कस्तो नेता छान्ने ?

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७०

मङ्सिर ४ गते संविधानसभाको चुनाव हुने पक्का हुँदै गएको छ। उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी दलले चुनावमा भाग लिने निश्चित भएपछि अब नेकपा-माओवादी र तिनको नेतृत्वमा बनेको साना दलको गठबन्धनले मात्र चुनाव भाँड्ने हैसियत राख्दैन। केही स्थानमा अवरोध त पुग्ला तर त्यो चुनाव हुन नदिनका लागि प्रयाप्त हुँदैन। त्यसैले अब चुनाव हुन्छ।

चुनाव त एउटा प्रकृया मात्रै हो। राम्रो परिणाम निकाल्नका लागि गरिने प्रक्रिया। परिणाम पार्टीर निर्वाचनमा जितेका पार्टीका नेताले दिने हो। त्यसैले राम्रो परिणाम ल्याउन राम्रो पार्टीर राम्रा नेता छान्नु जरूरी मात्रै होइन अनिवार्य छ।

सबै पार्टीले आफूलाई राम्रो पार्टीर सबै नेताले आफूलाई राम्रो नेता हूँ, जनता र देशको सेवा गर्छुभन्छन्। तर नेपाली राजनीतिमा भनाइ र गराईमा ठूलो अन्तर रहने गरेको छ। भ्रष्टाचार गर्दिनँ भन्ने धेरै नेताहरु भ्रष्टाचार गरेरै पैसा र पावर बनाइराख्न नेता हुन चाहन्छन्। सम्मान प्राप्त गर्नका लागि नेता हुन चाहन्छन्। जोरीपारी र आफन्तका अगाडि धक्कु लगाउनका लागि नेता हुन चाहन्छन्। सबै त्यस्तै छन् भन्ने चाहीँ होइन। तर बाहुल्यता त्यस्तैको छ भन्दा हुन्छ।

चुनाव जनताको राजनीतिक अधिकारको उच्चतम् प्रयोगको थलो हो। चुनावको माध्यमबाट जनताले आफ्ना प्रतिनिधि छानेर देश र समाजको विकास गर्न पठाउने हो। अहिलेको चुनाव संविधानसभाको हो र यसले पनि देशको विकासको आधार नै तयार गर्ने हो। मूल कानुन बनाउने हो। त्यसैले यो झन् महत्वको छ।

के तपाइँले छानेको प्रतिनिधिले तपाइँको भावना र चाहनाको प्रतिनिधित्व गर्ने गरेका छन् – तपाइँको चाहना हे हो – पहिला त्यो पहिल्याउँ। कतै आफ्नै चाहना नै कमजोर त छैन – जस्तै मेरो प्रतिनिधिले अर्थात नेताले देश र समाजको वृहत् हितको सट्टा मेरो व्यक्तिगत स्वार्थको काम गरिदेओस्, मेरो काम गरिदिन्छ भने नीति मिचे पनि हुन्छ, भ्रष्टाचार गरे पनि हुन्छ भनेर चुप लाग्ने सोच पो बनाएका छौं कि –

राम्रो प्रतिनिधि अर्थात नेता छान्न पहिला नेता छान्ने मानिस सचेत हुनुपर्छ। राम्रो भावना बोकेको हुनु पर्छ। मनभित्र स्वार्थी भावना बोकेर राम्रो मानिस छान्न सकिँदैन। त्यसैले पहिला आफूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाउँ।

आफूले छानेको नेता कस्तो होस् भन्ने चाहन्छौं। यसबारेमा ध्यान दिनैपर्छ। कसैले भनिहाल्यो भनेर वा ढाँटेछलेको आधारमा आफ्नो अमूल्य मत दिएर आफ्नो प्रतिनिधि बनाउँदा मतदान गर्ने मानिस नै ठगिनुपर्छ। आज यहि भइरहेको छ। एक त चुनाव नै हत्तपत्त हुँदैन। भइहाले पनि व्यक्तिगत स्वार्थ समेतका कारण ढाँटुवाहरुलाई विश्वास गर्न पुग्छौं र ठगिन्छौं। त्यसैले नेतामा कस्तो गुण र स्वभाव हुनु पर्छ भन्ने निर्णय गर्नु पर्छ।

नेता कस्तो हुनुपर्छ भनेर कसैले सोधेमा यस्तो हुनुपर्छ भनेर भन्न नसक्ने अवस्थामा हामी कोही पनि छैनौं। तर पनि हामी बारम्बार ठगिन पुगेका छौं। यसपटक अलि विचार गरौं।

साधारण एउटा घर-परिवार, सङ्घसंस्था, गाउँ-समाज, कम्पनि, सहकारी आदि चलाउन त राम्रो नेता, असल नेता, क्षमता भएको नेता चाहिन्छ भने देश चलाउने काममा जाने नेता चानचुने भएर हुन्छ र –

एउटै नेतामा सवै गुण पाउन मुस्किल छ। तर नेतामा नभई नहुने गुणचाहीँ के के हुन् त – मेरो विचारमा धेरै गुण भएको नेता हुनु साह्रै राम्रो हो। नभए पनि नेतामा न्युनतम् तीनवटा गुणचाहीँ हुनै पर्छ। ती हुन् – क्षमता, क्रियाशीलता र इमान्दारिता।

यदि कुनै नेतामा राम्रो क्षमता छ तर इमान्दार छैन भने त्यो क्षमता राम्रो काममा मात्रै प्रयोग हुन्छ भन्ने छैन। उसले साधारण नेताको भन्दा बढी नै विगार्न सक्छ। राम्रो गर्न नसक्नेभन्दा नराम्रो गर्ने बढी खतरनाक हुन्छन्।

यदि कुनै नेतामा इमान्दार त छन् तर क्षमता छैन भने र क्षमताको विकास पनि गर्दैनन् भने ती नेताले समाज र राष्ट्रको नेतृत्व गर्न सक्तैनन्। त्यस्ता नेता अरौटे र भरौटेमा सीमित हुन पुग्छन्। त्यो भनेको अरुले अह्राएको गर्ने र अरुकै भर पर्ने स्वभावका हुन्छन्।

यदि कुनै नेता इमान्दार छन्, क्षमता पनि राख्छन् तर क्रियाशील छैनन् भने ती नेताले पनि हाम्रो अर्थात जनताको आवश्यकता अनुसारको जिम्मेवारी पूरा गर्ने नेता हुन सक्तैनन्।

क्षमता भएका, इमान्दार र क्रियाशील नेताले मात्रै समाज र राष्ट्रको अगुवाइ गर्न सक्छन्। नेता हुनेले राजनीति, अर्थनीति, समाज, इतिहास बुभेmको हुनुपर्छ र सम्भावना अर्थात भविश्य देख्नुपर्छ। भविश्य प्रति समाजलाई डोर्‍याउन सक्नुपर्छ। ठीक र बेठीक छुट्टयाउनुपर्छ। जनतालाई बुझाउन आँट गर्नुपर्छ। नेतामा भविश्य -सपना) देख्न सक्ने क्षमता हुनुपर्छ। देखेको भविश्यलाई साकार पार्न इमान्दारितापूर्वक लगातार क्रियाशील भइरहन सक्नुपर्छ। आम मानिसलाई डोर्‍याउन सक्नुपर्छ।

क्षणिक लाभका लागि जनतालाई झुट बोल्ने, भविश्यको बारेमा कल्पना गर्न नसक्ने, धन र मानका लोभी, विलासी, चिन्तन-मनन् नगर्ने, अध्ययन गर्न अल्छि गर्ने, तास खेलेर समय विताउने, जालभेmल र षणयन्त्रमा विश्वास गर्ने, जनताको मतलाई पैसामा साट्न खोज्ने, आफूले धेरै योगदान गरेको भनेर गफमा रमाउने, आफ्नै पार्टीका अथवा बाहिरका प्रतिश्पर्धिलाई दुश्मनको जस्तो व्यवहार गर्ने, नीति नियमको पालना नगर्ने, अपारदर्शि चरित्र र कमाई भएका मानिस जनताको नेता भए भने पेmरि पनि जनताले नै शिर निहुर्‍याउनुपर्छ।

‘हाम्रा जति सबै राम्रा’ भन्ने नाममा आफूले अधिकार पाएको समयमा गलत मानिसलाई मतदान गर्ने र असलले पाखा लाग्नुपर्ने अवस्था आएमा समाज र राष्ट्र अगाडि बढ्दैन। समाज र राष्ट्रलाई अगाडि बढाउने भनेको राजनीतिले नै हो, नेताले नै हो। तर नेता खराब र राजनीतिमा अपराधिकरण छासमिस भयो भने अगाडि बढ्ने होइन कहिलेकाहीँ पछाडि सर्नुपर्ने अवस्था पनि आउँछ।

जनता सचेत नभए धूत र स्वार्थी मानिस सजिलै नेता बन्न सक्छन् र लामै समय नेता भइरहन सक्छन्। धुत, स्वार्थी, अल्छी र क्षमता नभएकालाई नेताबाट हटाउने राम्रो अवसर भनेको चुनाव हो। त्यसरी नै चुनावबाटै असल, निस्वार्थी, क्षमता भएका र क्रियाशील मानिसलाई आफ्नो नेतामा स्थापित गर्न पनि सकिन्छ। नेता व्यक्तिगत स्वार्थका आधारमा छान्नुहुँदैन। नेता असल हुँदा समाज र देश अगाडि बढ्छ। नेता खराब हुँदा समाज र देश जहाँको त्यहीँ हुने र कहिलेकाहीँ पछाडि पर्ने पनि हुन्छ। समाजमा सुशासन र समृद्धि पनि नेताकै कारणले आँउछ र अराजकता र दरिद्रता पनि नेताकै कारणले आउँछ।

बहुदल आएपछिका दिनमा लगातार चुनाव हुने वातावरण बनेको भए यो बेलासम्ममा धेरै धूत नेता पाखा लागि सक्ने थिए। पहिलो संविधानसभाको निर्वाचनलाई छाड्दा अहिले ३२।३३ वर्षको उमेर भएका र त्योभन्दा कम उमेरका युवाले देश बनाउने काममा लाग्ने नेता छान्ने गरि आफ्नो मत हाल्नै पाएका छैनन्। ती युवा यो समयका निर्णायक शक्ति हुन्। तर तिनले नै एक पटक पनि निर्णय गर्न पाएका छैनन्। यदि नियमित चुनाव हुन्थ्यो भने अहिले ३२।३३ वर्षको युवाले ४।५ पटक भोट हालेर निर्णय प्रक्रियामा सामेल हुने थिए। एक पटकको निर्णय गलत भएको भए अको पटक सच्याउने थिए। तर त्यो मौका निर्णायक शक्तिले पाएकै छैन।

देश आर्थिक रूपले समृद्ध हुन र समाज विकसित हुन विधिको शासन र सबैका हातमा काम हुनुपर्छ। तर विडम्बना यहाँ काम नगर्नेले राजनीति नियन्त्रण गर्छन् र राजनीति गर्नेहरु आप”mूलाई विधिभन्दा माथिको हूँ भन्ने भ्रम पालेर बसेका छन्। त्यसैले यहाँ ‘रुल अफ ल, होइन हुल अफ ल’ बलियो छ।

यो असहज परिस्थितिलाई सहज बनाएर देश र समाजलाई अगाडि बढाउने अवसर भनेको चुनाव हो। त्यसैले सचेत मतदाताको परिचय दिन भएका पार्टीर नेतामध्येबाट इमान्दार, क्षमता भएका र क्रियाशील नेतालाई जिताउन पहल गरौं। पार्टीले पनि बुझून् कि हुल हुज्जत गर्ने र पैसा खर्च गर्न सक्नेले मात्रै चुनाव जित्छन् भन्ने भ्रमबाट पार्टीहरूलाई पनि मुक्त गर्न सही निर्णयको खाँचो छ।

Related News

सम्बन्धित समाचार

hero news full width