग बोलेर बसुन पनि। त्यस कारण यस्ता वृद्धहरूलाई एक ठाउँमा जम्मा भएर उनीहरूले भलाकुसारी गर्ने ठाउँ भइदिएमा उनीहरूलाई समय बिताउन सजिलो हुन्छ। आजभोलि विदेश जाने लहरले गर्दा वृद्ध अवस्थामा एक्लो जीवन बिताउन बाध्य भएका वृद्धहरूले पैसाले वृद्धहरूको मनोभावना बुझाउन सक्दैन। आफ्नो नाममा सम्पत्ति नहुँदा झन अपहेलना बेहोर्र्नुपर्ने बाध्यता झन ठूलो समस्या आउने गर्दछ। कुनै बेला छोरा बुहारी धेरै दिनको लागि बाहिर जानुपरेमा त्यस बेला ती बुवाआमालाई राख्न आवासको जस्तो व्यवस्था भइदिए बाहिर जाने पनि ढुक्क भएर जाने र त्याहाँ बसुन्जेल ती बुवाआमालाई पनि सुविधासहित बस्न सक्ने भएमा कति राम्रो हुने थियो। विदेशमा यस्ता वृद्धावृद्धहरूलाई राख्नको लागि खोलिएको सेन्टरमा सरकारले ९० प्रतिशत सहयोग गर्ने गर्दछ। विदेशमा यस्तो किसिमको सेवाले ठूलो व्यवसायको रूप लिएको छ।

बुढाबुढी भएकाको लागि दिवा सेवाको लागि मात्र भए पनि वृद्धवृद्धाका लागि दिवा सेवा केन्द्र खोल्न सके वृद्धवृद्धालाई सजिलो हुने थियो। यसरी यस्तो सेवा केन्द्रमा दिनभरि वृद्धावृद्ध जम्मा हुने,उनीहरू एक आपसमा भलाकुसारी गरी समय बिताउन सक्ने थिए। त्यसको लागि अत्याधुनिक सुविधासहितको सेवा दिन सकेमा ती वृद्धहरू खुसीसाथ समय रमाएर समय बिताउन सक्ने थिए। त्यसकारण ती वृद्धहरूलाई आजभोलिको बच्चालाई प्रिप्राईमरी स्कुल जस्तै वृद्धा दिवा सेवाको अति नै आवश्यकता रहेको देखिन्छ। पछि यस सेवालाई दिवा तथा रात्रि सेवाको रूपमा पनि सञ्चालन गर्दै लैजान पनि सकिने छ। नेपालमा पनि वृद्धावृद्धाको लागि दिवा सेवाको आवश्यकताको कुरा गयौ भने गरौं न त भन्नेहरू धेरै मौखिक रूपमा कुरा त धेरैले भेटिने गर्छनन् तर बिरालोको घाटीमा घण्टी कसले झुण्डाउने भने जस्तो छ यसको लागि।

उक्त कार्यको लागि नेपाल सरकारले सोच ल्याएको छ। कुनै सङ्घसंस्था अथवा कुनै व्यक्तिले खोल्ने आँट गर्न सकेको छ। वास्तवमा भन्ने हो भने नेपाली समाजमा यस्तो दिवा सेन्टरको अति नै आवश्यक देखिन्छ। बावुआमाले १० जना छोराछोरीलाई ती बावु आमाले जसरी हर्काएको हुन्छ तर पछि ती १० जना छोराछोरीले ती बावु आमालाई पाल्न नसकेको समाजमा यो अति नै आवश्यक देखिएकोले सरकारी पहलबाट नै यसको अवधारण लागु गर्न सकेमा यस्ता सेवाहरूको निजी स्रोतबाट पनि सञ्चालन हुँदै जाने थियो।

Related News

सम्बन्धित समाचार

hero news full width