जुझारु नेताको दुःखद अन्त्य

 नगेन्द्रराज पौडेल
फागुन २१, २०७५

४९ वर्षको मध्यम उमेरमा नै मुलुककै लोकप्रिय नेता बनेर चम्केका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीको अप्रत्यासित,असामयिक तथा अस्वाभाविक निधनले मुलुक स्तब्ध बन्न पुगेको छ। हेलिकप्टर दुर्घटनाबाट उनी सहित अन्य ६ जनासमेतले ज्यान गुमाएका छन। मुलुक यतिबेला राष्ट्रिय शोकमा छ। मृतकका परिवारलगायत् राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ।

नेता अधिकारी प्राविधिक हिसाबले नेकपासँग आबद्ध थिए र विकास, निर्माण र समृद्धि हेतु आम जनताको मुटुमा कहिल्यै पनि नबिझाउने,सबैका प्रिय पात्र बनेर बास गरेका थिए। कटु वचन, नकारात्मक जवाफ र नाइँ भन्ने शब्द उनको शब्दकोशमा कहिल्यै कसैका लागि थिएन। शायद असल मान्छे भगवानलाई पनि चाहिन्छ भन्ने हाम्रो मान्यता छ, यसैकारण सबैलाई रुवाएर उनी गए।

पृथ्वीनारायण क्याम्पस पोखरादेखि कीर्तिपुर क्याम्पसको स्ववियु सभापति हुँदा होस वा संविधान सभाका लागि भएको निर्वाचन २०६४ र २०७०, आम निर्वाचन २०७४ मा होस् अत्यधिक मतले चुनाव जितेर सांसद हुँदा पनि उनमा घमण्ड र तुजुक कहिल्यै देखिएन। सँधै शालीन,भद्र र नरम स्वभावकाबीच उनले आफ्ना, पराइ सबैको मन जित्न सके। सीमित नेतामा मात्र यो गुण पाइन्छ। बाल्यकालदेखि आजसम्म आशालाग्दो, भरोसायोग्य, मिलनसार, जनप्रिय, सरल स्वभावकै प्रस्तुति गरेर सबैका हाइहाइ बन्दै उनी बिदा भए।

नेता अधिकारीमा आफ्ना प्रतिस्पर्धी राजनीतिक व्यक्ति र शक्तिहरूसँग मिलेर काम गर्ने एउटा विशिष्ट विशेषता र खुबी पनि थियो। कसैलाई प्याच्च भनी नहाल्ने, कसैलाई नचिढाउँने उनको स्वभावको कारण उनको व्यक्तित्व समकालीन नेताभन्दा माथि थियो। यसैले व्यापारिक, व्यावसायिक र पर्यटकीय हिसाबले अन्तराष्ट्रिय रुपमा प्रख्यात पोखराजस्तो शहरबाट लगातार तीन तीन पटक संसदमा जितेर आउनु त्यति सहज कुरा थिएन। उनका यिनै गुणका कारण यो संभव भएको हो।

दोस्रो संविधान सभा चुनावमा उनीसँग प्रतिस्पर्धा गरी थोरै मतले पराजित भएका नेपाली कांग्रसका उम्मेदवार सोभियतबहादुर अधिकारी भन्छन् “हाम्रो पार्टी फरक थियो,तर विचार,भावना र स्वभाव मिल्थ्यो। २०६३ को आन्दोलनमा सँगै जेल बस्यौ। ०७० को निर्वाचनमा प्रतिस्पर्धी बन्यौँ। उनले त्यो बेला ‘दाइले जित्दा पनि मैले गर्व गर्छु, मैले जिते पनि दाइलाइ अन्यथा हुँदैन, स्वस्थ प्रतिस्पर्धा गरौँ’ भनेका थिए र यो उदात्तता कमै नेतामा मात्र पाइन्छ” । नेता अधिकारीका बारेमा उनी थप्छन् ‘ असहमतिबीच सहमति खोज्नुपर्छ भन्ने कुरामा उनी दृढसंकल्पित थिए। हामी प्रतिस्पर्धी भैकन पनि एक आपसमा मिलेको देख्दा मिडियाकर्मीहरुसमेत अचम्म पर्थे। यसबाट अर्को दल वा आफ्नै प्रतिस्पर्धीलाई नेता अधिकारीले कतिसम्म सम्मान गर्दा रहेछन् भन्ने कुराको चिनारी दिन्छ।

उनको निधनले समकालीन नेताका अलावा स्थापित पुराना नेतालाई पनि अभाव खड्केको देखिन्छ। समकालीन नेता बीच त उनी अब्बल थिए नै, अग्रज बीच पनि उत्तिकै लोकप्रिय, नेतृत्व सीप र सामथ्र्य भएका निख्खर प्रतिभा थिए । यसैकारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डले संयुक्त शोक विज्ञप्तिमार्फत् “ अधिकारीको निधनले विकासप्रेमी जनप्रतिनिधि र प्रचुर संभावना बोकेको भरोसायोग्य युवानेता गुमाएको छ “ भनेका छन्।

नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले रवीन्द्र अधिकारीलाई सम्झँदै “ नेपाली राजनीतिका उदीयमान युवा नेता र व्यक्तिगत रुपमा भद्र र सुयोग्य थिए” भनेका छन्। राजपाका महामन्त्री जितेन्द्र सोनालले “ मैले गैर मधेसी समुदायबाट सबैभन्दा बढी मिलनसार मध्येका एउटा साथी गुमाएको छु। उनी मधेसमैत्री नेता थिए “ भनेका छन्। युवा नेता गगन थापा (नेका)ले “ मैले एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता “ भनेर टिप्पणी गरेका छन्। नेकाका अर्का युवा नेता विश्वप्रकाश शर्मा “रवीन्द्रजीसँग केही गरौं भन्ने भावना मात्र होइन,दृष्टिकोण पनि थियो “ भनेका छन्। उनका गुरु त्रिविविका पूर्व उपकुलपति केदारभक्त माथेमा “ राजनीतिलाई फोहोरी खेल भनेर युवा अन्यत्र हिडन थालेको अवस्थामा उहाँ कमलजस्तो फुल्नुभएको थियो “ भनी उच्चस्तरको टिप्पणी गरेका छन्। साँच्चै उनी नेता भएर पनि नेताजस्तो नलाग्ने, मन्त्री भएर पनि मन्त्रीजस्तो नलाग्ने,हामी सर्वसाधारण नागरिकजस्तै सामान्य व्यक्ति र युवाका प्रेरणाका स्रोत थिए।

अहिले पर्यटनमन्त्रीको रुपमा पनि लुम्बिनी विमानस्थल, पोखरा विमानस्थल, काठमाडौँ÷निजगढ दु्रतमार्ग, निजगढ विमानस्थललगायतमा उनको देन महत्वपूर्ण थियो। काठमाडौँको अन्तराष्ट्रिय विमानस्थललाई दिनको २१ घण्टासम्म चलाएर मुलुकको पर्यटन व्यवसायमा महत्वपूर्ण फडको मार्ने काम उनैको नेतृत्वमा भएको हो। । सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेर २० लाख पर्यटक नेपाल भिœयाउने उनको सपना थियो। त्यो सपनालाई आगामी दिनमा पूरा गर्नुपर्ने भएको छ। गृहजिल्लामा पनि बाटो फराकिलो पानेर्देखि लिएर फेवाताल सफाइसमेतमा उनको महत्वपूर्ण योगदान थियो। प्रत्येक विद्यालय पुगेर केही न केही सहयोग पनि उनले गरेका थिए।

पोखरा महानगरपालिकाको वडा नँ ८ को सृजनाचोक ( व्यस्त बजार ) मा आकाशे पुलको प्रस्तावित योजना उनकै सहयोगमा शुरु भएको छ। आगामी दिनमा निमार्ण गर्ने गरी पोखरा महानगरपालिकाले प्रक्रिया अघि बढाउन थालेको देखिन्छ। विभिन्न आशंकाबीच पोखरामा विदेशी जहाज उडाउने कुरामा उनले पटक पटक प्रतिबद्धता व्यक्त गरिसकेका थिए। उनीद्वारा प्रस्तावित तथा प्रतिबद्धित बाँकी कामहरु समयमा नै सकेर उनका अधुरा सपना पूरा गर्न सकेको खण्डमा मात्र नेता अधिकारीप्रति सच्चा श्रद्धाञ्जली ठहनेर्छ।

विद्यार्थी आन्दोलनको हिसाबले पनि नेता अधिकारी सफल, तथा अथक यात्री सावित भएका छन्। अनेरास्ववियूको अध्यक्ष हुँदा सार्वजनिक यातायातमा विद्यार्थीले ३३ प्रतिशत सहुलियत पाउनुपर्छ भन्ने कुरा उनले उठाएनन् मात्र पूरा गरेरै छाडे। आज प्रत्येक विद्यार्थीले पाएको ३३ प्रतिशत छुट उनैका कारण हो। नभुलौं,प्रवीण गुरुङको हत्याको सम्बन्धमा पारस शाहको संलग्नता छ भनेर देशभर हस्ताक्षर अभियान चलाउने जुझारु युवा पनि उनै थिए।

किन सुरक्षित छैन आकाश ?

हवाइ जहाज,हेलिकप्टर दुर्घटनाका कारण हाम्रो आकाश असुरक्षित त छैन ? आशंका उब्जेको छ। गत फाल्गुण १५ गते ताप्लेजुंगको फङ्लिङ् नगरपालिका १० तारेभिरमा भएको हेलिकप्टर दुर्घटनाले यही कुराको संकेत गर्छ। सो दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित उनीसँगै यति एयरलायन्सका प्रबन्ध निदेर्शक आङछिरिङ शेर्पा,नागरिक उड्डयन प्राधिकरणका उप महानिदेर्शक वीरेन्द्रकुमार श्रेष्ठ,निदेर्शक ई.ध्रुव भोछिभोया, नेपाल सरकारका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर के.सी.र सुरक्षाकर्मी अर्जुन घिमिरेसमेतले ज्यान गुमाए। यसैकारण अहिले पूरै देश शोकमग्न छ। परिवारलाई मात्रै होइन, मुलुकलाई नै अपूरणीय क्षति गराएको छ, शोकमग्न तुल्याएको छ।

आजभन्दा बाह्र वर्ष अघि २०६३ साल, असोज ६ गते पनि ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटना भएको थियो। उतिबेला तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्केलगायत स्वदेशी तथा विदेशी गरी २४ जनाले मृत्यृवरण गरेका थिए । त्यो दुर्घटनाको घाऊ सुक्न नपाउँदै पुनः ताप्लेजुंगमा नै भएको अर्को दुर्घटनाको खबरले सबैलाई अचम्मित तुल्याएको छ। हालैको दुर्घटनालाई पनि दुर्घटनाको शृङ्खलामा केवल एक दुर्घटना थपियो मात्र नभनौं । दुर्घटनाको कारण र रोकथामका प्रक्रियाबारे सोच्न जरुरी छ। यस प्रकारका दुर्घटनाहरु आगामी दिनमा पुनरावृत्ति नहोउन् भनी उपाय निकाल्न अब अबेर गर्न हुँदैन। मनेर्हरु मरेर गए, तर बाँच्नेहरुले फेरि यस्तो दुर्घटनाको शिकार बन्न नपरोस्। समयमा सोचौँ।

Related News

सम्बन्धित समाचार

hero news full width