राजनीतिले गाँजेको सार्वजनिक शिक्षा

बाबुकाजी कार्की
फागुन १६, २०७६

सबै राजनीतिक दलहरुले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको सङकल्प गरेमा निश्चयनै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ ।

समृद्ध नेपाल बनाउन दक्ष जनशक्तिको खाचो पर्दछ । दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्दछ । शिक्षण संस्थाहरु विद्यार्थीको रुची क्षमता र आवश्यकता अनुसार जीवनोपयोगी शिक्षा आर्जन गर्ने थलो बन्नु पर्दछ । विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरुको ऊर्जाशील क्षमतालाई सामाजिक रुपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले निर्णायक भूमिका खेल्दछ । भनिन्छ बाली लगाउन ६ महिना, फलफूल फलाउन १० वर्ष र समयानुकूल दक्ष जनशक्ति बनाउन सय वर्षे दूरदर्शी योजना चाहिन्छ ।
राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्व सामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतीलाई न्यूनीकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान रहन्छ । त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ती प्रतिस्पर्धी र प्रतिष्ठित देशको रुपमा उभ्याउन शिक्षामा अशोभनीय राजनिित गर्न तत्काल त्याग्नु पर्दछ । सबै राजनीतिक दलहरुले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको सङकल्प गरेमा निश्चयनै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ ।
तसर्थ, “शिक्षामा राजनीति की राजनीतिमा शिक्षा” भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ । शिक्षण संस्थामा कार्यरत शिक्षक देखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठन पाठनलाई केन्द्रमा राखेर नीति नियम, योजना निर्माण र कार्यान्वयन गरिनुपर्दछ । उनीहरूको कार्य दक्षताको मूल्याङकन विद्यार्थीले हासिल गरेको उपलब्धीस्तर र प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा दाँजेर हेरिनुपर्दछ ।

चेतनास्तरलाई परिष्कृत गर्न शिक्षा अपरिहार्य छ । मानवको अन्तरनीहित प्रतिभाको आविस्कार गरेर त्यसको रचनात्मक, सकरात्मक र सिर्जनात्मक काममा लगाउने खालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षित र चेतनशील नागरिकमा राजनैतिक चेतना पनि उच्च हुनु स्वभाविकै हो । अहिले राजनीति शब्दलाई नेपालमा सकारात्मक भन्दा नकारात्मक किसिमले हेर्ने गरिन्छ । अनियमित, अस्वभाविक, अनैतिक काम र घटनासँग जोडेर राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा पनि कमी छैन । वास्तवमा स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्छ । हरेक क्षेत्रमा अस्वभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्तता ल्याएकोछ ।
शिक्षामा विद्यालयस्तरीय होस् वा उच्च शिक्षा राजनीति व्याप्त छ । राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोको रुपमा शिक्षण संस्था परिचित हुन थालेकाछन् । टाठावाठाको भूलभूलैयामा अधिकांश विद्यार्थीले आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नु भन्दा विद्यार्थी र जनताको हकहितको नाममा गरिने विभिन्न रुपका आन्दोलनमा होमिएको पाइन्छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मका बारेमा छेउ पुच्छर थाहा हुँदैन । आन्दोलनको दुरगामी असर समेत उनीहरुलाई जानकारी हुँदैन । उच्च शिक्षाका अधिकाश विद्यार्थीको यो हालत छ भने विद्यालयको के हाल होला ? आजकल गुरुलाई कालोमोसो दल्ने,कुट्ने पिट्ने,थुन्ने जस्ता सांघातिक हमलाहरु पुरुषार्थ ठहर्छ र सामान्य घटना हुन थालेका छन् । जुन विद्यार्थी राजनीतिको विकृत रुपको पराकाष्ट हो भन्दा अन्यथा नहोला ।

शिक्षामा विद्यालयस्तरीय होस् वा उच्च शिक्षा राजनीति व्याप्त छ । राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोको रुपमा शिक्षण संस्था परिचित हुन थालेकाछन् । टाठावाठाको भूलभूलैयामा अधिकांश विद्यार्थीले आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नु भन्दा विद्यार्थी र जनताको हकहितको नाममा गरिने विभिन्न रुपका आन्दोलनमा होमिएको पाइन्छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मका बारेमा छेउ पुच्छर थाहा हुँदैन । आन्दोलनको दुरगामी असर समेत उनीहरुलाई जानकारी हुँदैन । उच्च शिक्षाका अधिकाश विद्यार्थीको यो हालत छ भने विद्यालयको के हाल होला ? आजकल गुरुलाई कालोमोसो दल्ने,कुट्ने पिट्ने,थुन्ने जस्ता सांघातिक हमलाहरु पुरुषार्थ ठहर्छ र सामान्य घटना हुन थालेका छन् । जुन विद्यार्थी राजनीतिको विकृत रुपको पराकाष्ट हो भन्दा अन्यथा नहोला ।

शिक्षक कर्मचारीलाई उनीहरुको पेशागत दक्षता र विवेक भन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्यांकन गरिनुका कारण वालवालिका गुणस्तरीय शिक्षा पाउनवाट विमुख भएका छन् । विद्यालय वर्षको २२० दिन खुल्नुपर्ने प्रावधान भएपनि ९० दिन पढाई भए ठूलो उपलब्ध्री भएको ठान्नु परेकोछ । खुलोस पनि कसरी जबकी वन्द हडताल जुलुसको प्रमुख तारो विद्यालय हुने गरेकोछ । पाठ्यव्रmम पाठ्यपुस्तकले निर्धारण गरेको समयावधि पढाई नभएको अवस्थामा हामीले कस्तो गुणस्तरीयताको अपेक्षा गर्न सकिएला ?
अतः देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकोले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्ने तर्फ प्रेरित गर्ने खालको शिक्षाको खाँचो खट्किएको देखिन्छ । हरेक प्रशासनिक निकायमा राजनीतिक गिद्धे दृष्टी राखेर च्याँखे थाप्ने प्रवृत्ति हावी भएको बग्रेल्ती उदाहरण छन् । अतः समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न शिक्षामा राजनीति केन्द्रित हुनुपर्दछ । व्यक्तिको भन्दा विधिको, नेता भन्दा नीतिको, सिम्प्टम भन्दा सिस्टमलाई सम्वोधनगर्ने खालको दृढ इच्छाशक्ति भएको राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो ।
तोकिएको आवश्यक सेवा शर्त पूरा नगरिकन शिक्षण संस्था किन खुल्दछन् रु शिक्षक,कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा आवश्यकता र चाहना अनुसार विधिसम्मत भएका छन् त ? अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? यी र यस्तै खाले कतिपय प्रश्नहरु राजनीति तर्फ लक्षित हुन्छन् । विद्यार्थी,शिक्षक कर्मचारीलाई आफ्नो योग्यता,क्षमता अनुसार दक्षता प्रर्दशन गरी विवेकपूर्ण निर्णयहरु लिनलाई राजनीतिले प्रभाव पारेको छ । आफै नीति नियम वनाउने तर त्यही नीति नियमलाई मिचेर काम गर्न विवश वनाउने प्रवृत्ति अपरिपक्व राजनीतिको हैन र ? अर्को अर्थमा भन्नुपर्दा पेशाकर्मीलाई प्रत्यक्ष ,परोक्ष रुपमा नीहित राजनीति उद्देश्यपूर्तिको लागि कठपुतली बनाएको छ भन्दा वर्तमानमा असान्दर्भिक नहोला कि ? तसर्थ भावी पीडिका राजनीतिलाई ईमान्दार बनाउन अहिले देखि नै शिक्षा दिनुपर्ने खांचो टड्कारो देखिन्छ ।
शिक्षण संस्था तोकिएको विधि र प्रव्रिmयाबाट निर्वाध रुपमा चल्न पाउनुपर्दछ । शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक, र सचेत अभिभावकको खाँचो पर्दछ । व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्दछ । राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्दछ भन्ने बारेमा शिक्षा प्रदान गरिनु पर्दछ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुग्दछ । जानी जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खलवल्याने कुत्सित नियत भएका जो कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कार समेत गर्ने नीति अवलम्बन गरिनु पर्दछ । लेखक कास्कीका पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।सं.

Related News

सम्बन्धित समाचार

hero news full width