नयाँ वर्ष २०७५ अतीत र वर्तमान

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५

१. कालचक्रको हेरफेरः

कालको वसमा सम्पूर्ण चराचर जगत हुन्छ। तर काल कसैको बसमा हुंदैन। काल परिवर्तनशील हुन्छ। कालको परिधि भित्र हामी जन्मन्छौं, र क्रमशः बालक, किशोर, युवक, वयस्क र वृद्ध हुन्छौं अनि मृत्युमा परिणत हुन्छौं। महाभारतको यक्षप्रश्नमा आर्श्चर्य के हो- भन्ने अन्तिम प्रश्न छ। यसको उत्तरमा युधिष्टिर भन्छन्ः मानिस संसारमा दिनहुं जन्मिरहेछन्, दिनहुँ मरिरहेका पनि छन्। तर कसैलाई पनि जीवन मर्ने चोला रहेछ भनेर चिन्ताग्रस्त भएको पाइदैन। यहि नै आर्श्चर्य हो। भतृहरिको एक कवितामा काल, आउने होइन, उमेर नै अन्त हुने हो’ भनिएको छ।

रवीन्द्रनाथ ठाकुरको शव्दमा- ‘कसैले काल आईरहेछ भन्छन्, कसैले काल गईरहेको छ भन्छन्, तर काल आईरहेछ गईरहेको छ- यस विषयमा कसैले पनि निश्चयपूर्वक भन्न सकेको छैन। काल परिवर्तनशील छ। वर्ष, ऋतु, महिना, पक्ष र हप्ताको विभाजनमा काल बाँडिएको छ। प्रत्येक वर्ष हाम्रो पञ्चा· वदलिंदा संवत्सर पनि बदलिन्छ। हाम्र्ा ग्रहदशा पनि बदलिन्छन्। वर्ष बदलिंदा हामी अघिल्लो वर्षको पञ्चा· र भित्तेपात्रो पनि बदल्ने गछौर्ं।

सूर्यका १२-बाह्र) राशी हुन्छन्। यिनै बाह्र राशी मध्येको मेष राशीमा हाम्रो नयाँ वर्ष शुरु भएको हुन्छ। वर्षको पहिलो महिना बैशाख हो। विक्रम सम्वत् २०७५ मा अहिले हाम्रो नयाँ वर्षको शुभारम्भ भएको छ। यो संवत्सरको नाम विरोधकृत हो। यो साठी संवत्सर मध्येको पैतालिसौं संवत्सर हो। हाम्रो पञ्चा·मा महिना गते, बार, तिथी, योग, करण पा“च भागमा विभाजित छ। भित्तेपात्रोमा महिना, गते, बार र तिथीका साथै अंग्रेजी महिनाको नाम र गते मात्र हुन्छ। ज्योतिष शास्त्रको सवै अंग भित्तेपात्रोमा पाइदैन।

२. हामी कसरी मनाउँछौं नयाँ वर्ष

अन्तरर्राष्ट्रिय भित्तेपात्रोमा मध्यरात एक बजेबाट अर्को दिन सुरु भएको मानिन्छ। विक्रम सम्वत्मा सुयोर्दयबाट नयाँ दिन सुरु भएको मानिन्छ। हाम्रो नयाँ वर्षमा होहल्ला गर्ने र पटका पट्काउने जस्ता कार्य गरिंदैन। नव वर्षको दिनमा हामी पञ्चा·को पूजा गछौर्ं र यो वर्ष हाम्रो सुख शान्ति र आरोग्यको वर्ष बनोस् भनेर नक्षत्र तथा ग्रह दशाको पनि आराधना गछौं,: मेष र तुलाविषु बाम पाउमा गएको छ भने स्वस्ति शान्ति रुद्रीपाठ र दूगासप्तशती पाठ तथा होमन समेत गर्ने गर्दछन्। यसका अतिरिक्त आफ्ना मान्यजन मित्रजनहरुलाई नयाँ वर्षको मंगलमय शुभकामना आदान प्रदान गर्ने प्रचलन पनि छ। भोज भतेर सामान्य भए पनि आध्यात्मिक विषय हाम्रो नयाँ वर्षको प्राथमिकता मानिन्छ।

३. देशको गतिविधि

नववर्षको अघिल्लो महिनादेखि देशमा भएका केहि गतिविधि हेर्ने हो भने हाम्रो आर्थिक अवस्था गिरेको छ। अर्थमन्त्री युवराज खतिवडाले हाम्रो ढुकुटी रित्तियो भनी श्वेतपत्र जारी गर्दै अनौपचारिक अर्थतन्त्र मौलायो, राजस्वको दायरा खुम्चियो भन्दै अघिल्लो देउवा सरकारको समय भएका निर्णयमा ६५ वर्षमा दिइने भनेको वृद्धभत्ता र भूकम्प पीडितले थप १ लाख पाउने भनिएको रकम समेत कटौती गरेको छ। बजेटमा प्रस्ताव गरिएका योजना पूरा गर्न २ खर्व रकम अपुग हुने बताएका छन्। प्रशासनिक र सुरक्षा क्षेत्रको खर्च पनि चुलिएको छ। सरकारी सेवामा विदेश भ्रमण मौलाउ“दै छ। आगामी ३ वर्षमा संघीयतालाई आधारभूत रकम र कर्मचारी व्यवस्थापनको लागि मात्र करिव १० खर्व रुपैयाँ आवश्यक पर्ने छ। आयातमा आधारित राजश्व र व्रि्रेषणमा आधारित अर्थतन्त्र रुमलिएको छ। यो हो अर्थमन्त्रीको गुनासो।

केही अर्थमन्त्रीहरुले अर्थमन्त्रीको कथन पूर्णतः सत्य छैन। अघिल्लो सरकारले नै ढुकुटी रित्याएको भनी चालु वर्षमा मितव्ययिता दर्शाउन र आ“फुले सफलतापूर्वक कार्य गरेको भनी प्रभुत्व दर्शाउन भूमिका रचेको मानेका छन्। यसैबीच सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि स्थानीय तहलाई अधिकतम १ अर्व र ३४ लाख र प्रदेशलाई अधिकतम १५ अर्व सम्म रुपयाँको सीमा दिइएको बताइएको छ। सात प्रदेश र सातसय त्रिपन्न स्थानीय तहलाई दिइने उक्त रकम यो पहिलो किस्ताको हो।

प्रदेशका मुख्य मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीको तलव मासिक क्रमशः ६१ हजार ४९ हजार र ४७ हजार भएपनि तिनिहरुको सुविधाबाट पाउने रकम हेर्दा मुख्य मन्त्रीको मासिक २ लाख भन्दा बढी र राज्यमन्त्री र सहायकमन्त्रीको पनि पर्याप्त देखिन्छ। यसका अतिरिक्त २-२ जना स्वकीय सचिव कार्यालय सहयोगी पनि राख्न पाउने व्यवस्था भएकोले स्थानीय तह र प्रदेश तहको खर्च मात्रले सरकारी ढुकुटीको ठूलो खर्च देखिएको छ। त्यो खर्च कसरी चल्छ- विकास निर्माणको खर्च कसरी चल्छ? शिक्षा स्वास्थ्य र जनकल्याणको खर्च कसरी चल्छ- सरकारले निर्वाचित पदाधिकारी र कर्मचारी मात्र हेर्ने हो कि अरु रचनात्मक काम पनि गर्ने हो- राष्ट्रको केन्द्रविन्दु त जनता हो जनतालाई मर्का पारेर चल्ने सरकार त कसरी टिक्न सक्छ त? जनमुखि सरकार हो भने यस विषयमा चिन्तन गरोस्।

४. धर्मनिरपेक्षको परिणाम

धर्मनिरपेक्षको कारणले देशमा इर्र्साई धर्म मौलाउन थालेको छ। तिनीहरु खुला रुपमा हिन्दू सनातन धर्म र बौद्ध धर्ममाथि समेत धावा बोल्न थालेका छन्। गाई काटेर खान पाउने कानूनको माग गर्नु कहा“सम्मको धृष्टता हो। गाई हाम्रो राष्ट्रिय जनावर मात्र होइन। परमपुज्य लक्ष्मीको अवतार पनि हो। गाई विना न हामी पंचामृत न त पञ्चगव्य नै बनाउन सक्छौं। कृषिप्रधान देशमा गाई गोरु अमुल्य सहायक बस्तु हुन्र्। इसाई धर्मको देश युरोपियन युनियनका पर्यवेक्षकहरुले खुलेयाम निर्वाचनको आलोचना गर्दै आर्य खस जातीको अपमान गर्न पनि बाँकी राखेनन्। यसमा सरकार समयमै सचेत भएको हुँदा विवाद अघिवढ्न सकेन।

५. धर्मगुरुको हत्या प्रयास

एक हप्ता अघि मात्र विराटनगरमा हिन्दु धर्मको सप्ताह ज्ञान महायज्ञका पुराणवाचक धर्मगुरु श्री निवास आचार्य माथि उनको निवास भित्रै प्रवेश गरेर हिन्दू धर्मका विरोधी विदेशी धर्मका अनुयायीहरुले गोली हान्ने दुस्साहस गरेका थिए। घटनास्थलमा प्राप्त भएको पर्चामा उल्टै हिन्दू धर्म र राजतन्त्रको भर्त्सना गर्दै मंगोल नेशनल अर्गनाइजेशन आर्मीको नामबाट छरिएको पर्चाले हिन्दू धर्मको खुला विरोध गरेको छ। हत्याको प्रयास अर्को जघन्य अपराध हो। यस विषयमा नेपाल भित्रका हिन्दू सनातन धर्मावलम्वी र ओमकारवादी धर्मका अनुयायीहरु नारा जुलुसका साथ खुला विरोध गर्दै आतङ्ककारीहरु उपर कारवाही गर्न सरकार समक्ष विज्ञप्ति दिएका छन्। सनातन हिन्दु धर्म संविधान निर्माणकै अवस्थादेखि उठेको प्रश्न हो। यस्तो विषयमा सरकार उदासिन रहन सक्दैन। धार्मिक द्वन्दको परिणाम राम्रो हुंदैैन।

६. वैदेशिक रोजगार देशको अपमानः

पहिलो र दोश्रो विश्वयुद्धमा अंग्रेज सरकारलाई नेपाली सेना पठाएर राणा प्रधानमन्त्रीहरुले आफ्नो निजी ढुकुटी भरेका थिए। अहिले गणतन्त्र र लोकतन्त्रको सरकार किन वैदेशिक रोजगारमा विदेशीको माग अनुसार नेपाली युवा नर नारीहरु पठाइरहेको छ- नेपालको सम्पत्ती भनेको जनवल हो- घरमा वयोवृद्ध आमा बावु र नावालक छोरा छोरी छाडेर वैदेशिक रोजगारमा जानेहरुलाई नेपालमा फर्कार्इ कृषि तथा उद्योग धन्दामा काम लगाउन के वर्तमान सरकार सक्षेम छैन- आफ्नो देशमा उद्योग व्यवसाय गर्न विदेशीलाई बोलाउनु कुन गौरवको विषय हो। कृृषि प्रधान देश आज जनवलको अभावमा खेती विहिन र बाँझो भएको छ। भारतवाट अन्नका साथै तरकारी समेत ल्याउनु परेको छ। यसबाट लाखौं धन भारत गएको छ। के यो लज्जाको विषय होइन।

अकोर्तर्फ वैदेशिक रोजगारमा जाने र लैजाने गरिएका हाम्रा नागरिकहरुले के त्यहा“ मर्यादित रुपमा रोजगार पाईरहेका छन्- घरेलु काममा मुस्लीम देशमा गएका महिलाहरु र्वेर्इज्यत मर्नु न बाँच्नु भएका छन्। युवाहरु त्यस्तै नगण्य ज्यालादारीमा काम गर्दैछन्। स्वास्थ्य व्रि्रेको छ। मृत्युको मुखमा पुगेकाहरूले बाकस दिनहुु“ राजधानी उत्रेका छन्। कति खञ्जा र अपा· भएर आएका छन्। यो दुर्भाग्य दर्दनाक चित्रबाट सरकार सचेत छ कि छैन- व्रि्रेषण गौरवको विषय होइन। आफ्नै देशमा परिश्रम गरेर बाँच्न को चाहंदैन- वातावरण मिलाउने काम सरकारको हो। विदेशमा आफ्ना देशका लाखौं नागरिक रोजगारमा पठाउनु निन्दनीय मान्नुपर्छ। यो नव वर्षको मंगलमय शुभकामना म वैदेशिक रोजगारमा गएकाहरुलाई दिन्छु। आउः आफ्नै देशमा आफ्नो योग्यता र सिप अनुसार काम गर। वैदेशिक रोजगार भनेको दासजीवन हो। हामी स्वतन्त्र हुनुपर्छ। नेपाल आमाले तिमीहरुलाई बोलाईरहेकी छन्। ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी।’

Related News

सम्बन्धित समाचार

hero news full width