‘किशोरावस्थामा गर्भाधान, सर्वाङ्गीण विकासमा व्यवधान’

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७०

Adolescence ग्रिक भाषाको Adolscere बाट आएको हो जसको अर्थ to grow to maturity भन्ने हुन्छ।A.T.Jersid का अनुसार बाल्यकालबाट वयस्कतर्फ लम्कदो अवस्थालाई किशोरावस्था भनिन्छ। D. Rogers का अनुसार किशोरावस्था एउटा अवस्थाभन्दा पनि प्रक्रिया हो जसमा समाजमा प्रभावकारी सहभागिताका लागि आवश्यक विश्वास र प्रवृत्तिहरू प्राप्त हुन्छन्। विश्व स्वास्थ्य स·ठनको अनुसार १० देखि १९ वर्षको उमेर समूहका व्यक्तिहरूलाई किशोर किशोरी भनिन्छ।यस वेलामा व्यक्तिमा विभिन्न शारीरिक, मानसिक तथा मनोवैज्ञानिक परिवर्तनहरू आउने गर्दछन्। यसका साथै उनीहरूले आफ्नो शरीरमा आउने थुप्रै किसिमका परिवर्तन र मनमा आउने भावनाको सामना गर्नुपर्ने हुन्छ।

विश्वको कुल जनसङ्ख्यामध्ये १.१ अर्बभन्दा बढी किशोर किशोरी रहेको पाइन्छ भने नेपालको जनगणना २०६८ अनुसार नेपालको कुल जनसङ्ख्याको २४.१८ प्रतिशत जनसङ्ख्या किशोर किशोरीको छ जसमा किशोरीहरूको प्रतिशत १२ रहेको छ यस्तै कास्की जिल्लामा कुल जनसङ्ख्याको २३.८४ प्रतिशत जनसङ्ख्या किशोर किशोरीहरूको छ जसमा किशोरीहरूको प्रतिशत ११.५ रहेको छ। यसरी जनसङ्ख्याको बनावट हेर्दा किशोर किशोरीहरूको सङ्ख्या बढ्दो देखिन्छ यसैले यस बिषयमा सबैको चासो होस भन्ने उद्देश्यले सन १९८७ देखि विश्वव्यापी रूपमा ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवस मनाउँदै आएकोमा यस वर्षको विश्व जनसङ्ख्या दिवसको नारा किशोरावस्थासँग सम्बन्धित रहेको देखिन्छ।

सन १९९४ मा कायरोमा भएको जनसङ्ख्या र विकासको लागि भएको अन्तराष्ट्रिय सम्मेलन (ICPD) ले सर्वप्रथम किशोर किशोरीहरूको यौन तथा प्रजनन् स्वास्थ्य सेवा र अधिकार सम्बन्धमा विश्वको ध्यान आकृष्ट गरी किशोरावस्थाको लागि निम्न कार्यहरू गर्न जोड दिएको थियो : स्वास्थ्यसम्बन्धी सूचना र सेवा प्राप्त गर्न कुनै निषेध नगर्न र किशोरी गर्भाधान तथा बच्चा पाउने दर घटाउन। यसै कार्ययोजनालाई नेपाल सरकारले पनि कार्यान्वयन गर्ने प्रतिबद्धता स्वरूप प्रजनन् स्वास्थ्य रणनीति २००० को विकास गरी किशोरकिशोरीहरूको प्रजनन् स्वास्थ्यमा जोड, कक्षा ६-१० सम्म यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा, चेलीबेटी बेचखिनमा रोकथाम, दशौं योजना तथा दोस्रो दीर्घकालीन स्वास्थ्य योजनाले किशोर किशोरी लक्षित स्वास्थ्य कार्यक्रममा जोड दियो।त्यस्तै राष्ट्रिय किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिका तयार गरी सन् २०१५ सम्ममा १००० स्वास्थ्य संस्थामा किशोर किशोरीमैत्री सेवा सञ्चालन गर्ने योजना रहेको छ (कास्की जिल्लाका १३ वटा स्वास्थ्य संस्थामा किशोर किशोरीमैत्री सेवा) जसको फलस्वरूप पहिलो विवाह गर्दाको औषत उमेर बढेको छ।

किशोरावस्था शारीरिका तथा मानसिक आवश्यकता विशेष र संवेदनशील हुने भएकोले HIV  को उच्च जोखिम, यौन तथा प्रजनन् स्वास्थ्य सेवा समयमा नलिएको कारण गम्भीर परिणाम लैङ्गकि हिंसा र बलात्कार जस्ता समस्या, किशोरावस्थाको उच्च मातृमृत्यु दर भएकाले सहस्राब्दी विकास लक्ष पूरा गर्न चुनौती देखिएको छ। किशोरावस्थामा गर्भवती हुनेहरूको सङ्ख्या अझै उच्च भएकोले मातृमृत्यु दर घटाउन किशोरावस्थाको गर्भाधान कम गर्नुपर्ने देखिन्छ।सन् २००२ Conde _ A qudelo को प्रतिवेदन अनुसार किशोरावस्थामा बच्चा पाउँदा मातृमृत्यु र रुग्णता ३ गुणा बढी हुने सम्भावना हुन्छ -जसमा काम्दै मूछा पर्ने र सुत्केरीपछिको सङ्क्रमण) यी समस्याहरू १५ वर्ष अगाडि बच्चा पाउँदा झन बढी हुने सम्भावना हुन्छ। स्वास्थ्य सेवा विभागको आ.व. २०६६/६७ को वाषिर्क प्रतिवेदन अनुसार कुल सेवा लिएका गर्भवतीमध्ये २१.३७ प्रतिशत किशोरीहरूले गर्भवती सेवा लिएका छन् भने नेपाल जनसाङ्िख्यक स्वास्थ्य सर्वेक्षण २०११  अनुसार झण्डै १७ प्रतिशत किशोरीहरू गर्भवती भएको पाइन्छ। यसैगरी कास्की जिल्लाको स्थिति हेर्दा आ.व. २०६७/६८ मा २३.०६, आ.व. २०६८/६९ मा २६.९१, आ.व. २०६९/७० को जेष्ठ मसान्तसम्ममा २२.०३ प्रतिशत किशोरीले गर्भवती सेवा लिएको देखिन्छ।

किशोरावस्था शारीरिक तथा मानसिक रूपमा पूर्ण विकास नभइसकेको र आफ्नो स्वास्थ्यको बारेमा समेत सुसूचित नहुँदै प्रजनन् अ·हरूको पूर्णता नभइ गर्भवती हुँदा अन्य वृत्तिविकास, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा समेत बञ्चित हुनुपर्ने हुन्छ। यसरी उनीहरूको वबृत्ति विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित गर्न ढिलो विवाह गर्ने, विवाह भइसकेको भए परिवार नियोजनको साधन प्रयोग गरि गर्भवती नहुने उपाय गर्नुपर्छ। एकातिर किशोरी अवस्थामा उच्च प्रजनन् दर छ भने परिवार नियोजनको साधन उपयोग दर न्यून छ। १५-१९ वर्षका ३९ प्रतिशत किशोरीमा रक्तअल्पता छ भने भण्डै एक चौथाई किशोरीको उमेर अनुसार तौल र उचाई (BMI) कम देखिन्छ ।

विश्वमा मध्यम र न्यून आय भएका देशका भण्डै १ करोड ६० लाख किशोरी प्रतिवर्ष गर्भवती भइरहेका छन्। यसैगरी ३० लाख किशोरीले प्रतिवर्ष असुरक्षित गर्भपतन गराइरहेका देखिन्छन्। गर्भका जटिलता किशोरी आमाहरूको मृत्युको कारण मुख्य छ भने मरेको शिशु जन्मनु, जन्मेको १ हप्ताभित्र शिशुको मृत्यु २०-२९ वर्षका आमाहरूको तुलनामा किशोरी आमाहरूबाट जन्मेका शिशुहरूको मृत्यु ५० प्रतिशत बढी छ जसको कारण किशोरी पुनः गर्भवती हुन बाध्य हुन्छिन् र जन्मेका शिशुहरू अवधि नपुग्दै जन्मने, कम तौलका जन्मने र जम्मेका शिशु पनि मृत्युको सम्भावना बढी हुन्छ। नेपालको परिवेशमा हेर्दा आर्थिक सामाजिक, शैक्षिक क्षेत्रमा पछि परेका समुदायका किशोरीहरूको गर्भवतीको दर अझ उच्च छ भने उच्च शैक्षिक स्तर भएकाहरूको गर्भाधान दर कम देखिन्छ। यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाको कमी, परिवार नियोजन सेवाको पहुँच तथा उपयोग कम, बढ्दो असुरक्षित गर्भपतनले गर्दा प्रजनन् स्वास्थ्यमा समस्या र मातृमृत्यु बढ्न सक्ने देखिन्छ। गर्भवती किशोरी आफैमा र आफ्नो नवजात शिशुमा गम्भीर स्वास्थ्य समस्या देखा पर्न सक्दछन्।मातृ र शिशु मृत्युको कुचक्रमा किशोरावस्थाको गर्भाधारण एक प्रमुख कारकतत्व हो।सहस्राब्दी विकासको ५ औं लक्ष -मातृमृत्यु कम गर्ने) प्राप्त गर्न किशोरीमैत्री व्यवहार अपनाउन आवश्यक छ। विश्व स्वास्थ्य सङ्घले किशोरावस्थाको गर्भाधान रोक्न ५ मुख्य उद्देश्यसहितको निर्देशिका प्रकाशन गरेको छ जुन हाम्रो जसतो विकासोन्मुख देशको लागि अतिउपयोगी छ।

१. १८ वर्ष अगाडि विवाहमा रोक

२. २० वर्ष अगाडि गर्भाधारणमा रोक

३. परिवार नियोजनका साधनमा विस्तार

४. किशोरावस्थाको यौन क्रियाकलापमा कमी

५. असुरक्षित गर्भपतनमा कमी

६. किशोरावस्थाको गर्भवतीको स्वास्थ्य सेवामा विशेष पहुँच।

यी माथिका बुँदाहरू व्यवहारमा लागू गर्न सके यस वर्षको विश्व जनसङ्ख्या दिवसको नारा सान्दर्भिक हुन सक्छ।

(लेखक जिल्ला जनस्वास्थ्य कार्यालय, कास्कीका जनसङ्ख्या कार्यक्रमका फोकल पसर्न हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width