बुथ कब्जा गरे घृणा फैलिन्छ, सत्ता कब्जा गरे तानाशाह जन्मन्छ

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७०

आगामी २०७० मंसिर ४ गते संविधानसभाको निर्वाचन हुँदैछ। निर्वाचन लोकतन्त्र र गणतन्त्रको अपरिहार्य आवश्यकता पनि हो। यस पटकको निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली जनताका साथ  ऐतिहासिक अवसर बनेको छ।। यसमा सम्पूर्ण नेपालीको पूर्ण सहभागिता हुनेछ र हुनुपर्दछ पनि। यसबाट राजनीतिक नेतृत्वले संविधान निर्माण र सत्ता सञ्चालनको वैधानिकता पाउनेछन्।निर्वाचनप्रति जनताले देखाएको उत्साह नै निर्वाचनको निश्पक्षताको कसी हो। यी अपरिहार्य गुण भएमा प्रतिक्रान्तिको सम्भावना हुदैन। यो कुरा राजनीतिक पार्टीर तिनका नेतृत्वले बुझनु जरुरी छ। चुनावमा निर्भयपूर्ण वातावरण, स्पष्ट र पारर्दर्शक आर्थिक अनुशासन , निष्पक्षताको सक्रियता, धाँधलीरहित मतदानको अभ्यासका साथसाथै सबै पक्षहरुबीच हार्दिकतापूर्ण मानवीय व्यवहार पनि गरिनु पर्दछ। बुद्ध र गान्धीका शान्ति र अहिंसा एवं अब्राहिम लिंकनका लोकतान्त्रिक सिद्धान्त नेपालमा कार्यान्यन गराउन सके शान्तिगामी नेपाली जनताको आँकाक्षा पनि पूरा हुनेछ। जननायक वीपी कोइरालाले प्रतिपादन गरेको नेपाली जनताप्रतिको राष्ट्रियता र मेलमिलाप नीति सबै राजनीतिक पार्टीको भावनात्मक एकता प्रतिबिम्बित हुनु पर्दछ। तबमात्र शान्ति र संविधान निर्माणकालागि उपयुक्त वतावरण निर्माण हुनेछ। निर्वाचनमा काँग्रेसले बहुमत ल्याउन, एमाओवादीले दुर्इ तिहाई ल्याउन , र एमालेले ठूलो दल हुने भन्ने नाराले मात्र उनीहरुको भनाई र नारा सार्थक हुन जनताले कस्को एजेण्डा मनपराएका छन् हेर्न पर्दछ। जबरजस्ति आफनै पार्टीले जित्नु पर्छ भन्दा धाधली गरेर पनि जित्ने , निर्वाचन प्रचारका क्रममा सुनिन्छ साम, दाम , दण्ड भेद गरेर जित्नु पर्छ रे। यो जिम्बेवार राजनीतिक दलले गर्ने नारा हुनुहुदैन। यस्तै  बोलिचाली र व्यवहारले गर्दा तेस्रो मुलुक अर्थात विकान्सोमुख वा अर्ध विकसित मुलुकमा मात्रै निर्वाचनको निग्ारानी गर्न राष्ट्रिय अन्तराष्ट्रिय पर्यबेक्षक राखिने चलन व्यापक भएको छ। जुन राष्ट्र आफै राज्य शासन गर्न नसक्ने हुन्छन् त्यहाँ निर्वाचनको पर्यबेक्षण हुने गर्दछ। अमेरिका र युरोपमा धाँधली हुन्छ भनेर पर्यबेक्षण गर्ने चलन छैन। युरोपियन युनियनले त पर्यबेक्षक पर्ठाई सक्यो आफनो काम गत असोज ३१ बाटनै  शुरु गरेको छ। यही भएर नेपालमा निर्वाचन पर्यबेक्षणको लागि कार्टर सेन्टर एटलान्टा जर्जिया देखि संयुक्त राष्ट संघ र अन्य राष्ट्रिय अन्तराष्ट्रिय सगठनले भारी मात्रामा निर्वाचन पर्यवेक्षण गर्न निर्वाचन आयोगमा दर्ता भएका पर्यबेक्षक पठाएका छन् । निर्वाचन आयोगका अनुसार यीनको संख्या ५१ वटा छन्। सबैले यही निर्वाचनको निष्पक्ष र धाँधली रहित कसरी बनाउन पर्छ हेरिरहेका छन्।

चुनावमा कुनै पनि पार्टीले हामीले जित्नै पर्दछ भन्ने मानसिकता राजनीतिककर्मीलाई सामान्य लाग्न सक्छ। तर राजनीतिक पार्टीको त्यस्तो मानसिकताले राष्ट्र कमजोर र असफल हुन्छ। त्यसैले कुन राजनीतिक पार्टीलाई जिताउने भन्ने कुरा जनतामाझ स्वतन्त्र छोडिदिनु पर्दछ। राजनीतिक पार्टीला क्रियाकलाप र तिनका घोषणपत्रका आधारमा जनताले पार्टीरुको क्षमता र योग्यतामा कसी लगाउने मान्यता स्थापित गराउनु पर्दछ। किन कि चुनाव जनभावनाको प्रतिविम्व हो। त्यसैले यस मान्यताको सबै राजनीतिक पार्टीरुले कदर गर्नु पर्दछ। बुथ कब्जा गरी सत्ता सञ्चालन गर्ने मानसिकता र क्रियाकलापजनआकाँक्षा विपरीत सिद्धान्त हो। बुध कब्जा र सत्ता कब्जाको इतिहास विश्वमा कही पनि सफल भएको छैन। बुथ कब्जा गरे राजनीति प्रति घृणा फैलिन्छ। सत्ता कब्जा गरे मुलुकमा तानाशाह जन्मने सम्भाबना हुन्छ। त्यसैले राजनीतिक पार्टीले बुथ कब्जा गर्नेसंस्कृतितर्फ कायकर्ता परिचालन गर्नु हुदैन, केवल जनताको मन कब्जा गर्ने विधिको अवलम्बन गर्नुपर्दछ। र, जनताको मन जित्नुपर्छ। बुथ कब्जाकोसंस्कृतिले हार्नेले जित्छ र जित्नेले हार्छ। त्यस अवस्थामा जनताको खास प्रतिनिधित्व हुन सक्दैन। धाँधली भएको प्रमाणित भएमा पुनःमतदान गर्नुपर्छ रनिर्वाचन प्रकृया पनि लज्जाजनक हुन्छ। अकोर्तर्फ आर्थिक प्रलोभन देखाएर मतदाता खरीद गर्ने परम्परालाई समेत निरुत्साहित गर्नुपर्छ।    हामी नेपालीलाई राज्य सञ्चालन प्रणालीको सफल उपभोग गर्न नजान्ने रनसक्नेको सूचीमा छौं। यसको ज्वलन्त उदाहरण पहिलो संविधानसभाकोअसफलता नै काफी छ। त्यसका अतिरिक्त द्वन्द्व व्यवस्थापनका लागि हाम्रै अनुरोधमा अनमिन सत्ता सञ्चालनको सहयोगीको रुपमा आयो र गयो। यद्यपि लडाकु व्यवस्थापनको विषय भने सन्तोषजनक नै रहेको मान्नुपर्दछ। राजनीतिक पार्टीको मानवीय व्यवहार र व्यवस्थापन नै सभ्यताको कसी र राज्य संचालनको बाटो हो भन्ने मान्यतालाई अनुशरण गर्नुपर्दछ। युरोपका देश अहिले प्रत्यक्ष लोकतन्त्रका उदाहरण बनेका छन्। ती देशले निर्वाचनमा बुथ कब्जा गर्ने रणनीति लिएका भए ,त्यो सभ्यता त्यहाँ स्थापित हुने थिएन। जहाँ बुथ कब्जा हुन्छ त्यहाँ जनताले भोट हालेको मान्न सकिदैंन।त्यहाँ पक्कै सभ्यताको पाठ नेता र कार्यकर्ताले जानेको महशुस हुनेछैन्।जनताले त्यसबेला गणतन्त्रको अनुभुति गर्न पाउनेछैनन्। त्यहाँका धेरैजसोअप्रिmका , दक्षिण अमेरीका र एसियाका द्वन्दरत मुलुक र समुदायहरु थिए। तिमुलुकमा यस्तै बुथ कब्जा र सत्ता कब्जाको प्रवृति थियो।

यसबाट के बुझनुपर्छभने बुथ कब्जा , सत्ता कब्जाबाट अनि सभ्यता प्राप्त हुँदैन्। सभ्यता प्राप्त नभैगणतन्त्र दिगो हुदैन। बुथ कब्जाको धम्कीले संविधान सभाको निर्वाचनलेअन्तराष्ट्रिय मान्यता नपाएमा पुनः नेपालीको अर्काे दुर्भाग्य हुनेछ। बुथ कब्जाअनि सत्ता कब्जा यो पनि सामन्ती सोच हो। बुर्जुवा सोच हो ,अनि तानाशीाहसोच हो। त्यसैले सफल निर्वाचनका लागि उल्लेखित पाठलाई आत्मसाथ गर्नुर्पर्दछ। अहिले निर्वाचन आयोगले निर्वाचन प्रक्रिया निष्पक्ष, निर्भय र स्वतन्त्र बनाउनेरणनीतिमा लागि परेछ। त्यसमा विभिन्न पार्टीला प्रतिनिधि, कानुन व्यवसायीहरु, प्राध्यापक वर्गहरु, शिक्षक , उद्याोगिब्यापारी कर्मचारी , नागरिक समाजका व्यक्तित्वको सहभागिता हुँदै आएको छ। निर्वाचनको समयमा स्थानीय बासिन्दाहरुको सामान्य जन जीवनमा खलल पार्नेकुनैपनि कार्य राजनीतिक पार्टीलाट हुनु हुदैन। चुनावको वेला मानविय कानुनका वारेमा पनि ख्याल गर्नुपर्छ। विभिन्न सेमिनारहरुमा सशस्त्र संघर्षको वेलामा लागु हुनेअन्तर्राष्ट्रिय मानवीय कानुन राष्ट्रिय रुपमा पनि पालना भए/नभएको हेर्नेप्रवृत्तिमा वृद्धि भएको छ।  सन्  १२ मे १९६८ मा प्रस्ताव संख्या २३  मा तेहेरानमा भएको संयुक्त राष्ट्र संघको मानव अधिकार संम्मेलनलाई विश्वका सबैमुलुकले लागु गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। त्यसतर्फ पनि सबैको ध्यानदिन जरुरी छ।

सयुक्त राज्य अमेरिकी संबिधान १७ सेपटेम्बर १७८७ हस्ताक्षर भयो र बन्यो संविधान १७८९ मा। न्यू हेम्सपियर राज्य देखि जर्जिया राज्यसहित११ राज्यका प्रतिनिधि ३८ जनाको रोहबरमा सही गरेका राष्टपति एवंं भर्जिनियाका उप प्रशासक जर्ज वासिङ्टनले जारी गरका र पोलियम जकशन सचिबले प्रमाणित गरेका अमेरिकको संविधान लागु भएको अत्र २२६ वर्ष पुग्न (आज असोज २० गते ) जम्मा १० दिन बाकी छ। यो संविधान ११००० पटक संशोधनको प्रयास भए पनि जम्मा २७ पटक -२०११ जुलाई २९ सम्मं ) संशोधन भयो। भारतमा संविधानसभा पछि बनेको संविधान १९४७ बन्यो कायम छ। हालसम्म यो संविधान ९४ पटक संशोधन भयो। लोकतन्त्र बजबुत छ। यी दुबै देशमा। त्यहाँको संविधान दिर्घजीबि हुनुमा निर्वाचन निष्पक्ष र धादलिरहित हुनु हो। तर नेपालमा २००४, २००७ २०१५ २०१९ २०४७ , २०६३ छ पटक बनेका संविधान भएपनि कार्यान्वयन हुन भने सकेन। अझै सक्रमण काल छ र अझै पहिलो संविधानसभाले संविधान बनाउन नसकेर दोसो संविधानसभाको निर्वाचन मंसिर ४ गते बनाउन लागिएको छ। गतिला प्रशासक र राजनीतिक नेता नेपाली जनताले चुन्न सके नेपालले पनि नयां संविधान बनाउदा ती देशमा जस्तै संविधान दिर्घजीबि हुने छ। यस तर्फ जनताको ध्यान जान जरुरी छ। ती माथिका दृष्टान्तलाई हेरी अबको संबिधानसभाको चुनावका वेला द्वन्दलाई बढि चर्काउने काम गर्नु हुँदैन्। द्वन्दको न्यूनीकरण गर्नु अग्रसर हुनुपर्छ। अन्तराष्ट्रिय सिद्धान्तअनुसार जनताहरुका वीचमाचुनावका समयमा सबैसंग मानवीय व्यवहार गरिनुपर्छ। राजनीतिक नेता र कार्यकर्ताले विरोधी राजनीतिक व्यक्तित्वलाई पनि मानवीय व्यवहार गनैपर्छ। सबैलाई मानवीय व्यवहार र व्यवस्थापन गर्नु पर्छ भन्ने यो अन्तराष्ट्रिय प्रतिवद्धतानेपालको कानुनमा पनि लागु भएको हुनाले यो दोस्रो संविधानसभाकोनिर्वाचनमा यसलाई नेपाली जनताले ख्याल गर्नुपर्छ। पहिलो संविधानसभाकाकमीकमजोरीलाई सुधार गर्न प्रयत्न गर्नुपर्छ। समानुपातिक र प्रत्यक्ष गरेर ६०१ सदस्यीय प्रतिनिधि त्यति धेरै रहने व्यवस्थालाई जनताले नपचाए पनि राजनीतिक दलले जुगाँको लर्डाई बनाई पुरानो अलोकप्रियतालाई फेरि अनुमोदन गराएका छन्। तैपनि चुनावमा धेरै थरीका राजनीतिक पार्टीरु सहभागी हुदैछन्। तिनीहरुका इतिहास , संस्कार ,चरित्र र चुनावी घोषणापत्र हेरर  सरल र सहज किसिमले नेपाली जनताले आसन्न चुनावमा सकृय रुपमा सहभागी हुनु पर्दछ। यो हामी जनसाधारणको कर्त्तव्य पनि   हो। हामी पनि यूरोप, अनि अरु सभ्य गणतन्त्र मुलुकको जस्तो चुनावी कसीको सापक्षतालाई अनुशरण गर्दै विश्व सभ्यतामा लाग्नु परेको छ। चुनाव पछि कुनैपनि राजनीतिक पार्टीर तिनका नेतामाथि धाँधलीको कलंक नलागोस्। चुनावले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पाउने खालको बनोस्। लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न सफल रहोस्। अन्तमा लोकतन्त्रको मेरुदण्ड संसदीय व्यवस्था हो भन्ने विषयमा नेपालका सवै दलहरुले स्वीकार गरेका छन्। राजनीतिमा सैद्धातिक एक रुपता तर्फ मोडिनु सुखद पक्ष हो। दोस्रो संविधानसभाको निर्वाचन हुँदा आम नेपालीको जय विजय होस् र परिणाम स्वीकार्य परिणम आओस्। यो निर्वाचनमा बिश्वले नेपाली जनताले पनि निर्वाचनमा राजनीतिक सभ्यता प्रदर्शन गरेको देखिनु पर्दछ।

Related News

सम्बन्धित समाचार

hero news full width