उपबुज्रुक शासन प्रणाली, बुझाइ र राष्ट्रिय सोच

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७०

शक्ति, सत्ता र वैधताका विषय, खोज र प्रचलनमा आवश्यकताभन्दा प्रखर र जानकार ठान्ने नेपाली राजनेता, विद्वान, नागरिक समाज र कर्मचारीतन्त्रको सोच, कार्यविधि, बुझाइ, योजना र नीतिहरूलाई अध्ययन गर्दा हाम्रो राष्ट्रिय सोच र सामाजिक चेतना कुन हद्सम्म द्विविधाग्रस्त रहेछ भन्ने प्रष्ट हुन्छ। राज्य संयन्त्रको सबैभन्दा माथिल्लो निकायमा बस्नेहरूको समेत बेथितिपूर्ण सोचाइ, बोलाइ र काम गराइले देश र जनतालाई कति असर गरेको छ राज्य संयन्त्रका व्यक्तिहरूले अन्दाज गर्न नसकेको अवस्था छ। केही समय अगाडि एक बुद्धिमानी इन्जिनियर प्रधानमन्त्री बनेका थिए। उनले कुनै कार्यक्रममा बोल्ने क्रममा राजधानीको सडक विस्तारका बारेमा अलि नै बढी प्रेसर आएपछि जोशिलो भाषण गरिहाले र उनले भने आजको एक हप्ताभित्र जंगी अड्डाको नियन्त्रणमा रहेको रामशाह पथ सार्वजनिक सवारी साधनका लागि खुल्ला हुनेछ। १ हप्ता मात्र होइन १ महिनाको प्रतीक्षापश्चात् नेपाली जनताले प्रश्न गरे मन्त्रीज्यू तपाइँ राजनेताको हैसियतले बोल्नुभएको थियो कि प्रधानमन्त्रीको – अनि उनलाई लाज लागेछ क्यारे सेनाको जंगी अड्डालाई आदेश दिए तर सेनाले लिखित रूपमा नै सुरक्षाको दृष्टिकोणबाट खोल्न नसकिने जवाफ दिएपछि उहाँ मौन हुनुभयो र त्यसपछि उहाँलाई कर्मचारी संयन्त्रले तालिम दिन थाल्यो के बोल्ने, के नबोल्ने, कसरी समन्वय गर्ने आदि। उहाँ विस्तारै पाको र व्यवसायिक हुँदै जानुभएको थियो फेरि उहाँलाई कुर्चीबाट अलग गरियो त्यसपछि त पालो आफूलाई ज्ञानी, जानकार, बौद्धिक र सर्वगुण सम्पन्न ठान्ने कर्मचारीहरूको बोली सुन्दा लाग्थ्यो अब नेपालको कायापलट हुने भयो अनि लाग्थ्यो अब अमेरिकन र युरोपियनहरू नेपालमा कामदारका रूपमा भित्रिनेछन्। हेर्दा-हेर्दा कर्मचारी नेताले बजेट भाषण समेत गर्न पाए बजेट भाषणका बुँदाहरू पढ्दै जाँदा हासोलाग्दो कुरा देखियो कर्मचारीलाई १० लाखको जोखिम बीमा गरिएको रहेछ विडम्बना के भयोभन्दा सधैँ आफ्नो ज्यान हत्केलामा राखेर उच्च जोखिमका कामहरू गर्ने विपद् व्यवस्थापन, अपराध नियन्त्रण, हतियारधारी आपराधिक गिरोहसँग आमनेसामने भएर भिडन्त गर्ने सुरक्षाकर्मीलाई जोखिम बिीमाको आवश्यकता रहेनछ तर अफिसभित्र त्यो पनि सुरक्षाकर्मीकै घेराभित्र कुर्चीमा बसेर टेबुलमा काम गर्नेलाई उच्च जोखिममा रहेको देख्ने कर्मचारी सोचभन्दा ठूलो बुद्धिमता के नै होला र ? के यस्ता नीति र कार्यशैलीले हाम्रो राष्ट्रिय सुरक्षा कसरी दिगो र भरपर्दो हुन्छ मोराल र मोटिभेसन नभएका सुरक्षाफौजले कसरी काम गर्न सक्लान् यो ज्यादै सोचनीय कुरा छ जनताका सामु।

सचेत नागरिक र समाजसेवी हूँ भन्ने प्रत्येक व्यक्ति र संस्थाहरूले सर्वप्रथम के बुझन जरूरी छ भने कुन निकायको काम के हो र कसलाई के आवश्यकता छ नत्र काम गर्ने कालु मकै खाने भालु नहोला भन्न सकिन्न। काम गर्नेलाई सम्मान गर्न सिकौं कफी गफ गर्नेलाई होइन। यी कुरा लेख्दै गर्दा एक जना पत्रकार मित्रले फोन निमन्त्रणा गर्नुभयो कि नेपाल टुरिजम बोर्डले जिल्ला प्रहरी कार्यालयलाई विपद् व्यवस्थापनका सामग्री वितरण गर्दैछ भनेर सुन्दा पनि अचम्मै लाग्यो। एउटा सामान्य नागरिकले पनि बुझनुपर्ने कुरा जिल्ला प्रहरी कार्यालय काममा यति व्यस्त छ कि उस्लाई आफनो जनशक्तिको अभावले कास्कीमा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, मुद्दा मामिला तथा अदालती काममा नै भ्याई नभ्याई छ जबकि विपद् व्यवस्थापनमा उसको दक्ष जनशक्ति पनि छैन। तर दक्षिण एसियामै पहिलो पल्ट विपद् व्यवस्थापन तालिम केन्द्र खोलेर दक्ष जनशक्ति उत्पादन गरिरहेको र प्रमुख काममध्येको काम नै विपद् व्यवस्थापनको काम रहेको सशत्र प्रहरीको ठूलो र दक्ष जनशक्ति आवश्यक सरसामानको अभावले प्रभावहिन अवस्थामा रहेको छ एक पटक हासो पनि लाग्यो र चिन्ता पनि लाग्यो। आफूलाई संसारका २१७ वटै देशको बारेमा ज्ञान भएको र देश र सरकारलाई आफनै कमाइले पालेको हुँकार गर्ने पोखरेली पर्यटन व्यवसायीहरूले एक कार्यक्रमको आयोजना गरी विपद् व्यवस्थापनको सामान जिल्ला प्रहरी कार्यालयलाई हस्तानतरण गरेका छन्। उनीहरूले यो सामान व्यापारिक दृष्टिले केही फाइदा देखी नेपाल प्रहरीलाई रिझाउनका लागी दिए या नबुझेर दिए यो त उनीहरूलाइ नै थाहा होला। तर यसो हेर्दा पर्यटन व्यवसायीहरूको सोच र कार्य पनि कर्मचारी सरकारको बजेट विनियोजनजस्तो काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिरजस्तो लाग्यो।

Related News

सम्बन्धित समाचार

hero news full width