निःशब्द श्रद्धाञ्जली

मदन भण्डारी
फागुन १७, २०७५

पोखरामा सिमसिम पानी पदैर्थ्यो। चिसो ह्वात्तै बढेको थियो। शान्तिवनको मौसम उदास थियो। नेकपाको पार्टी अफिस नजिकैको पानपसलमा हिन्दी गीत घन्किँदैथ्यो, ‘आजमौसम बडा बेइमान है…’ लोकनाथ सर र म मोटरसाइकिलमा सवार थियौँ। मनको निम्तो थियो। हामी संस्कृति कर्मी श्याम थापासँग परिचय गर्न गइरहेका थियौँ। साहित्य र संस्कृतिबारे विमर्श गर्ने सुरमा थियौँ। हलमा मनकुमार श्रेष्ठले ‘हामी अध्यक्षद्वय¤’भनेर मतिर सङ्केत गरे। नेकपाको अध्यक्षद्वयको ब्यवस्थाले राजनीति तरङ्गित छ। ‘पार्टी एकता हुँदै गर्ला। हामी सांस्कृतिक कर्मीहरूबीच तत्कालै घनीभूत एकता आवश्यक छ। अब प्रगतिवादको सैद्धान्तिकताभन्दा माथि उठेर हामीले जनपक्षीय साहित्य लेखनमा ध्यान केन्द्रित गर्नुपर्छ। हाम्रोभन्दा फरक राजनीतिक सोँचका साथीहरूसँग मिलेरै अगाडि बढ्नुपर्छ…’

प्रमुख अतिथि श्याम थापा बोल्दाबोल्दै मनकुमारको मोबाइलको धून बज्यो। मनजीले बिस्तारै हेलो भने। मन एक्कासी मलीन बने। उनको अनुहारको रङ् फुङ्ग उड्यो। दिउँसोको दुई बज्दैथ्यो, मनको अनुहारमा बाह्र बजेको देखियो। उनले प्रमुखअतिथिलाई भनाई टुङ्ग्याउने सङ्केत गरे। फागुन १५ गतेको मध्यान्हमा हामी डेड दर्जन मान्छेहरू विस्मयको समाचार सुन्न आतुर जस्ताभयौँ। मनको मुखबाट बमै पड्किने डर फैलिएजस्तो भयो।

‘पूर्वको पाथीभरातिर हेलिकोप्टर क्र्यास भएछ। हाम्रा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसमेत सातजनाको मृत्युको समाचार छ…¤’ हामी सबै स्तब्धभयौँ। चर्चित युवा नेताको त्यस्तो आकस्िमक निधन झवाट्टै पत्यारको कुरा थिएन। सबैका अनुहार निचोरिए। मोबाइलमा औला थिचिए। जीवनमा शत्रु मित्रु हुन्छन् तर,मानवीय समवेदना सबैमा हुन्छ। मान्छे हर्षमा हाँस्छ र विस्मातमा रुन्छ। देश रोयो। पोखरा धर्धर्ती रोयो। माघ १५ गते आकाशबाट पानी होइन, आँसु चुहियो।

एकपल्ट मृत्युले शोकाकुल परिवारले बुद्धलाई मृतक बचाइदिन भन्छ। बुद्धले कहिल्यै मृत्यु नपरेको खलकको घरको थोरै पानी ल्याउन अराउँछन्। त्यस्तो घर भेटिँदैन। ओशो मैँ मृत्यु सिखाताहूँ भन्थे। रविन्द्रजीकी जीवन साथी विद्या भट्टराइले पीडालाई पीडाकै चास्नीमा चोबलेर काव्यात्मक अभिव्यक्ति पोखिन्– ‘विराज रुन्छ, स्वराज रुन्छ, बाबा मेरो खोई भनी/हाँस्दै गका सातैजना फर्किएनन् कोही पनि¤’यही जीवनवादी दृष्टिकोण हो मन त हामीले बुझाउनै पर्छ। मानवीयताको ह्रास चिन्ताको विषय हो।

९० सालको भूकम्प बेहोर्ने नेपालीहरू अब विरलै होलान्। त्यसको भयावह इतिहास पढ्न पाइन्छ। त्यतिखेर जुद्धशमशेरले महान् मानवता देखाएका थिए। आफू र आप्mनी श्रीमतीकातर्फबाट पीडितउद्धार कोषमा चार लाखरूपैयाँ प्रदान गरेका थिए। अझै हामी जुद्ध सडकको भब्यता हेरेर उनलाई सम्झिन्छौँ। ०४५ सालको भूकम्पमा पञ्चहरू जुद्धस्तरको बुद्ध देखिएनन्। झनै ०७२ सालको भूकम्पमा त नेतागण देवदत्तजस्ता पो देखिए। ती वाण लागेको हाँस खान उत्ताउलिएका थिए।

०७५ फागुनमा सात परिवारको थाप्लोमा महाभूकम्प बजारियो। ‘लोक पाटी’मा तत्काल यादव सुवेदीले लेखे, ‘रवीन्द्र अधिकारीको मृत्युप्रति खुसी प्रकट गनेर्हरू पनि देखिए¤’ चिन्ताको विषय यही हो। यी खुसी हुने र मिडियामा दुःखी भएको भाव व्यक्त गर्ने तथा ‘आत्माको चिरशान्तिको कामना गर्ने’हरू सँग शोकलाई शक्तिमा बदल्न छलफल गर्नै पर्छ।

लियोटाल्सटाय भन्छन्, ‘सबभन्दा मुख्य काम त्यै हो जुन तिम्रो सामुन्नेमा छ’ तेह्रथुम–चुहानडाँडाको छोटो सम्बोधन पछि मन्त्री रवीन्द्र अधिकारीको सामुन्ने काम छिटो काठमाण्डू फर्किनु थियो। आत्माको शान्ति खोज्ने धार्मिक संस्कारको प्रभावले कमरेडलाई पाथीभरा मन्दिरमा पुर्यायो। समय तालिका त्यहीँ फुत्क्यो। थोरै विलम्बले रात रह्यो अग्राख पलायो।

युधिष्ठिरलाई यक्षले सोधेको सैयौँ प्रश्नमध्ये सबभन्दा महŒवपूर्ण ‘अचम्म के हो ?’ लाई मानिन्छ। युधिष्ठिरले जवाफदिन्छन्, ‘मान्छेहरू दिनदिनै मर्छन्। मान्छेले देख्छ, आफै मर्न पर्ने कुरा चाहिँ कहिल्यै सोँच्दैन। अचम्म यही हो’

काठमाण्डूका योगेश भट्टराई र पोखराकी निर्मला न्यौपानेले फेसबुकमा ‘निःशब्द भएँ’ लेखेछन्। पछि, योगेशले शब्द भेटेछन् र अनेक तर्क झिकेका छन्। निःशब्दताको आवाज भयानक हुन्छ। यसलाई अन्तर्मनले मात्रै सुन्न सकिन्छ। हामी पीडित परिवारजनको पीडालाई बोध गर्न सक्छौँ। बोध मानवीय चिन्तनको सवोर्च्च रूप हो। बोधले बुद्धत्व प्राप्ति हुन्छ। हामीले बिदा मनायौँ। शोकसभाको आयोजना गर्यौँ। के हामी मृत्यबोध गर्न सकौँला? के हामी निःशब्दको आवाजलाई सुन्न सकौँला? अलबिदा जानेहरू, निःशब्दको श्रद्धाञ्जली !!

Related News

सम्बन्धित समाचार

hero news full width