भनेको मान्दैन

छवि सुवेदी “विजयी”
जेठ ९, २०७९

हामी सबैको भित्र दुईजना शक्तिशाली व्यक्ति छन् । दुवैका बीच बहसरुपी छलफल चल्छ । निचोड निस्केपछि प्रधानन्यायाधीश शिरान घेर टाउकामा छन् । जसको बहसरुपी वार्तालाप मन पर्छ, उसैलाई समर्थन गर्छन् । १६ वर्षपछि जीवनका सबै ढोकाहरु खुल्छन् ।मैले म भित्र बसेकालाई काम अराउँछु, उसले मान्दैन । शुभ कार्य गर्नुपर्छ, भन्छु, त्यो मान्दैन । उसैले मलाई शुभ कार्य गर भन्छ, मैले मान्दिनँ । कुनै पनि बेला कुभलो नगर । शुभ चिताऊ । किनकि तिमीलाई चेतनासँगै औजाररुपी क्षमतावान् सिंगो शरीर दिएको छ । यो सबै पञ्चतत्वको उपहार हो । तिमीले तिमीलाई नै चिनेनौ । त्यसैले आफैं भित्रकोले भनेको पनि मान्दैनौ किन …?

राजा महेन्द्र बेलायत भ्रमणमा गएको बेला एक नेपाली युवा स्वागत पंक्तिमा हातमा फूलका गुच्छा समातेर उभिएको देखेछन् । सुन्दर नेपाली टोपी र दौरासुरुवालमा सजिएर पूmल दिने बेला सोधेछन्, ‘तिम्रो घर नेपालमा कहाँ हो?’ ‘नाम पासाङ खम्बा क्षेशेर्पा र घर सोलुखुम्बु हो ।’ ‘तिमी यहाँ कसरी आयौ र के काम गर्छौ ?’ ‘म हाम्रो सगरमाथा चढ्ने बेलायती टुरिस्टको भारी बोक्थें । एक जनाले मलाय यहाँ ल्यायर फलफूल बगैंचामा काम पाएकोले बाँच्ने मेसो गरेको छु ।’

अग्लो कदको गोरो र रातो पिरो अनुहार, नेपाली पोसाकमा देखेपछि प्रभावित भै फेरि सोधेछन् । ‘तिमीलाई कसैले नेपालमा जाऊँ भनेर बोलायो भने के काम अर्न सक्छौ?’ ‘मैले पत्थर र ढुंगाले भरिएको बगरमा अंगुुर र स्याउ फलाउन सक्छु ।’ ‘तिमी नेपाल फर्कन खुसी छौ?’ ‘मलाई जन्माउने आमाको न्यानो काखमा बसेर सेवा गर्न पाए खुसीले जान्छु ।’ ‘कति पढेका छौ…? कत्ति पढेको छैन । स्याउ र अंगुुर बगैंचामा कटिङ, ग्राफ्टिङ र अन्य धेरै काम गर्न जानेको छु ।

महेन्द्रले बेलायत भ्रमण सकेर स्वदेश फर्केपछि पासाङ खम्बा क्षेशेर्पाका शब्दहरु कानमा गुञ्जेचन् । तुरुन्तै हुकुम प्रमांगीबाट आदेश दिएर निजलाई झिकाएछन् । मुस्ताङ जिल्लाको मार्फामा स्याउ बगैंचा खोलेर प्राविधिक अधिकृत सरहको दर्जा दिएर उसैलाई हाकिम बनाइदिएछन् । मुस्ताङको मार्फा र जिल्लाभरिका गाविसहरुमा मात्र हैन, जुम्ला, हुम्लादेखि मनाङमा समेत स्याउ फार्म खोलेछन् । क्रमशः शेर्पा बढुवा पनि हुँदै गएछन् । बुढेसकालमा बल्ल विवाह गरेछन् । त्यसपछि प्रथम श्रेणीको पदमा पदोन्नति पछि निवृत्त भएछन् ।

शेर्पाले मुस्ताङको मार्फा र जिल्लाभरिका गाविसमा मात्र हैन, जुम्ला, हुम्लादेखि मनाङमा समेत स्याउ फार्म खोलेछन्

व्यावहारिक ज्ञान ठूलो कि कोरा प्रमाणपत्र ठूलो? देशका लागि व्यावहारिक ज्ञान र दक्ष प्राविधिक शिक्षा अति उपयोगी ठान्नुपर्छ । फलफूल खेतीमा उमार अगाडि बढेको बेला माओवादी १० वर्षे युद्ध व्यवहारले आक्रान्त जनताले खप्न गाह्रो भयो । ज्यान बचाउन सहर केन्द्रित भए । निर्माण र विकास ध्वस्त पारिए ।

देश ५० वर्ष पछाडि धकेलियो । त्यो बेलादेखि हालसम्म देशभरिका खेतीयोग्य जमिनमा जंगल भरिएको छ । यसै कारण लाखौं युवाजगत् विदेशतिर भासियो । प्राविधिक ज्ञान र दक्षता नभए पनि स्थानीय रैथाने ज्ञान र सीपद्वारा खाद्य जगत्मा उर्वरता थियो । हाम्रो देशको धान चामल र अन्य उपजसहितका वस्तु तिब्बत भारत र कोरियासमेतका देशमा निर्यात हुन्थ्यो । यसै कारण राष्ट्रको आर्थिक जग बलियो थियो ।

व्यासले वेद नेपालमै लेखे । गायत्री मन्त्र यसै देशमा लेखियो । हाम्रो प्राचीन वेदकाअनुसार पानी र वृक्षादिमा आगो छ । भनिएका कुरा आज राम्ररी प्रमाणित भइसकेका छन् । पूर्वीय ज्ञानको भण्डार कम रहन्छ भन्ने लागेर नै अमेरिकामा ३६ वटा संस्कृत विश्व विद्यालय खोली सकेछन् । जसलाई नासासमेतले पुष्टि गरिसकेछन् । अन्य अग्रणी देशहरुले त पहिलेदेखि नै कैयौं विद्यालय खोलिसकेका छन् । जर्मनीमा सयौं वर्ष अगाडिदेखि संस्कृत विश्वविद्यालयहरु खोलिएका थिए । खोई त हामीले राष्ट्रका लागि कुन अनुसन्धनात्मक शुभ कर्म गरेका छौं ?

मुस्ताङ जिल्लाको छुसाङ नजिकै तेताङ गाउँको आडमा एक नुनखानी छ । जसलाई धेरै वर्ष अगाडि त्यहाँ पुगेर पंक्तिकारले अवलोकन गरेको थियो । जहाँबाट वार्षिक ९२ मुरीसम्म नुन निकालिएको पाइयो । त्यसले नपुगेको तिब्बतबाट आयात गरिन्थ्यो । मुस्ताङ थाकखोला जाँदा हाम्रा बाजे बराजुहरु पैसा दिएर नुन किन्न नपाइने अवस्था थियो । गाउँघरमा किसानसँग त्यो समयमा पैसा जुटाउन पनि सहज थिएन । फेरि मुस्ताङ जिल्लामा र तिब्बत क्षेत्रमा धान खेती नहुने हुँदा चामलको महत्व हुन्थ्यो । त्यसै कारणले चामलसँग कहिले दुने कहिले सरी किसिमले नुन सटही भर्ने चलन थियो । हाम्रा पुर्खाहरुले त्यतिबेलाको अप्ठ्यारो बाटो छिचोलेर डोकोमा चामल बोकेर लेते घाँस, टुकुचे, मार्फा, जोमसोम र कागबेनीसम्म पुगेर नुन भर्थे । यसरी ल्याएको नुन खाएर वर्षदिनसम्म टारिन्थ्यो ।

विभिन्न कारणले साथै हालैको एमसिसीमार्फत देश बुझाउन खोजेका छन् । के अब देश रहला? यदि सारा जनता एक भई उठ्ने हो भने एमसिसी बहिष्कार गर्न सकिन्छ । यदि बच्यो देश भने निकास र निर्माण होला? होः नेपाली साराले हिम्मत गर्न पर्र्छ । खानपर्ने सबै खानुपर्छ तर हार खानु हुँदैन भन्छन् । व्याख्यात्मक टिप्पणी भनेर जनताको आँखामा छारो हालिरहका छन् । निष्पक्ष पाटीसँग सरसल्लाह गरेर सारा नेपाली एक ढिक्का भएर पासाङ खम्बा क्षेसेर्पा झैं अग्र गतिमा कुद्यौं भने त्यसले भनेको मान्दैन र ! अवश्य कर्तव्यपथलाई राष्ट्रवादी सारा नेपालीले मान्नैपर्ने भएको छ । यसो भएमा यो सुन्दर राष्ट्र जुरुक्क उठ्नेछ । अनि कसले भनेको मान्दैन ? अब्राह्म लिंकनको भनाइ छ । हजार जनता मुर्ख भए तापनि देशलाई खास असर गर्दैन, तर एक नेता मुर्ख भए देश डुब्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width